सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बूढो गोरु कि बहर !

धनको पोको आउँछ भने अर्को बोको खोजेर छाडपत्र गर्ने हनीहरू पनि बढ्दैछन् । अझ धनी व्यापारी र ठूला कर्मचारीलाई हनी ट्रयाप्पमा पार्ने हनीको कमी छैन ।

Nepal Telecom ad

फोहरी नै भए पनि गोरी देखेपछि आँखा नजाने कमै होलान् । झन राम्री गोरीले घ्याप्प अँगालो मारी भने कस्तो हुँदो हो ! नरम मासु र गरम ज्यानकी गोरी मोरीको अँगालोको कल्पनामा रम्दा त अर्को आनन्दै । झन जम्दा त कस्तो हुँदो हो ? आफै विचार गर्नुहोस् त ।

हिजो मात्रै मलाई बाटोको बीचमा एउटी गोरीकी छोरीले अँगालो मारी । म त अक्क न बक्क परेँ । मान्छे बूढी थिई र मात्रै, तरुनी भएकी भए कसो गरुँ नि हुने थियो होला । तन्नेरी हुँदा कुनै केटी छेउ परेनन् वा पार्न सकिएन । हुन त खुबी हुनेले छेउ पार्ने मात्र होइन मियो बनेर दाइँ गर्दै दियो बाल्छन् । नसक्ने मुलाको कुरै बढी ।

उता हुँदा कहिल्यै कुनै महिलाले अङ्गालो मारेका होइनन् । यसो छेउमा पुग्यो भने पनि खाउँला जस्तो आँखा तर्थे । अठार वर्षको उमेरमा काठमाडौंको एक कन्या स्कुलमा पढाउन थालेँ । आठ कक्षामा पढ्ने केटी मलाई हेरेको हेरै गर्थिन् । म पनि उनलाई हेर्थें । आँखाका भाकाले उनी पनि मलाई मन पराउँथिन् र म पनि पराउँथेँ । आँखा दुवैका बोल्थे । “आइ लभ यु” न उनी भन्न सक्थिन्, न म भन्न सक्थेँ । भन्ने हिम्मतै भएन । आखिर लभ गर्न पनि हिम्मत चाहिने रहेछ ।

यो संसार हिम्मतवाला कै हो । लेन्डुपले सिक्किमलाई महान भारत बनाएको पनि हिम्मतले नै हो । सत्र हजारलाई सोत्तर बनाउन पनि सानो हिम्मतले सम्भवै थिएन । तेत्तीस केजी सुन एअरपोर्टबाट गायव हिम्मतले नै भएको हो । नेपालीलाई भुटानी शरणार्थीको दर्जामा राखेर अमेरिका पठाउने नाममा करोडौं असुल्न पनि बिना हिम्मत सम्भव नै छैन । घरमा स्वास्नी भएको चौतीस वर्षे तिघ्रेले चौध वर्षकी युवतीलाई पाँच तारे होटलमा नसा पिलाएर बलात्कार गर्नुलाई चाहिँ खै कसरी हिम्मत मान्नु ? तर पनि हिम्मत नभई त्यसो गर्न कसरी सक्यो होला त ?

आग्राको कुरो गर्दागर्दै म त गाग्रोको कुरो गर्न पो पुगेछु । ए साँच्ची, म लभको कुरा पो गर्दै थिएँ । हुन त आफ्नो जवानी डरै डरैले बित्यो । राम्री केटीलाई “तिमी त कति राम्री” भन्दा “तेरो घरमा दिदी बहिनी छैनन्” भनेर चप्पलले गालामा थला बसाउने हुन् कि भन्ने डर थियो । अधबैसे भएपछि जिस्क्याउँ जिस्क्याउँ जस्तो लाग्थ्यो । “हेर हेर, पात्तिएको बूढो । छोरी नातिनी सरहका केटीसँग जिस्किन्छ” भन्दै महिला संघको जुलुस आउला भन्ने डरले मन मारेर बसियो । अनि यस्तो डरपोकलाई गोरीले घ्याप्प अँगालो मार्दा सबथोक छाडेर एउटा लेख पनि किन नलेख्नु त !

