साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दलालहरू

प्रतीक्षा गर्नुपर्छ एकदिन समय आउनेछ यो धर्तीबाट सखाप भई उड्छन् दलालहरु

Nepal Telecom ad

मरुभूमि नारायण :

आफूलाई भाग पुग्दैन फुट्छन् दलालहरु
ठूलै भाग खाने ठाउँमा जुट्छन् दलालहरु

यौटा मासुको टुक्रोमा भुलाएर सारालाई
जनताकै रगत पसिना लुट्छन् दलालहरू

हालीमुहाली सत्ता र शक्ति तिनकै रछ
जेलमै परे नि सजिलै छुट्छन् दलाल हरु

कोइलीलाई काग बनाए पनि एकदिन
जनताको नजरबाट नै टुट्छन् दलालहरु

हामी चाहन्छौं हाँडीमै खजाना भुटियोस्
देखाउन तावामा मकै भुट्छन् दलालहरु

देश जोड्नेको भन्दा तोड्नेको महिमा छ
आफू खाई अरुलाई कुट्छन् दलालहरु

प्रतीक्षा गर्नुपर्छ एकदिन समय आउनेछ
यो धर्तीबाट सखाप भई उड्छन् दलालहरु ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x