साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डरसँग नडराउँंदा

अनि त डर देउता हो पाती चढाउँ, डर भोको छ भाती चढाउँ । देउरालीमा पाती र खाली आन्द्रामा भाती डर भगाउने अचुक ओखती ।

Nepal Telecom ad

यो डर शब्द नै डरलाग्दो छ । डाङ्डुगे ‘ड’ र खाँबे ‘र’ मिलेर बनेको । खाँबोमा टुइँक्याएर डाङडाङ, डुङडुङ थालेपछि यमराजले त यमपुरी बिर्सनु पर्‍याथ्यो भन्छ्न, अरुको त के कुरा ?

एउटा घरमा बाघ पसेछ । घरमुलीको डरको डोको भरियो, झाँक्री जस्तै लगलग गर्दै त्यो बाघलाई भकारीले छोपेर खुइय्य गरेछ अनि घिसार्दै लगेर बरण्डाबाट भकारी हुत्याएछ । भकारीबाट बाघ लुसुक्क निस्किएर ‘म्याउँ’ गर्दै बाटो तताएछ । अब भन्नुहोस् बाघ भकारीमा थियो कि मनमा ?

यो डरको बासस्थान मन हो र यसको खान्की दिमाग । डरले दिमागको खान्की खाँदा खाँदा कति मै हुँ भन्नेहरू दिमागकै जुइनु खुस्किएर राँची पुग्छ्न, कति जोगी बनेर थैलो बोक्छ्न, कति गेरु लाएर जङ्गल पस्छ्न । हरि ॐ तत्सत भन्दै ।

फेरि यो डरको जिम्बेवारी पनि अनौठो छ । अड्डा, अदालत, पुलिस, प्रशासन, राजनीति ,देउनीति सबैतिर डरकै खेती चल्छ । पिउनदेखि हाकिमसम्म, जवानदेखि आइ.जि.पी.सम्म डरकै जरा जकडिएको हुन्छ । आजभोलि त झन तरकारी बेच्नेदेखि सरकारी सरोकार राख्नेसम्म यसैको बोलवाला छ । तिर्र सिटी बज्दा ठेला, ढाकी सब गायब । घरमूलीलाइ पनि कहाँ सुख छ र ? ज्वाइँ, सम्धिको गाडीको हर्न सुन्दा पनि गर पालिका हो कि नगरपालिका हो ? को फलामे फलामे दन्त जोत्ने डोजर आयो भनेर तर्सन्छ्न् ?

कहिलेकाहीँ डर भाग्यो भने पनि बित्याँस पर्छ । कुरकुरे बैँशले छोपेपछि त जीवनमा एकपटक डर भाग्ने । “कानून सानुन वकिल जानून” भनेर कुरकुरे, कुरकुरी होटल छिर्दा कति खेलाडी, कलाकार, नेता, अभिनेता मावली मेजमानमा परेको कुरा युट्युबरहरू नडराइ खोतल्छ्न् । किन खोतलेका भने यो बेलाको डरको भुङ्ग्रो अर्काकै तालुमा खन्याउँन पाइन्छ ।

जोई पोइको डरको दशा पनि उत्तिकै मापाको हुन्छ । ब्याड राख्ने बेलाँ डर भाग्छ, जब बिहान बिहान वाकवाकी लाग्न थाल्छ, डरले जरा गाडी हाल्छ । अनि सेलाउने सल्लाह गरेर पहिले पोते पिँधेर वा भिरगौंलेको जराको ज्युनार हुन्छ, भएन भने मेरि स्टोप्स । केही गरि पार नलागे पनि बात लाग्ने त होइन । तर निकाल्ने बेला ग्रह दशा जोगाएर निकाल्न डाक्टर भन्दा पहिले जोतिषिकोमा जान्छ्न् । उता निस्कने घडी पला मिलेन भने डाक्टरको गोजीमा गोडा पाँचेक हात्ती हुलिदियो, ठाउँबाट बसेको भए पनि कुठाउँबाट फ्यात्त । यसरी निकालेपछि बबुरो बच्चा उ…..हाँ , उ……हाँ गर्दै डाक्टरतिर देखाएर डर पोख्छ । यसरी कच्चा ठाउँबाट निस्कँदै डराएको मान्छे परमधामसम्म डराएको डरायै हुन्छ ।

बिरालोले म्याउँ गर्दै मालिकको खुट्टामा लुटपुटिए पनि दही चोरेर खाने बेला त्यही मालिकसँग डराउँछ । त्यै नियम मालिक र हलीमा पनि लागू हुन के बेर ? गाम्छा गलामा गुथेर दश गाउँ चहार्ने मालिककी मालिक्नीले सधैँ सधैँ बिरालो झैँ लुटपुटिने भुसतिघ्रेको तिघ्रा बोक्न थालिन् भने खाली बेलामा डरको पारो तातेर २०० डिग्री हुँदैन र ?

यो डरसँग नडराउँदा कतिको घरबार बिग्रियो, कतिको दरबार बिग्रियो, कति पूजारीले द्रव्य कुम्ल्याए, कति भुजारीले अर्काकी जहान खुम्ल्याए । कति मास्टरहरू विद्यार्थीसँग पल्किए, कति विदेशाँ जहान भएकाहरू गाउँका तरुनी तन्नेरीसँग सल्किए आदि आदि । अनि त डर देउता हो पाती चढाउँ, डर भोको छ भाती चढाउँ । देउरालीमा पाती र खाली आन्द्रामा भाती डर भगाउने अचुक ओखती ।

त्यसैले,
डर होस सबको भित्र, डर इष्टमित्र सबै
डरै हो विश्वको आड, राखौँ भित्र सधैँ सधैँ
इति डर महात्म्य ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
श्राद्ध

श्राद्ध

त्रिलोचन ढकाल
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x