साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर बिरालाको कथा

चाल पायो कुकुरले साथी जुट्न थाले एकतामा बल हुन्छ भनी बुझ्न थाले मालिकले पालेका यी कुकुर बिराला गिद्धले पो थाहा पायो यै हो मौकाबेला ।

Nepal Telecom ad

तर चोर्ने बिरालोले कुँढे पल्टाएछ
नातागोता पोस्न भनी एतै बोलाएछ
सबै मिले खाए दूध भुँडी पुष्टिएछ
मरञ्च्याँसे लुते थियो बल्ल दह्रिएछ ।१

उक्राँसो पो मच्चाउन थाल्यो अनि उस्ले
हेर्दै छक्क पर्न थाले झालेमाले पुत्ले
हुलै बाँधि हिंड्न थाल्यो रोक्न सक्ने कस्ले
ठूलो जुलुस लाग्न थाल्यो देखेछन् मुसाले ।२

मुसा मार्न पालेको हो मालिकले यता
दूधभात दिन्थ्यो खान लाग्थ्यो कताकता
कैल्हे जाने शिकारमा हानिएर उता
सिकेछ के चोर्ने कला निखारेर बूता ।३

घ्याम्पे भुँडी हुने कतै फुकिढल पनि
बेलामौका सभा बस्थे कचहरी भनी
गठजोड पुग्यो भने योजना नै बुनी
साह्रो गाह्रो पर्दाखेरि बस्थे थारो मुनि ।४

चाल पायो कुकुरले साथी जुट्न थाले
एकतामा बल हुन्छ भनी बुझ्न थाले
मालिकले पालेका यी कुकुर बिराला
गिद्धले पो थाहा पायो यै हो मौकाबेला ।५

घुम्न थाल्यो गिद्ध यतै गाउँ बस्ति तिर
फुटाएर दाऊ पार्ने हान्न थाल्यो तीर
मौका छोपी हात हाल्यो तान्यो उतैतिर
बेहाल पो पारिदियो घाँडो भिराएर ।६

छिन्नभिन्न मतभेद छताछुल्ल भयो
भाइचारा सहयात्री खै त कता गयो
लुट्न खान सम्पदामा गिद्धेदृष्टि गयो
सुन्दर यो घरजम चिरा पारिदियो । ७

गैंडाकोट -१ प्रतिभाचोक नवलपरासी
मोबाइल नम्बर- ९८६१८७१४०४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x