सुलसुलेमाधव विडारीकाे ‘अनन्त यात्रा’ लोकार्पण र परिचर्चा
अग्रज साहित्यकार चूडामणि रेग्मीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा साहित्यकार राजेन्द्रकुमार सङ्ग्रौला र गीतकार तथा साहित्यकार दिनेश अधिकारीको विशिष्ट आतिथ्य रहेको थियो ।

भद्रपुर, ०८० वैशाख २९ । लेखनाथ पुुस्तकालय चन्द्रगढीको नियमित कार्यक्रम सुकबारे भेलामा उपन्यासकार माधव विडारीको ‘अनन्त यात्रा’ उपन्यास कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
अग्रज साहित्यकार चूडामणि रेग्मीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा साहित्यकार राजेन्द्रकुमार सङ्ग्रौला र गीतकार तथा साहित्यकार दिनेश अधिकारीको विशिष्ट आतिथ्य रहेको थियो ।
व्यानरमा लेखिएका शब्दहरू वाचन तथा पानसमा दीप प्रज्वलित गरेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रप्रति सम्मान गर्दै सामुहिक राष्ट्रगान तथा दिवंगत स्रष्टाहरू प्रति स्मरण गर्दै कार्यक्रमको प्रारम्भ गरिएको थियो ।
उपन्यास कृति ‘अनन्त यात्रा’ लाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले सार्वजनिककरण गर्नु भएको थियो । उपन्यास कृतिको वारेमा प्रा.डा. गंगाप्रसाद अधिकारी र सह प्राध्यापक चूडामणि वशिष्ठले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो ।
कृतिकारको परिचय साहित्यकार होम सुवेदीले गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि चूडामणि रेग्मी, विशिष्ट अतिथि आख्यानकार राजेन्द्र सङ्ग्रौला कवि तथा गीतकार दिनेश अधिकारीले मन्तव्य राख्नु भएको थियो भने कृतिकार माधव विडारीले लेखकीय मन्तव्य राख्नु भएको थियो ।
विशिष्ट अतिथि दिनेश अधिकारी र कृतिकार विडारीले कविता समेत वाचन गर्नु भएको थियो । कविहरू केशव आचार्य, मीना अधिकारी, देवीचरण भण्डारी, खगिन्द्रा खुसी र गायक अर्जुन खरेलले आ-आफ्ना प्रस्तुति राख्नु भएको थियो ।
कार्यक्रममा साहित्यकारहरू केशव आचार्य, घनेन्द्र शर्मा, तीर्थराज चापागाईँ, डा. ठाकुरप्रसाद पोखरेल, दयाराम उप्रेती, तारा विविध, राजेन्द्र चापागाईँ, अनिरुद्र सिटौला, उषा गुरुङ, नवराज घिमिरे, कृष्ण सुवेदी निराकार, होम सुवेदी, गंगाराम ढुङ्गेल, भीमनाथ कोइराला, उमानाथ पोखरेल, राजेन्द्र कश्यप अधिकारी, गोविन्द कोईराला, महेन्द्र भट्टराई, आरती पोखरेल, खगिन्द्रा खुसी,तुलसी काफ्ले, कुमार पोखरेल, आनन्द घिमिरे, टोपलाल ज्ञवाली, मीना अधिकारी, गायक अर्जुन खरेल,जमुना खनाल, पत्रकारद्वय राजु वराल र रेवतिरमण नेपाल, स्रष्टा खगेश्वर कोइराला लगायतका साहित्यिक तथा साहित्यानुरागी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
पुस्तकालयका सभापति हरिप्रसाद नेउपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष आरती पोखरेल र सञ्चालन सचिव हरिकिशोर आचार्यले गर्नु भएको थियो ।
०००
– देवीचरण भण्डारी
Subscribe
Login
0 Comments
Oldest












































