साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीदपुर

त्यसै दिनदेखि तिनकै सम्मानमा मच्छडपुरको नाम परिवर्तन गरियो र शहीदपुर राखियो । अद्यापि शहीदपुर विद्रोहीहरूको गौरवपुरका रूपमा चिनिँदै आएको छ ।

Nepal Telecom ad

म सामुमा देखा पर्नासाथ तत्कालै आक्रोशित भीड अझ आक्रामक भइहाल्यो । चारैतिरबाट एकोहोरो नारा लागिरह्यो-

“हाम्रो भोक, जिन्दावाद !”
“अरूको भोग, मुर्दावाद !”
“हामी हेरिरहन, सक्तैनौँ !”
“सामुको आहारा, लत्याउन चाहनौँ ।”

त्यसबेला म मच्छडपुरको बासिन्दा थिएँ । शहीदको नामावलीले मच्छडपुर भरिएको थियो । दिनदिनै शहीद बन्न ज्यानप्राण लगाउनेहरूको कुनै कमी थिएन । यस्तो होडबाजी देखेर म चकित थिएँ ।

“मृत्यु भयावह हुन्छ । एक पटक प्राणवायु फुत्केपछि पुनः फर्केर आउदैन । तैपनि किन शहीद बन्ने प्रतिस्पर्धा चलिरहेछ ?” अनायासै मेरो मुखबाट यस्तो कुरो निस्किहाल्यो ।

तिनीहरू कानै खाने गरी एकोहोरो लागिरहेका थिए । तिनीहरू असङ्ख्य थिए । म निहत्था थिएँ । मलाई युद्ध मैदानमा हाँक दिइरहेझैँ लाग्यो । म हत्तपत्त अग्निकवजभित्र छिरेँ र फिस्स हाँसेँ । उनीहरू अग्निकवज वरपर घुमीघुमी भट्याइरहेका थिए । म खुच्चिङ भन्दो थिएँ ।

कसोकसो दुईचार वटा विद्रोहीहरू अग्निकवजभित्र छिरिहालेछन् । बेस्सरी सुइरो रोप्दा पो झसङ्ग भएँ । तिनले नै मलाई सुसु गर्ने बनाए । अग्निकवजबाट निस्केर ट्वाइलेटतिर दौडिए ।

आधा सुसु पनि गरेको थिइनँ । चारैतिरबाट सुइरो प्रहार सुरु हुन थाल्यो । म निहत्था मान्छे बाफ रे बाफ भएर चारैतिर आफ्नै हातले प्रतिरोध गर्न विवस भएँ ।

मेरो हात नै रक्तमुच्छेल भयो । अन्त्यहीन आन्दोलन अझ चर्किरहेको थियो । यत्रतत्र भयावह महोल थियोे ।

यसो आफूले टेकेको धरतीतिर हेरेको त ६ जना विद्रोहीहरू पो आआफ्ना ६/६ खुट्टाका पैताला आकाशलाई देखाइरहेका रहेछन् ।

त्यसै दिनदेखि तिनकै सम्मानमा मच्छडपुरको नाम परिवर्तन गरियो र शहीदपुर राखियो । अद्यापि शहीदपुर विद्रोहीहरूको गौरवपुरका रूपमा चिनिँदै आएको छ ।

२०७८/१२/२४ शहीदपुर, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x