साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सफल वृद्ध बनौँ

सरल जीवनकाे अबको चुराे । सब छ वृद्धसँगै बुझिए कुराे।। अनुज नै धन हुन् सँगका भनी।। सफल वृद्ध बनाैँ मनका धनी ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

विगतकाे गति छैन गयाे पर।
जन परिश्रममा छ सधैँभर ।।
सरल, साेच लिएर उता अब।
सफल वृद्ध बनेर रमाैँ सब ।।१।।

प्रतिपला दिल शान्त हुने गरी ।।
घर बसीकन जप्न सिके हरि।।
कहर भाग्छ सदा मन हाँस्दछ ।
सफल वृद्ध बनी,कद बाँच्दछ।।२।।

जति उँभाे सजियाे घरकाे तलाे।
अनुज थाम्न बढून् अबकाे बलाे।
वय छँदा जति जे गरियाे बल।
सफल वृद्ध बनाैँ अब निश्चल।।३।।

सँग छ एक घडा नहुने झुसी।
मन उदात्त लिएर बनाैँ खुसी।।
कति तनाव लिने र अझै पनि ?।।
सफल वृद्ध बनाैँ मनका धनी ।।४।।

सरल जीवनकाे अबको चुराे ।
सब छ वृद्धसँगै बुझिए कुराे।।
अनुज नै धन हुन् सँगका भनी।।
सफल वृद्ध बनाैँ मनका धनी ।।५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x