आरोप
बोल्नेको मुख दुख्दैन । ब्याट्री डाउन हुँदैन । कुनै मिटर उठ्दैन । एकले अर्कोलाई पागल भनिरहेका थिए । दुवै जना पागलखानामै भर्ना थिए तर अर्कालाई मात्र पागल बुझिरहेका थिए । दुवै एक अर्कामाथि हास्न थाले, हेप्न थाले । हुँदाहुँदा राष्ट्रियतासम्म कुरो पुग्यो ।
सञ्जय साह मित्र :
दुई मित्र अस्पतालभित्र बेडमा सेट थिए । अस्पताल विदेश देशमा थियो । आफ्नो देशमा दुवै कट्टर देशभक्त थिए । अरुलाई गाली गरेरै भक्ति प्रदर्शन गर्दथे ।
दुवै बिरामीको बेडको सेट संयोगले एकै ठाउँमा परेका थिए । दुवैलाई एउटै औषधि खुवाएर बेहोस पारेर बेटमा रेस्ट गराइएको थियो । अलग अलग एअरपोर्टबाट दुवैलाई करिब एकै समयमा अस्पताल पुर्याइएको थियो । बेहोसीले कुलेलम ठोकेपछि दुवैले पुलुक्क आँखा उघारे । एकले अर्कोलाई देखेर छक्क परे, दुवैको नजर भित्तामा ठोक्कियो । लेखिएको थियो – मानसिक अस्पताल ।
विपक्षी बेड : तिमी पागल भयौ ?
प्रतिपक्षी बेड : तिमी मानसिक अस्पतालको बेडमा ?
पहिलो बेड : तिमी विदेशी अस्पतालमा ?
दोस्रो बेड : तिमी परदेशी अस्पतालमा ?
बोल्नेको मुख दुख्दैन । ब्याट्री डाउन हुँदैन । कुनै मिटर उठ्दैन । एकले अर्कोलाई पागल भनिरहेका थिए । दुवै जना पागलखानामै भर्ना थिए तर अर्कालाई मात्र पागल बुझिरहेका थिए । दुवै एक अर्कामाथि हास्न थाले, हेप्न थाले । हुँदाहुँदा राष्ट्रियतासम्म कुरो पुग्यो ।
होहल्ला सुनेर डाक्टर आए सहयोगी लिएर । हातमा करेन्ट थियो । सहयोगीले करेन्ट सटाउँदै भने – राष्ट्रिवादको भूत करेन्टले उतार्छ ।
करेन्ट छुवाउनासाथ दुवै बेहोस ।
०००
१२ फागुन २०८०
मित्रनगर, गरुडा ४, रौतहट