बूढो भएपछि तनको स्वाद भन्दा मनकै स्वाद बढी हुने रहेछ । आँखा लोभी भए पनि तनले लोभ नगरेसम्म केही खतबात लाग्ने होइन आखिर । “तँ जस्तालाई कसले पत्याउँछ” घरकीले ट्याग लाइदिएपछि अरु कसको डर मान्नु पर्‍यो र !

यो साल खाल खालका तरुनी भेटिए । यस अर्थमा त मेरा लागि यो साल तरुनी साल हो । संसार भरिका ती थरीथरी तरुनी कहिले जन्मिए, कहाँ जन्मिए । कति वर्षका भए । के गर्छन् । ब्वाई फ्रेन्ड रहेछ कि रहेनछ । सबै नालीबेली केलाइयो र सँगसँगै आँखाको स्वाद पनि फेरियो । तनकै स्वाद फेर्न खोज्यो भने त मामाघरको सुलीमा चढाई हाल्छन् ।

होइन, कोही कोही त कति राम्रा हुन्छन् । कुनै एक दिनको कुरा हो । लन्च सकेर फिर्दै थिएँ । मेरो दुकानको ढोकामा एउटी तरुनी महिला मलाई कुरिरहेकी रहिछिन् ।
आर यु बटिङ्ग फर मि ? सोधेँ ।
आर यू राज ? फेरि उनले सोधिन् ।
एस, आइ एम ।

मान्छे तरुनी मात्र थिइनन् । अति सुन्दरी पनि थिइन् । सुन्दरी तरुनी देख्दा आँखा नजाने कुरै भएन । जसको आँखा जाँदैन, बरु त्यसलाई शंका गरे हुन्छ । मसँगै भित्र पसिन् । मेरो अगाडिको कुर्सी देखाउँदै “ह्याभ अ सिट” भनँे । हामी आम्नेसाम्ने भयौंं । नहेरौं भन्दा पनि हेरौं हेरौं लाग्यो । नहेरौं लागोस् पनि कसरी ? मान्छे साँच्चै सुन्दरी । गोरो र बाटुलो अनुहार । सुन्दर ओठ । ठूला आँखा । आँखाको हेराई नै अलि सेक्सी । गुलावी रङ्गको कोट, त्यही अनुरुपको मेकअप र घाँटीको स्काप । कपाल न सेतो, न कालो तर अलि अलि कर्ली । हेरेको हेरै पो हुने हुँ कि भन्ने कताकता डर पनि लागेको छ । शायद त्यही डरले मलाई अलि सर्तक पनि बनाउँदैछ ।

सन् २०२२ को जनवरीमा ब्राजिलबाट मास्टर डिग्री गर्न क्यानाडा आएकी रहिछन् । उनको नाम रोवर्टा रहेछ । गफै गफको सिलसिलामा हेरिरहेँ । एक अर्काका आँखा बेलाबखत जुधे । पुरानो जमानाका तरुनी भए मेरो हेराइले लजाएर नजर गिराइ सक्ने थिए । तर दक्षिण अमेरिकी महिला परिन- अल्ट्रा मोर्डन । बरु मेरै नजर गिराउन बेर थिएन ।
“यु आर सो व्युटिफुल ।”
मख्ख पर्दै “थ्याङ्क्यू” भनिन् । उनको उज्यालो अनुहार झन उज्यालो भयो । म हेरिरहेँ । मनमनै सोचेँ- ब्युटिफुल भनेपछि मख्ख नपर्ने महिला संसारमा शायदै होलान् ।

