साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमतीको सनक

लाजलाई राखिदिनुस् घरको कुनामा आफ्नो रूप पस्किदिनोस् हाम्रो दुनामा भनीकन जब थाले आँखा नचाउन श्रीमतीलाई गाह्रो पर्‍यो लाज बचाउन ।

Nepal Telecom ad

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे कविता  हाे याे ।  वाचनमा  रमेश समर्थन अनुपस्थित रहनु भयाे । छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com  मा यथाशीघ्र पठाउनु होला । -प्रधान सम्पादक)

एक दिन श्रीमतीलाई सनक चढेछ
मिसेज ब्युटी बन्ने उनको रहर बढेछ
ब्युटी पार्लर अब उनी धाउन थालिछन्
अनुहारमा लाली पाउडर लाउन थालिछन् ।

नागबेली केशलाई ठुटै पारेर
टाइट जिन्स् लाउन थालिन् गुन्युँ फालेर
सस्तो बजार घुमी घुमी निकै छानेर
मिनी स्कर्ट किनी ल्याइन् राम्रो मानेर ।

आहा फाहा दलिकन गाला रँगाइन्
छालालाई तन्काएर चाउरी भगाइन्
आँखीभौं चैं खुर्किएर आइब्रो पेन्सिल
आफै गई किनी ल्याइन् ड्रेसिङ टेबिल ।

‘आमा’ भनी छोराछोरी बोलाउँथे जब
उनी भन्थिन्, ‘पाखेहरू, मम् भन अब ।’
आँखामाथि कालो चस्मा, ब्याग झुन्ड्याइन्
चुरा, पोते, सिँदुर, टिका बाहिर मिल्काइन् ।

‘मडवारी पुरानो भो, ल्याऊ यार्लिङ
बुढी अब नभन्नू है, भन डार्लिङ ।’
मस्किएर आफैसित उनी दङ्ग पर्थिन्
दुई आँखाका खोपिल्टामा निलो रङ्ग भर्थिन् ।

मस्कीमस्की लस्कीलस्की हिँड्थिन् जब उनी
मेरो मनले भन्ने गथ्र्यो, ‘भइस् बैगुनी ।’
‘हेर डार्लिङ मेरो रूप कस्तो देखिन्छ ?
मिसेज ब्युटी अब मेरै नाउँमा लेखिन्छ ।’

मिसेज ब्युटी कम्पिटिसन हुने दिनमा
आफूलाई निहार्दथिन् छिन छिनमा
निणर्ायक समितिका सदस्यका आँखा
उनी सोच्थिन्, उनीबाहेक नपरुन् है पाखा ।

ब्युटी जाँच गर्नलाई भित्र बोलाए
खुसी मानी श्रीमतीका आँखा लोलाए
‘जे जे गर्छौं तपाईंले बोल्नु हुँदैन
रहस्य यो पतिसामु खोल्नु हुँदैन ।

लाजलाई राखिदिनुस् घरको कुनामा
आफ्नो रूप पस्किदिनोस् हाम्रो दुनामा
भनीकन जब थाले आँखा नचाउन
श्रीमतीलाई गाह्रो पर्‍यो लाज बचाउन ।

ब्वाँसाहरूसित उनी साह्रै डराइन्
भित्रैबाट ‘गुहार ! गुहार !’ भनी कराइन्
हस्याङफस्याङ गर्दै त्यहाँबाट उनी भागिन्
यताउता नहेरेर घरैतिर लागिन् ।

‘म त तिम्री बुढी नै हुँ तिमी मेरा बुढा
ब्युटी हेर्ने मान्छेहरू हुँदा रैछन् फुँडा ।’
यसै गरी पुग्यो उनको ब्युटी बन्ने रहर
हेर्दै जानुस् अब कस्तो चल्छ उनको लहड !

०००
सृजनागृह, तिनपा ९, मङ्गलापुर, रूपन्देही,
९८६७४२०३१०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x