सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छिमेकीको प्रश्न

छिमेकी धेरै मौन बस्न सकेन । बोल्यो,"लौ अब भन कलाधर भाइ, आमा र प्यारी दुई मध्ये पहिले कसलाई जोगाउने ? भन, आमा कि पत्नी ?"

Nepal Telecom ad

धनराज गिरी :

घरमा जहिले पनि कुरुक्षेत्र, सासू र बुहारीको लीला, दिक्क मान्यो कलाधरले र छिमेकीसित समस्या समाधानको उपाय खोज्यो। छिमिकीले उपाय बतायो, जङ्गलको बीचमा मिलन देवीको मन्दिर छ ! ती देवीको दर्शन गरेपछि जस्तो विवाद पनि मिल्छ। मैले पनि अनुभव गरेकोछु। म क्याम्पसप्रमुख भएको बेलामा मेरा दुई सहायक कत्ति पनि नमिल्ने,देवीको दर्शन गराएपछि “कृष्ण र हरि” जस्ता भए। मिले ।

छिमेकी केन्द्रनारायण परिधिले उपाय बताए । साइत जुराए । “म पनि जान्छु, बोर लागेको छ घरमा बस्दा बस्दा। ”

२०८० साल फागुन १३ गते लागे चारजना जङ्गलको बाटो, पैदल। बाटोमा अनेक गफ गरे । सासूबुहारी बोलेनन् । कलाधरले अति अनुरोध गरेर मात्र आएका । बीच जङ्गलमा पुगेपछि अचम्म भयो । धराप रहेछ। सासू र बुहारी खसे एउटा खाडलमा । खाडल जङ्गलको राजा बाघको गुफा पो रहेछ। बाघ मख्ख। भोको थियो।

छिमेकीले कलाधरलाई हेर्यो । ऊ ढुक्क । अनुहारमा कुनै भाव छैन। आत्तिएको पनि छैन। छिमेकी, मनमनै “दिक्क भएको रहेछ मोरो, गए जाऊन् भन्ने सोच्यो क्यारे !” छिमेकी धेरै मौन बस्न सकेन । बोल्यो,”लौ अब भन कलाधर भाइ, आमा र प्यारी दुई मध्ये पहिले कसलाई जोगाउने ? भन, आमा कि पत्नी ?”

मुस्कुरायो कलाधर। खाडलतिर हेर्यो। बाघ मौन छ, अझै,उत्तर दियो, “न आमा, न पत्नी, पहिले म बाघलाई जोगाउनेछु।”

आम्मै, हाई जम्प गरेर बाघ पो भाग्यो। बाघले आफ्नो जोगायो, कलाधरले सोच्यो। छिमेकी जिल्ल। सासूबुहारी हातेमालो गर्दै बाहिरिए। देवीको दर्शन गरे । फर्किए । कलाधरको निकेतनमा स्थायी शान्ति छायो ।

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उल्टो सोच

उल्टो सोच

धनराज गिरी
फिराद !

फिराद !

धनराज गिरी
प्राणघातक सत्य !

प्राणघातक सत्य !

धनराज गिरी
रिचार्ज !

रिचार्ज !

धनराज गिरी
कल्याण !

कल्याण !

धनराज गिरी
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०