साइबर अपराध सम्बन्धी सचेतना सामग्री

याे जगत् जित्न पाऊँ

इच्छा आकाङ्क्षा कुमुद मनमा खट्किएका बुबाका । बाेकी थाप्लामा प्रतिदिन सदा साख थाम्दै युवाका।। फ्याकूँ उर्लेका, कलह कटिला त्रास टाढा भगाऊँ। आमाबाबाका शुभ वचनले याे जगत् जित्न पाऊँ ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

भित्री आत्माका अनुपमकला, नित्य फक्रेर आऊन्।
बस्दाउठ्दामा,विविध लयका सिर्जना जुर्मुराऊन् ।।
आस्था अग्ल्याई मुलक हितमा कर्म सङ्ला सजाऊँ।
आमाबाबाका शुभ वचनले याे जगत् जित्न पाऊँ।।१।।

टाढा जाँदामा परिभव सबै झट्ट मारेर फेराे।
आऊँ बाबाकाे अति रहरकाे थाम्नलाई कटेराे ।।
आफ्ना नेपाली लयमधुरिका सभ्यतामा रमाऊँ।
आमाबाबाका शुभ वचनले याे जगत् जित्न पाऊँ।।२।।

आफ्नाे माटोमा असल गुणका कार्य जाेखेर गर्दै।
थामूँ पुर्खाकाे परिभव ,सदा नित्य आधार गर्दै ।।
केही भड्केकाे समयगतिमा भाइचारा बचाऊँ ।
आमाबाबाका शुभ वचनले याे जगत् जित्न पाऊँ।।३।।

पुस्ता बढ्दैछन् नवनयनका दीप्त छन् चेतनाका।
हुन्छन् देखेका हितकर कला राष्ट्रका वेदनाका ।।
बाँड्दै आस्थाका विधिवश कुरा देश मेराे हँसाऊँ।
आमाबाबाका शुभ वचनले याे जगत् जित्न पाऊँ।।४।।

इच्छा आकाङ्क्षा कुमुद मनमा खट्किएका बुबाका ।
बाेकी थाप्लामा प्रतिदिन सदा साख थाम्दै युवाका।।
फ्याकूँ उर्लेका, कलह कटिला त्रास टाढा भगाऊँ।
आमाबाबाका शुभ वचनले याे जगत् जित्न पाऊँ ।।५।।

०००
हाल- काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x