सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छलछाम छात्ते छ पार्टी

भावी रणनीतिका बारेमा ठोस निष्कर्ष निकाल्नुभएकोमा म यहाँहरू सबैलाई धन्यवाद दिन्छु । अब हामी आजैदेखि धमाधम आफ्ना कार्यमा लागौँ । यति भन्दै दोस्रो सभासम्मका लागि यो सभा विर्सजन गरेको घोषणा गर्दछु । जय छलछाम ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

पात्रहरू
अध्यक्ष- छट्टुराज
उपाध्यक्ष- छत्तीसमान
सचिव- छयालीसबहादुर
सहसचिव- छरितकुमार
सदस्य- छन्नुलाल
सदस्य- छक्कमाया

(घरधनीलाई जबरजस्ती भगाएको भव्य घरको सुन्दर कोठा छ । आधुनिक सजावटले सुसज्जित कोठाका वस्तुहरू यत्रतत्र छन् । सरसफाइ र वस्तुको उचित रखाइको अभावमा कोठाले दिनुपर्ने रौनक दिन सकेको छैन । हाँसको बथानमा बकुल्ला उभिएझैँ केही न केही अमिल्दो लाग्छ । ७० वर्षे छट्टुराज कसैको प्रतीक्षामा एक्लै बसिरहेका छन् ।)

छट्टुराज:- (मनमनै) २००७ सालपूर्व राणाहरूको पाउ मोलेर भए पनि खुसी र सुखी जीवन बिताइयो । २००७ सालपछि अझ सजिलो भो । एउटै संंस्थालाई रिझाउन बडो सजिलो थियो तर अहिले बूढेसकालमा आपत पर्‍यो । पार्टी नखोली धर पाइएन ।

(छत्तीसमानको कक्षमा प्रवेश)

छत्तीसमान:- जय छलछाम । जे छ त्यो भन्नै पर्‍यो । अवस्था नाजुक भो । अहंकारी सोच पचाउने जनमानस नभएकोले लोकतन्त्रले निरङ्कुशताका पारखीहरूको ढाड सेक्न थालेको हो । अब हामीले गोप्य षड्यन्त्रको
जालो नबुनी धर छैन ।

छट्टुराज:- निरङ्कुशतन्त्रको छहारीमा छाती खोलेर बस्न सजिलो थियो । ती दिन गए । अब अर्को रणनीति तय नगरे
अस्तित्व धरापमा पर्छ । खै, साथीहरू आइपुग्नु भएन ?

(चारैतिर हेर्छ, चारजनाको एकै साथ प्रवेश ।)

चारैजना:- (एकै स्वरले जय छलछाम । ढिलो भएकोमा मन डराएको थियो । अब ढुक्क भयो ।

छट्टुराज र छत्तीसमान- (हात उठाउँदै) जय छलछाम ।

छट्टुराज:- ल आजको कार्यक्रम सुरु गरौँ । भर्खरै स्थापना गरेको छलछाम छात्ते छ पार्टीका केन्द्रीय सदस्यहरूको यो पहिलो सभामा अध्यक्ष छट्टुराज विनाछक्कापन्जा यहाँहरूलाई छरितो अभिवादन टक्र्याउँछु । एकै शब्दमा भन्नुपर्दा २००७ सालदेखि हरेक सुखको स्वाद लिँदै र मूर्तिको फस्टाउँदो व्यापारमा संलग्न हुँदै आएको म अब बदलिँदो परिस्थितिमा आफूलाई पनि बदल्न चाहन्छु । जय छलछाम । अब क्रमैसँग परिचय दिँदै जाऔँ ।

छत्तीसमान:- हामीले भरखरै जन्म दिएको पार्टीको म उपाध्यक्ष, छत्तीसमान हुँ । २०३६ साल काण्डको मुख्य खलनायकका नाताले नेपाली जनताको आँखामा मैले निकै छारो हालेँ । सारालाई थाङ्नामा सुताएर राष्ट्रवादीको नाटक मञ्चन गर्न सफल भएँ । सबैजसो काण्डलाई नजिकबाट छामेर, खेलाएर अनि स्वाद चाखेर प्रौढ मानसिकता बनाएँ । जय छलछाम ।

