साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठहरू अति कष्ट सहन्छन्

वंश र अंश छ लोभ तिखार्ने दौलत राक्षस मोह फिँजार्ने ती सब जोर्न छ कर्म गरिन्छन् ज्येष्ठहरू अति कष्ट सहन्छन् ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

सन्तति फुर्सदमा नहुनाले
दूर कतै परदेश हुनाले
अस्थिर चिन्तित वृद्ध रहन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।१

दौलत वैभव पास रहेन
दौडिन शक्ति र तागत छैन
ताप चिसो पनि घात दिने छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।२

साधन इन्जिन तौर नयाँ छन्
भोजन सेवन आज नयाँ झन्
फाटकले पनि साथ दिँदैनन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।३

पुस्तक लेखक फेरिन थाले
पाठक मान्दछ बोझिल खाले
अल्मल पर्दछ भाव कहाँ छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।४

वंश र अंश छ लोभ तिखार्ने
दौलत राक्षस मोह फिँजार्ने
ती सब जोर्न छ कर्म गरिन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।५

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x