साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्ला गर्न मन लाग्यो !

ठग, भ्रष्ट, बेइमान, अपराधी, राष्ट्रघाती, देशद्रोही सबैसबै मिलेर घोषणा गरेछन्- यो देश बिक्रीमा छ ! देशका नागरिक विक्रीमा छन् !! महाशय, आज मलाई पनि यही हल्ला गर्न मन लाग्यो ।

Nepal Telecom ad

यो वीरै वीरको देश
गर्व लाग्थ्यो उहिले
यो भ्रष्टै भ्रष्टको देश
यो ठगै ठगको देश
सुन्दा, दिक्क लाग्छ अहिले ।

भूपीले लेखे –
“यो देश हल्लैहल्लाको देश”
अब लेख्नुपर्ने भयो
यो देश गल्लैगल्लाको देश
यो देश झल्लैझल्लाको देश ।

हल्का हावा चल्दा पनि ठूलो आँधी आएजस्तो
हल्का बतास लाग्दा पनि भीषण चक्रवात् चलेजस्तो
किन हुन्छ यस्तो हल्ला यो देशमा ?
हल्ला गर्नेलाई नै थाहा छैन
हल्ला सुन्नेलाई पनि थाहा छैन
हल्ला भइरहन्छ
हल्ला चलिरहन्छ ।
अचम्म छ यो देशमा चल्ने हल्ला
अनौठो छ यो देशमा चल्ने हल्ला
मानौ हल्ला बेगर बाँच्न सक्दैन
यहाँका हल्लाप्रिय मानिसहरू
यहाँका हल्लाप्रिय हल्लाप्रेमीहरू ।

जे पर्लापर्ला, महाशय !
ठग, भ्रष्ट, बेइमान, अपराधी, राष्ट्रघाती, देशद्रोही
सबैसबै मिलेर घोषणा गरेछन्-
यो देश बिक्रीमा छ !
देशका नागरिक विक्रीमा छन् !!
महाशय,
आज मलाई पनि यही हल्ला गर्न मन लाग्यो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x