छयालीसबहादुर:- म यस भूमिगत पार्टीको सचिव, छयालीसबहादुर हुँ । २०४६ सालदेखि जनता नामका कीराफट्याङ्ग्राहरूलाई भुसुनासरहको दर्जामा आरोपित गर्दै उनीहरूकै रगत चुसेर र पसिना खाएर मोटाएको छु । अहिले आएर खुला राजनीतिक जीवनमा सास फेर्न हम्मे परेकोले म यहाँहरूसँग हातेमालो गर्दै अघि बढ्न कम्मर कसेर लागेको छु । जय छलछाम ।

छरितकुमार:- म यस गौरवशाली नवस्थापित पार्टीको महासचिव, छरितकुमार हुँ । विशेष गरेर ०५९ सालपछिका हरेक अवस्थामा नेपाली जनतालाई अन्योल, अस्तव्यस्तता र अस्थिर भविष्य हात लगाउन विशेष सल्लाहकारको भूमिका निर्वाह गर्दै आएको थिएँ । खुल्ला आकाशमा चलबलाइयो भने अब सोझासीधा जनताले टुप्पी समातेर बाउको बिहे देखाउलान् भन्ने भयले भूमिगत रूपले म यहाँहरू माझ उपस्थित छु । जय छलछाम ।

छन्नुलाल:- म यस महान् पार्टीको सदस्य, छन्नुलाल हुँ । विशेषतः २०६२/०६३ को जनआन्दोलन-२ दमनको अधिकार र शान्ति स्थापनाको ठूलो जिम्मेवारी लिएर तुजुक प्रदर्शन गरेँ । न्वारानदेखिको बल झिकेर सोझा मन भएका जनतालाई अझै सोझाको सोझै राख्न चरम दमनको षड्यन्त्र बुनेँ । साँचो कलम चलाउनेहरूको कलम भाँच्ने काम गरेँ, अर्थतन्त्रलाई टाट पल्टाउन मुख्य भूमिका खेलेँ । भिजिलान्तेहरूको भरणपोषणमा देशको ढिकुटी रित्याएँ तैपनि सफल भइनँ । जनता निकै चलाख भएछन् । सडकबासी बनाइछाडे । म अहिले सडकबाटै यस पार्टीमार्फत सदनमा पुग्ने उद्देश्यका साथ यहाँहरू सामु उपस्थित छु । जय छलछाम ।

छक्कमाया:- फोनमार्फत गठन भएको यस क्रान्तिकारी पार्टीकी एक मात्र महिला सदस्य, म छक्कमाया हुँ । राज्यले हामीलाई ३३ प्रतिशत अंश दिएकोले म त्यही प्रावधानअनुसार यस पार्टीकी महिला नेतृ बन्न पुगेकी हुँ । अवैधानिक शक्तिलाई वैधानिकता दिन प्रचलित कानुन-नियमअनुरूप कार्य हुँदै आएको छ । मेरो मन सोझो भए पनि मेरा पूज्य श्रीमानज्यूको इशाराले जनताको कान बटार्दै मालिकको सेवामा दत्तचित्त भइरहेको कालो इतिहास सबैका सामु भएकोले म अहिले यहाँहरूसमक्ष उपस्थित छु । जय छलछाम ।

छट्टुराज:- यहाँहरू सबैलाई आ-आफ्नो परिचयका लागि धन्यवाद । अब यस सभाका मुख्य एजेन्डातर्फ जाऔँ ।

१. सङ्ख्यात्मक रूपले कार्यकर्ता बढोत्तरीसम्बन्धी ।
२. पार्टी तथा कार्यकर्ता लालनपालन र पोषणसम्बन्धी ।
३. अस्थिर राजनीतिक अवस्था सिर्जनासम्बन्धी ।
४. जननेताहरूको राजनीतिक छवि नष्ट गर्नेसम्बन्धी ।

