साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी र म

हेर्दा हामी दुरुस्तै उस्तैछौ म भन्छु भनी रहन्छु तिमी गर्छौ गरिरहन्छौ त्यसैले त मित्र तिमी दिनदिनै मौलाउदैछौ म दिनदिनै ओइलाउदैछु ।

Nepal Telecom ad

म भन्छु, खेतमा धान रोप्नुपर्छ
नाङ्गिनुहुन्न इज्जत छोप्नुपर्छ
तिमी गरा गरामा घर फलाउँछौ
र सर्वाङ्ग हेर्न छिमेकी बोलाउँछौ ।

म भन्छु, मन्दिर बनाउनुपर्छ
देउता पुज्नुपर्छ
तिमी मन्दिर बनाउँछौ
सक्कली मुर्ति लुकाउँछौ
र वरिपरि भिखारी उमार्छौ ।

म भन्छु, स्कुल खोल्नुपर्छ
बालबच्चा पढाउनुपर्छ
तिमी स्कुल खोल्छौ
र बच्चा च्यापेर तेल निचोर्छौ

म भन्छु, रुख रोप्नुपर्छ
जंगल जोगाउनुपर्छ
तिमी रुख काट्छौ जंगल फाँड्छौ
र चन्दन पोलेर अंगार बेच्छौ ।

म भन्छु, देशको विकास गर्नुपर्छ
आत्मा निर्भर बन्नुपर्छ
तिमी डोजर किन्छौ डाँडो फोर्छौ
र भरोसा पोलेर आगो ताप्छौ ।

म भन्छु, युवा दक्ष बनाउनुपर्छ
आफ्नै देशमा अटाउनुपर्छ
तिमी मेनपावर खोल्छौ
र छानिछानी खाडी पठाउँछौ ।

म भन्छु, निष्पक्ष निर्वाचन गर्नुपर्छ
योग्य नेता छान्नुपर्छ
तिमी नोटले भोट खरिद गर्छौ
र पुस्तौ पुग्ने ढुकुटी चर्छौ ।

म भन्छु, जमिन सिंचाइ गर्नुपर्छ
बालीनाली लगाउनु पर्छ
तिमी समुद्रमा जहाज गुडाउँछौ
र सडकमा मोनो रेल उडाउँछौ ।

म भन्छु, उद्योगधन्दा खोल्नुपर्छ
व्यपार वृद्धि गर्नुपर्छ
तिमी टाकुरामा भ्यू टावर ठड्याउँछौ
र दुर्विनबाट समृद्धि चिहाउँछौ ।

म भन्छु, जडिबुटी लगाउनुपर्छ
बिरामीले ओखती पाउनुपर्छ
तिमी अस्पताल खोल्छौ
र गरिबीको मुटु चिरफार गर्छौ ।

हो मित्र, हेर्दा हामी दुरुस्तै उस्तैछौ
म भन्छु भनी रहन्छु
तिमी गर्छौ गरिरहन्छौ
त्यसैले त मित्र
तिमी दिनदिनै मौलाउदैछौ
म दिनदिनै ओइलाउदैछु ।

तेह्रथुम, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x