साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘म भ्रष्टाचारी हुँ’

पार्टी चलाउनै पर्‍यो घर चलाउनै पर्‍यो आफू चल्नै पर्‍यो हो, राज्यकोषबाट थोरै रकम चलाएँ मैले यत्तिमा यत्रो कोलाहल ? मेरो नजरमा म पनि एउटा सच्चा नेपाली हुँ तिम्रो नजरमा म भ्रष्टाचारी हुँ सक्छौ मलाई समाउन ?

Nepal Telecom ad

म भ्रष्टाचारी हुँ
केवल तिम्रो नजरमा
मेरो विरुद्ध
बाटोमा कुर्लनेहरू हो !
भन,
सक्छौ मलाई समाउन ?

म नेता हुँ
राजनीति बाहेक
केही काम छैन मेरो
मलाई पैसा चाहिँदैन ?
ठेक्का पट्टा मिलाएर
दुई चार करोड कमाएँ
भन के बिराएँ ?

म देश चलाउँछु
देश चलाउँदा
अवश्य पैसा पनि चलाउँछु
थोरै रकम
हिनामिना भयो भन्दैमा
मलाई भ्रष्टाचारी भनिहाल्ने ?

हिसाब किताब मिलाउन
कति गारो छ आफूलाई
पार्टी चलाउनै पर्‍यो
घर चलाउनै पर्‍यो
आफू चल्नै पर्‍यो
हो, राज्यकोषबाट
थोरै रकम चलाएँ मैले
यत्तिमा यत्रो कोलाहल ?

मेरो नजरमा
म पनि एउटा
सच्चा नेपाली हुँ
तिम्रो नजरमा
म भ्रष्टाचारी हुँ
सक्छौ मलाई समाउन ?

०००
२०८०/०१/२८
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
चितवन, नव पठन र लेखकीय आतङ्क

चितवन, नव पठन र...

रमेश प्रभात
तीन ठोक्तक

तीन ठोक्तक

रमेश प्रभात
दुई मट्याङ्ग्रा

दुई मट्याङ्ग्रा

रमेश प्रभात
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x