साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाहरू बचाऊँ हेमन्त उर्लिंदैछ

आकाशमा घटाको चल्दै छ राज हेरूँ। दुख्ने सबै दशा यो जागेर साथ फेरूँ । अग्ला पहाड चाँदी उत्पात बर्सिँदै छ । वृद्धाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

यो शीतको भकारी उत्पात मच्चिँदै छ
गर्मी हटेर जाडो उत्पात गर्जिँदै छ ।।
हेरूँ म वृद्ध वृद्धा आतङ्क अग्लिँदै छ ।
वृद्धाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।।०१।।

पेल्दै छ शीत बाधा न्यानो सधैँ म पारूँ ।
आमाबुबा खुसी हुन् होचो हियो नधारूँ ।।
दुख्छन् अवश्य मान्छे हेमन्त जङ्गिँदै छ ।
वृद्धाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।।०२।।

छैनन् लुगा किनेका पैसा मिलेन काहीँ।
रक्षा गरूँ म केले यो दुष्टको रजाइँ ॥
मातापिता खुसी हुन् यो भाव जन्मिँदै छ ।
वृद्धाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।।०३।।

देखिन्छ घाम रातो न्यानो हराउँदै छ ।
हिँड्दैन आज मान्छे लोते बनाउँदै छ ।
झन् कम्प बढ्न थाल्यो उत्साह खुम्चिँदै छ ।
वृद्धाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।।०४।।

आकाशमा घटाको चल्दै छ राज हेरूँ।
दुख्ने सबै दशा यो जागेर साथ फेरूँ ।
अग्ला पहाड चाँदी उत्पात बर्सिँदै छ ।
वृद्धाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।।०५।।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
0
Would love your thoughts, please comment.x
()
x