अब यी एजेन्डाबीच चिन्तनमनन गर्दै निष्कर्ष निकालौँ ।
(सबैजना सोचमग्न हुन्छन् । एकक्षण सन्नाटा छाउँछ ।)

ल, अब म उपाध्यक्ष छत्तीसमानलाई माथिका एजेन्डाले तय गरेका कुरा क्रमैसँग वाचन गरी सहमति खोज्न अनुरोध गर्दछु ।

छत्तीसमान:- धन्यवाद, अध्यक्षज्यू । भूमिगत यो भेलामा धेरै समय लिनु उचित नहोला । म निष्कर्ष प्रस्तुत गर्नेतर्फ
लाग्छु ।

१. एजेन्डा नम्बर १ मा छलफल हुँदा निस्केको निष्कर्ष पार्टीको नीति जनतालाई खेलौना बनाएका, बनाउन सक्ने र बनाउन चाहने कार्यकर्ताको बढोत्तरी गर्ने रहेको छ । यसका लागि जस्तोसुकै नेप्टे, चेप्टे, ध्वाँसे, कलङ्कित व्यक्ति
भए पनि हुन्छ । मान्छे हेरेर अरू राजनीतिक दलका बोलक्कड कार्यकर्तालाई भित्री अनुदान दिई सोहर्ने नीति सबैले अवलम्बन गर्ने ।

२. एजेन्डा २ को निष्कर्ष- यसका लागि व्यापक रूपमा चन्दा आतङ्क, अपहरण र फिरौतीलाई मूल मन्त्रका रूपमा अख्तियार गर्ने । आफ्नो अनुकूल नभए जीवन नै स्वाहा पार्दै हिँड्ने ।

३. एजेन्डा नम्बर ३ को निष्कर्ष- यसका लागि बन्द, हड्ताल, चक्काजामजस्ता कार्यलाई निरन्तर रूपमा अघि बढाउने । जुन पार्टी वा सङ्घसंस्थाले अवरोध नपुर्‍याएको दिन आउँछ, क्यालेन्डर हेरेर तिनै दिनमा हाम्रो अवरोधको कार्यक्रम राख्ने । जसले अवरोध तोड्छ, त्यसको सिरिखुरी गर्न तोडफोड, आगजनी जस्ता विध्वंशात्मक कार्यलाई तुरुन्त कार्यान्वयन गर्ने ।

४. एजेन्डा नम्बर ४ को निष्कर्ष- अरू राजनीतिक शक्तिलाई सभासम्मेलन गर्न अवरोध पुर्‍याउने । व्यक्तिगत चरित्रमा प्रश्नचिह्न लगाउन षड्यन्त्रमूलक ढंगले पाइला चाल्ने विपक्षीहरूका घर वा कार्यालयमा बम, बारुदजस्ता विष्फोटक पदार्थहरू राखी विपक्षीले राखेको हो भन्ने भ्रम फैलाउने ।

(छत्तीसमानले निष्कर्ष सुनाउनेबित्तिकै सहमतिस्वरूप सबैले ताली बजाउँछन् ।)

छट्टुमान:- उपस्थित केन्द्रीय पदाधिकारी साथीहरू, फोन गरेकै भरमा गठन भएको यस पार्टीको पहिलो बैठकमा उपस्थित भएर भावी रणनीतिका बारेमा ठोस निष्कर्ष निकाल्नुभएकोमा म यहाँहरू सबैलाई धन्यवाद दिन्छु । अब हामी आजैदेखि धमाधम आफ्ना कार्यमा लागौँ । यति भन्दै दोस्रो सभासम्मका लागि यो सभा विर्सजन गरेको घोषणा गर्दछु । जय छलछाम ।

(सबै ताली बजाउँछन् । पर्दा खस्छ ।)

०००

सिद्धार्थटोल, उदयपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
भेटेको मोबाइल

भेटेको मोबाइल

नन्दलाल आचार्य
हाेलीकाे शुभकामना

हाेलीकाे शुभकामना

नन्दलाल आचार्य
साथी

साथी

नन्दलाल आचार्य
भुइँचालो

भुइँचालो

नन्दलाल आचार्य
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा