सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अर्डरको दर भाउ

यहाँ आदेश वा अर्डर दिनेको कमी छैन । हरेक ठाउँमा आदेश वा अर्डरको झोलिलो बोझिलो चाङ छ । तीस वर्षमा क ख पढेका काले राई स्वामी प्रपन्नाचार्य बने ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

अर्डरको बारेमा धाक लाउन सुस्केरा हालेर गहिरो सोचेँ । जुन बेला चोसेमोसे भएर सोचेँ तर अर्डरको दर, भाउ कहिल्यै खुम्चिएर खुइलिएर खुलेको सुनिँदैन । यो एक्काइसौँ शताब्दीमा अर्डर कहिले फलामकोे सियो झैँ तीखो हुन्छ कुनै बेला धागोजस्तो मसिनो हुन्छ । उभिनेमा चारखुट्टे कुर्सीदेखि चार पाङ्ग्रे पलङ्लाई पहिला कसले अर्डर गरे पत्तो भएन । जनताको अर्डरले पञ्चायती व्यवस्था च्यात्यो । १०३ वर्षे राणाशासनको किल्ला तोड्यो । ०६२/०६३ को जनआन्दोलनको अर्डरले गणतन्त्र ल्यायो । अर्डरले पृथ्वी ढाक्नु भनेको अर्डर वादी हुनु हो । अर्डर भनेको न कुखुराको चल्लाजस्तो छ न त हाँसको चालजस्तो छ । अर्डरले न चलो भन्छ न त कुभलो नै गर्छ । अर्डरले कतै पाताल भेट्ला जस्तो कतै निलो आकाश छोला जस्तो । यो औडेखौडे मनले किन यस्तो सोचेको होला । अर्डर भनेको भेन्टाको बोटमा झटारो हाने जस्तो होइन र ? । प्रभु सत्ता हावाको जस्तो, वेग चट्टानको जस्तो बल प्रकाशको जस्तो तेज नै अर्डर हो । यो अर्डर भनेको तह नमिलेको अंग्रेजी मनुमुखी मानिसको पदजस्तै हो ।

मानिस रिसाएर बटारिँदा आउने झोकको एक रोग र योग नै अर्डर भनेर कतै पढ्नु भएको छैन होला । प्रत्येक आदेश भन्छ- भट्टीमा पाउरोटी डढाएजस्तो, भान्सामा चामल उसिनेजस्तो, मेलामा रोटी पोलेजस्तो, अगेनामा दाउरा बालेजस्तो अर्डर होइन । न त अर्घेलो व्यापारको कमिसन जस्तो नाफा हो अर्डर । मुख मिठ्याउन होस् वा जिउको घिउ बढाउन सबै अर्डर दिन्छन् । अर्डर मुखले बोलेर आँखाले इशारा गरेर, हातले संकेत गरेर जुनसुकै भाषाको समाजमा पनि अर्डर सुन्न र हेर्न पाइन्छ । अर्डर लाउने नेपाली बुद्धिजिवी प्रतिभाझैँ जुनसुकै बेला अर्डर आउन सक्छ । याे अर्डर कोरोनाले मान्छेको आयु निले जस्तो पनि होइन । भुकम्पले देश लुँडो पारे जस्तो पनि होइन । अर्डर सिङ फुक्लेको ठुटो गोरु जस्तो पनि होइन ।

आफ्नो पेटको भण्डार भर्न होस् आँतको दाँत तिर्खान होस् सबै अर्डर दिन्छन् । पुस्तकमा पुस्ताको कुरा जति पढे पनि ज्ञानमा दिमाग जति घोटे पनि अर्डरको दर भाउ केटाकेटीदेखि बुढापाकासम्म भइहाल्छ । अर्डर सर्वव्यापी छ । अर्डरको अध्याय पढेर सकिने पनि होइन । अर्डर र आदेशको अर्थ एकैनासको भए पनि एउटाको जन्म अङ्ग्रेजीमा र अर्कोको जन्म नेपालीमा भएको हुँदा आदेश भन्दा खादेश दिने अलि चलाख हुन्छ । गोजीको प्यासजस्तो आदेशको कुनै संसार हुँदैन ।

मेरो एकजाना साथी आदेशको दर भाउ दिन खप्पिस थिए । आदेशको चुच्चोमा बसेर पावर र पैसाको लागि दक्षिण जानु छ भने पूर्व हान्निएर चिच्याउँथे । जहिले पनि जे कुरामा पनि अर्डर अर्डर भन्थे । मैले वास्तवमा आदेशको सर्वसुलभ शब्द नै अर्डर हो भन्ने बुझेकाे थिएँ । अर्डर अक्षरको रहनसहनको कला हो भन्नेको पनि कमि छैन यहाँ ।

चेप्टिएर, घोटिएर, धसिएर, साँधिएर, ताछिएर विभिन्न परिणामको विषयमा अर्डर आउन सक्छ । परिस्थितिले आदेशले खा देश बनाउँछ । कसो कसो काइदाले अर्डर मिलेजस्तो लाग्छ । यसो उसो भने पनि तरकारीको भाउ बेठेगान नभएझैँ  बाह्रखरीको अक्षरमा अर्डर भनेको दाल भात डुक्कु जस्तो सबथोक होइन रहेछ । आदेश भनेको आदेश नै हो । अर्डर भन्दा आदेश अलि चलाख छ भन्ने मेरो सोचाइ छ । मेरो हाड नभएको जिभ्रोले फरक ढंगले घोच्न पनि सक्दैन । फेसकुकले बनाएको चन्द्रलोक र यम लोकको यात्रा गरेजस्तो पढाईमा साठी कटे पनि अर्डरको आदेश वृद्ध हुँदैन रहेछ ।

यसरी अर्डर दिन कुनै आदेशको दिन तिथिमिति कुरी रहनु नपर्ने रहेछ । वाक्यहरूमा जोस भर्न उसले गरेको अर्डरको परिभाषाले न माथिकालाई फाइदा हुने कुरा पाएर भेट्थे । न त तलकालाई सम्म पार्न छुन्थे । अरुको लहलहैमा गुनगुनाएर भुनभुनाउने साथी पनि थिए । जो जवानको जोश आउँदा अर्डर आउनासाथ चल्ने साथी पनि भेटेको थिएँ । बाटोमा डबलमान भएका साथी भेटेमा पनि अर्डर दिन्थे । एउटा साथी गोजीमा सुको नभए पनि ट्रेनमा होस् कि प्लेनमा चढेको होस् । भण्डारको सामान रित्तिने गरी अर्डर गर्थे ।

अर्डर कति स्वादिलो छ भने हलुवादेखि पुरीसम्म अर्डर दिइ हाल्ने । अदालतको अर्डर लिएर कहिले वारमा जान्छन् ।  कहिले भात पकाउने अर्डर लिएर क्यासिनोमा जान्छन् । अर्को साथी उनीसित हिँड्दा खुबै नरमाइलो हुन्थ्यो । उनीसित भरसक समय बिताउन नबोलेर व्रतनै बस्नु पर्दथ्यो । पेटमा मुसा दौडे पनि भुँडी टम्म छ भन्थे । मैले जीवनमा यस्तै साथी पाएको थिएँ । उभरको अर्डर पठाओको अर्डर दराजको अर्डर डुरड्यासको अर्डरलाई गोजीमा हाल्ने पनि साथी भेटेको छु ।

जब ढाक्रेलाई हाकिम बनाउन अर्डर सक्रिय हुन थाल्छ । कुर्सीमा बसेको भोलिपल्ट जब अर्डरले हामीलाई उडाउन र गुडाउन थाल्छ । अर्डरबाटै जीवनमा हामीले कैयौँ अर्डर कमाउँछौँ । समय परिस्थितिले मलाई पनि अर्डरसित नजिकिन मन लाग्यो । अर्डर धेरै दिन सके बाँचे जस्तो लाग्दो रहेछ । जीवन एउटा अर्डर न हो ।  यो विराट विश्वले प्रत्येक अर्डरले सागबास जोड्न । प्रत्यक हातको गास मुखमा जोड्न । दुईखुट्टेदेखि चार पाउ हुने सम्म प्रत्येक चार हातमुख खुट्टा जोड्न होस् । हामी अर्डर जतिखेर पनि खोजी रहेछौ । जुन बेला जे चाहियो त्यो दिने कला नै अर्डर हो । शिक्षकको अर्डर, पत्रकारको अर्डर, लेखकको अर्डर, दीक्षकको अर्डर, अलकत्रे पत्रकारको अर्डर, नेताको अर्डर, हाकिमको अर्डर, पियनको अर्डर । यो अर्डर भनेको बहुमुखी मानिसको दारी जुँगाझैँ फैलिएको हुन्छ । चियासँग होस् वा कफिसँग होस् अर्डर अर्डर नै हुन्छ । हामीलाई घुस चाहियो अर्डर । पियनलाई गुन्द्रकको झोलिलो सुविधा चाहियो अर्डर ।

के चाहियो अर्डर पकाउन नपर्ने मिठो पिठो सर्वत जे जो भए पनि असोजमै पनि अर्डर हुन्छ । पहुँच हुने पाहुनालाई चुच्चे बरेलाको भोजन चाहियो अर्डर । ममलाई करेलाको सितन चाहियो अर्डर । प्रेमिकाले प्रेमलाई भेट्न पर्‍यो अर्डर । यसरी हेर्दा के अर्डर मानिसको चरित्र होइन र ? अर्डरले के गर्नु गरेन । त्यसैले अर्डर अप्रिय शब्द बन्न सकेको छैन । कता जोडिन अर्डर । कतै मोडिन अर्डर । रेष्टुरेन्टका भोकालाई भुडी भर्न भोजन चाहियो अर्डर । कुरालाई छडाउनु पर्‍यो अर्डर । चमेना गृहदेखि भान्छ घरसम्म यहि अर्डरले कहिले अर्डर जोड्न हाकिमसित भेट्न पुग्छौँ । कहिले कारिन्दाको खुट्टा ढोग्न पुग्छौँ । कहिले जुत्तालाई टोपी बनाउ कोही साथीको सहयात्री बन्छौँ । म यिनै कुराहरू अहिले धरधरी सम्झन्छु । साथी देख्दा खलखली पसिना छुट्ने म । उनी अर्डर गरेर अनेक रमिता देखाउँथे । सडमका लडेर भीरबाट लडेको भन्थे ।

अर्डर आदेशको जिजु बाजे हो । तपार्इंहरू यो कुरा गर्न धरमराउनु होला । जिउँदै परमधाम पुगेको अर्डर पनि बलिको बोका बनाउने कुरा गरकोबाट धेरै कुरा हासिल गरेँ मैले । स्कुलमा रहँदा सरको अर्डरबाट डराउने म । उसको आदेशबाट म किन पन्छिन सक्थे र ?

म पनि अर्डर मान्दामान्दै माटोमा काभ्रेस्थलीबाट वनस्थलीमा उभिन पुगेँ । जोरपाटीबाट लाम्पाटीमा जानेको काम नगर्ने अवस्थामा पुगेँ । आमाको गर्भमा बस्न नसकेर धरती झर्न पुगेँ । साथीको अर्डर सुन्दा सुन्दा अर्डर कस्तो रङको हुन्छ कस्को मतिमा थाहा पाउने पत्तो राम भएन । साथी सङ्गतमा बस्दा जीवन पनि एउटा अर्डर रहेछ । रहँदा बस्दा थाहा पाएँ ।

म पनि अर्डरकै खोजीमा छु । तँ पनि माथिकै मान्छे रहेछस् भन्नु होला । सुरुमा म पनि साथीको विरोधी नै थिए । जुन बेलादेखि बमजस्तो बाङ्गो लेखन लेख्न थाले त्यो बेलादेखि मनमा पनि अर्डरको पिरलो सुरु भएको छ । जुन बेलादेखि घण्टाघर बिग्रिएर समय ठीक दिन छाडेको हुन्छ त्यहि बेलादेखि अर्डर पनि बिग्रिएको लाग्छ । राणाकालमा पो सिंहदरबारको अर्डरको डर हुन्थ्यो । अहिले त गाउँ गाउँमा सिंहदरबारको झण्डा पुगिसकेको छ । अहिले त सिंहदरबारको डन भन्दा गाउँको डनको डर छ । गाउँ गाउँमा अर्डरको ध्वासो सल्किएको छ ।

अर्डर नपुगेको ठाउँ छैन । अर्डरले शून्य संसारबाट औडेखैडे देश बनाएको छ । कहिँ आकाश छोलाजस्तो आदेश, कतै पाताल भास्सिएला जस्तो आदेश । गिट्टी कुट्ने पनि अर्डरबाट एक्लो भएको छैन । हातको ठेलामा कीर्तिमान कायम गर्नेहरू पनि अर्डर दिन सक्छन् । खोलाको भलबाढीमा पौडिन अर्डर दिने साथी पनि छन् । धरहरामा झुण्डिएर भ्यूटावर हेर्ने रमिता देखाउन आदेश दिनेको पनि कमी छैन यहाँ । आदेशले देश दुख्ता ढाडनै भाँच्चिए पनि अर्डर मान्न आतुर सिपाईहरूमा फाँटमा फिट थिए । मेरा वाक्यहरु अहिले पनि हीनता मान्ने पक्षमा छैनन् ।

यहाँ आदेश वा अर्डर दिनेको कमी छैन । हरेक ठाउँमा आदेश वा अर्डरको झोलिलो बोझिलो चाङ छ । तीस वर्षमा क ख पढेका काले राई स्वामी प्रपन्नचार्य बने । यो अर्डरकौ करामत हो । खुट्टाले लेखेर झकम घिमिरेले मदन पुरस्कार पाइन् यो पनि दिमागी अर्डरकै खेल हो । कलेजमा औसत विद्यार्थी भएका मार्क जुकरवर्ग फेस बुकका मालीक बने अर्डरकै चर्तिकला हो । भारतमा थर्ड डिभिजनका एस एल सि पास गरेका महात्मा गान्धीले भद्र अवज्ञा आन्दोलन छेडेर विश्वकै नेता बने । यो अर्डरको नमूना हो । नेत्रविहीन हुँदा हुँदै होमरले इलिअड र ओडेसि जस्ता महाकाव्य लेखे । यो अर्डरकै कला हो । साग बेच्दै हिँड्ने थोमस एडिसन वैज्ञानिक बने । दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपति बने ।

अर्डर कहाँ महंगो शब्द हो र । हिमाल, पहाड, तराई सबै ढुङ्गा माटोको तहमा अर्डर भेटिन्छन् । अझ भन्ने नै हो भने दश दिशामा अर्डर नमान्ने मात्र ठूलो सङ्ख्यामा छ । विवाह व्रतवन्धको सामाजिक नियम खै कस्ले मान्यो ? भुकम्पको राहत सामग्रीमा पनि कमिसन खाएको कुरामा कस्ले रोक्ने अर्डर दियो । सामाजिक कानूनमा हेर्दा विहेमा ५१ जना भन्दा कम जन्ती कस्ले पो लगेको छ र ? दसैँ तिहारमा धार्मिक कार्यमा फजुल खर्च कस्ले रोक्न सकेको छ र ? कागजी आदेश सुन्दा सुन्दा दुनियाँ विकृत भइसकेका छन् । आखिर यमराजको आदेशको बाटो खै कसले रोक्न सकेको छ र ? लाटा गाडाको देशमा फुटबलको रेड कार्ड जस्तो अर्डर कहिले रातो पिरो हुन्छ । मेरो दिमागमा त्यहि अर्डर मात्र झुण्डिएर घुमिरहेछ ।

०००
काठमाडौं १५, हाल  : अस्ट्रेलिया
१० नोभेम्बर, २०२३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रोएका बाटो

रोएका बाटो

ठाकुरप्रसाद अधिकारी
सोच्दा सौच्दै

सोच्दा सौच्दै

ठाकुरप्रसाद अधिकारी
कसौँडी मोह

कसौँडी मोह

ठाकुरप्रसाद अधिकारी
साथी ! चिन्ने हो

साथी ! चिन्ने हो

ठाकुरप्रसाद अधिकारी
नयाँ मन्त्री

नयाँ मन्त्री

ठाकुरप्रसाद अधिकारी
झोलाका झोले कुरा !

झोलाका झोले कुरा !

ठाकुरप्रसाद अधिकारी
पोइटिङग्री

पोइटिङग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०