अठहत्तर वर्षकी एउटी स्कटीस महिलालाई “यु आर सो प्रिटी” भन्दा मख्ख परेर आफ्नो सुन्दरताको वणर्न गर्दै कथा सुनाइन् र फोटो देखाइन् । उनको विवाहको फोटो रहेछ । बेहुलीमा साँच्चै सुन्दर देखिएकी थिइन् । बेहुलो चाँहि धसिंगरे रहेछ । कालो अनुहारको बीच सेता दाँत किच्च देखिएका । अनुहार न दनुआरकाले पनि कस्ता रुप सुन्दरी पट्याउँछन् । आखिर यो खुवीकै कुरा त हो ।

उहिलेका बुढाहरू भन्थे- भाग्य कि खप्परमा हुन्छ कि लक्करमा हुन्छ । कुरा धेरै पुरानो हो । काठमाडौंको कुनै तारे होटलको स्वीमिङ्ग पुलमा तरकारी पुर्‍याउन गएको रिक्सावाल पौडी खेल्न थालेछ । मान्छे गतिलै लक्कर भएको परेछ । स्वीमिङ्ग खेल्दै गरेकी एउटी जर्मन तरुनीले राम्रोसँग नियालिछिन् र कोठामा बोलाइछन् । साथीले राम्रो क्षमता प्रदर्शन गरेछ । जो सँग जे क्षमता छ, आखिर देखाउने त्यही हो । साथीको क्षमताबाट धेरै प्रभावित भएपछि सँगै जर्मनी लिएर गइछन् ।

म जस्ता लुतीखरेले कसले कसलाई पट्यायो, कसले कति धन कमायो भनेर गनी बस्ने हो । यो पाँच सात वर्षको बीचमा सुन्दरी कति गनेँ । कतिलाई व्युटिफूल भनेँ । अब त्यसको लेखाजोखा नगरौं । फेरि तपाईंले यो कस्तो स्त्री लम्पट रहेछ भन्नु होला । म त्यस्तो हुँदै होइन । नभुक्ने कुकुरले टोक्छ । भुक्ने कुकुरले टोक्दै टोक्दैन ।

साथीकी श्रीमतीसँग तलमाथि गर्नेहरू बाहिर सुधा हुन्छन् । सुधो बनेर साथीकै श्रीमतीको खुदो चाट्छन् । साथी काज वा विदेशमा गएको बेला क्वाटर भित्र सँगै क्वाटर लाउँदै घरकीको सास्ती बिर्सेर मस्ती गर्छन् । भाउजू भन्दै अर्काकी जोई दोव्य्राउने देवर काजीलाई पनि खुवीवालै मान्नु पर्‍यो । हुन त मैले नमानेर के हुन्छ, आखिर मान्नेले मानेपछि ।

लोग्नेको साथी वा देवरसँग दोब्रिने भाउजू पनि कम हिम्मतिली होइनन् । हुन त बहर भेटेपछि कुन गाईले बुढो गोरु खोज्ला र ? “मनमौजी मान्छे कताकता जान्छे, खोजी निन्दा नगर”- चर्चित गायक राज राज सिवाकोटीको सुर्के थैली खै गीतका यी हरफले हिम्मतिला भाउजूहरूलाई अवश्य न्याय गरेको छ ।

अर्का थरी भाउजू पैसा दोब्य्राएर पैसै ग्रोव्य्राउछन् । यस्ता भाउजू शरणार्थी भराणार्थी कसैलाई बाँकी नराखी पैसाका बिटा बुझ्छन् । बिटा बुझे पनि छिटा लाग्दैन । बरू छिटा लागेर जेलको छिँडीमा देवरकाजी डल्लो परेर खल्लोसँग बस्छन् । चरित्रवान राष्ट्रिय भाउजूलाई कसैले औंँला ठड्यायो भने तीन हात उफ्रन्छन् र भन्छन्- “चरित्र हत्या गर्ने, लौ देखा ।” अडियोले नहुनेलाई भिडियो नै चाहिने । पोनोग्राफी हो र भिडियो देखाउन !

हिम्मतवालाहरू यत्रतत्र सर्वत्र हुन्छन् । साहित्य जगतका हिम्मतिला भगतका यस्ता कहानी खास्सखुस्स सुनिन्छन् । कोही कोही स्वोघोषित बूढा साहित्यकार निन्द्रा लाग्दै लागेन भन्दै अर्काकी श्रीमतीलाई राती एघार बजे फोन गर्ने गरेको पनि खास्सखुस्स चल्छ । सानातिनाको खासखुसमै हराउँछ । अलि ठूला र प्रगतिशील भनाउँदाको सामाजिक सञ्जाल र पत्रपत्रिकामा जात्रा देखिन्छ । यस्तै जात्राको मात्राले साहित्यिक पुरस्कार बहिस्कारको काण्ड पनि घटेका छन् ।

हिम्मतिला मान्छेहरु सङ्गीत, साहित्य, राजनीति, शिक्षा, स्वास्थ्य अर्थात् कहाँ मात्र हुँदैनन् र ! थेसिस गाइड गर्ने नाममा बाउ वा हजुरबाउ समानका बूढा प्राध्यापक केटी विद्यार्थीलाई एक्लै कोठामा बोलाएर सुमसुम्याउने गरेका कथाहरु बेलाबखत बाहिरिन्छन् । भित्रभित्रै खिचडी पाक्ने त झन कति होलान् । हुन त यस्तो आरोपको धरापमा पर्नेहरू पनि हुँदै नभएका चांहिँ होइनन् । यस्तै धराप परेर सभामुखको जागीर चर्‍याप्प नभएको कहाँ हो र ! तर हावा नचली पात हल्लिदैन ।

घरकी मुर्गीको के भाउ भनेर मेरी सखीले बेलाबखत भन्ने गरेकी छिन् । शायदै त्यही भएर होला, भाउवाली सुन्दरीलाई महँगा फ्ल्याटमा राखेर रम्ने नेता, कर्मचारी, ब्रह्मचारी, व्यापारीको पनि कमी देखिंदैन । हुन त मौका नपाउँदाका साधु त धेरै नै हुन्छन् । झन यस्ता साधु जादू देखाउनमा खप्पिस हुन्छन् । चर्चका पादरी हुन् कि मन्दिरका पुजारी हुन् । तिनीहरू यौनको तिहुन चाख्ने कुरामा पछि पर्दैनन् ।

अबको जमानामा अर्काकी स्वास्नी ताक्ने मात्र होइन, अर्काको लोग्ने ताक्नेको पनि त्यति कमी छैन । छाड्पत्र नभएर प्राविधिक लोग्ने स्वास्नी हुने कुरा बेग्लै हो । अलि पुराना जमानाका मान्छे मान्छीहरू मात्रै प्राविधिक लोग्ने स्वास्नी हुने हुन् । धनको पोको आउँछ भने अर्को बोको खोजेर छाडपत्र गर्ने हनीहरू पनि बढ्दैछन् । अझ धनी व्यापारी र ठूला कर्मचारीलाई हनी ट्रयाप्पमा पार्ने हनीको कमी छैन ।

भरखरैको कुरा हो । एक हनीले एक धनीलाई हनी रस रसास्वदन गराउन आफ्नो कोठामा लगिछन् । हनी पनि पादर्शी भइछिन् र हनीको रस चुस्न जाने धनी पनि पारदर्शी भएछन् । रसास्वादन गर्न तम्तयार भएको वेला हनी समूहका मान्छेले नग्न फोटो र भिडियो खिचेछन् । नग्न फोटो र भिडियो देखाउँदै लाखौ लाखौँ असुल्न थालेछन् । एक लाख, दुई लाख, पाँच लाख, दश लाख गर्दै असुल्न थालेछन् । हनीलाई तिर्दा तिर्दा तिर्नै नसक्ने भएपछि हनीको धुनी छाडेर भुनी पनि पुलिसको शरणमा पुगेछ । फेरि मान्छे कहाँ सानो तहको हो र !

आखिर हनीले धनीकै धन खाएका हुन् । तँलाई के फरक के पर्‍यो र भनेर तपाईं भित्रभित्रै मुरमुरिनु भइसक्यो होला । म हनी उद्योगको विरोधी हुँदै होइन । भएको भए विज्ञापन किन गर्थें र !

गोरेकी छोरी मात्र होइन, हाम्रा छोरी बुहारी पनि अब कम छैनन् । भ्याकेसन मनाउन हिरो लिएर महिनौ ट्रेकिंग जान्छन् । बेसक्याम्प जान्छन् । जाम्बियाको कालेसँग भाले जुधाउँछन् । अब यौनको दाउन हाल्ने कुरामा पुरुष भन्दा महिला पनि कम छैनन् । आधुनिक जमानामा कम हुने कुरो पनि भएन । त्यसरी श्रीमती हिँड्दा खुदो मान्ने लोग्नेलाई सुधो भन्नु नै जाति होला ।

एकपटक पाहुना मान्न नयाँ ठाउँ पुगियो । पुगेको आधा घण्टापछि जगटा लुछालुछ हुन थाल्यो । त्यतिखेर त के भएको हो थाहा भएन । पछि गाइँगुइँ चल्यो- श्रीमती आयोजक र पाहुना हिरो वासरुममा दुई मुटु एकै ज्यान भएछन् । दुवैजना हराएको र वासरुम पनि निक्कै बेरदेखि बन्द भएकोले हिरोकी श्रीमतीलाई शंका लागेछ । ढोका ढ्वाक्क ढ्वाक्क पार्न पुगिछन् । नभन्दै दुवै जना भित्र ।

आगो त पानीको दमकलले निभाउन मिल्छ । तर यौनको आगो निभाउन पानीको दमकलले हुने कुरै भएन । यौनकै दमकल चाहिन्छ । अरुले निभ्दैन । निभ्ने भएको भए घरभरी मान्छे भएको बेला को वासरुपममा जाला !

भोक लागेपछि त गाईले पनि घाँस चोर्छ नि । मुखमा महला लाएर कतिवेर रोक्नु ? यौन भन्ने चिजै त्यस्तै हो र भूमिगत हो । भूमिगतमा कसले के गर्छ कसलाई थाहा । आखिर लोग्ने स्वास्नीले त देखाउँदैनन् भने चोरी दाउ लाउनेले झन कसरी देखाउनु ? झन भूमिगतमा भएको काम कुरा भूमिगतै रहन्छ । त्यसैलाई भनिन्छ- प्राइभेसी अर्थात् गोपनीयता ।

बूढालाई तरुनी र बूढीलाई तन्नेरीसँग यौनको दाउन हाल्न मजा आउंँदो होला । शायद त्यही भएर ठूला ठूला सेलिब्रेटी तथा धनाढ्यहरूले आफू भन्दा दोब्बर वा तेब्बर उमेरकासँग सम्वन्ध राख्न रहर गरेका होलान् । हुन त बहर पाएसम्म कसले बूढो गोरु खोज्छ र !

बसन्तमा पहाडका चुचुराको लहर राम्रो
प्रियसीको अँगालोमा जुनेलीको पहर राम्रो
जति नै सम्पन्न भए पनि बूढो गोरु के गर्नु ?
दाउन मुस्किल किन नहोस्, बरु बहर राम्रो ।

०००
क्यानडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भाग्दाभाग्दै

भाग्दाभाग्दै

राजेन्द्र कार्की
गुरु कि गोरु !

गुरु कि गोरु !

राजेन्द्र कार्की
त्यो नेपाली होइन

त्यो नेपाली होइन

राजेन्द्र कार्की
सबै नाङ्गिएपछि

सबै नाङ्गिएपछि

राजेन्द्र कार्की
कामी

कामी

राजेन्द्र कार्की
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा