राजेन्द्र कार्कीसबै नाङ्गिएपछि
मानौ सबै भ्रष्ट हुन् सबै बेइमान हुन् सबै नैतिकहिन हुन् तर उनीहरू चाहिँ होइनन् किनकी उनीहरूले थरिथरिका खास्टो ओढेका छन् फोहरले ढाकेका ती खास्टाबाट दुर्गन्ध होइन सुगन्ध आउँछ ।

बेइमानको दुनियाँमा
इमानको अभियान चलेपछि
भ्रष्ट र भ्रष्टाको कर्ममा
तल्लिन जनहरू
तल्लिन मनहरू
सडक र सामाजिक सञ्जाल
जताततै देखिएर जुर्मुराउदै
इमानको यान चलाएर
कोकोहोलो मच्चाउँदै छन् ।
मानौ
सबै भ्रष्ट हुन्
सबै बेइमान हुन्
सबै नैतिकहिन हुन्
तर उनीहरू चाहिँ होइनन्
किनकी उनीहरूले
थरिथरिका खास्टो ओढेका छन्
फोहरले ढाकेका ती खास्टाबाट
दुर्गन्ध होइन सुगन्ध आउँछ ।
बोल्दाबोल्दै
बोल्ने शब्दै सकिएपछि
बाँकी खै के बोल्ने हो !
पोल्दापोल्दै
पोल्ने मान्छे सकिएपछि
बाँकी खै के पोल्ने !
खोल्दाखोल्दै
खोल्ने ठाउँ सकिएपछि
खोल्न के बाँकी रहन्छ र !
आखिर सबै नाङ्गिएपछि
न तुरीको डर भो !
न कुरीको डर भो !
०००
क्यानडा
Subscribe
Login
0 Comments
Oldest









































