साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिता मुस्कुरायो

हुरुक्कै बनायो र धर्ती हरायो फुरुक्कै खरायो उकाली छलायो घरै पो जलायो खरानी बनायो धुवाँ उठ्न लाग्यो चिता मुस्कुरायो ।

Nepal Telecom ad

उता दुष्ट धायो र नारा लगायो
कतै भ्रष्ट छायो गुलामी जनायो
जसै लुछ्न लाग्यो दलाली करायो
यता चोर आयो चिता मुस्कुरायो ।१

छ गुण्डा दले जो लुकी फुस्फुसायो
लगाएर घेरा लुकाएर खायो
पराया उचाली गुमाएर आयो
र नेता जनायो चिता मुस्कुरायो ।२

हुने जो हुनामी सलामी जनायो
घलेकी फिंजायो मलामी गरायो
घुँडा टेक्न पायो हरामी बनायो
सबै थोक खायो चिता मुस्कुरायो ।३

छ सत्ता बसेको गुलेली चलायो
मरेको सडेको गुहेंली जनायो
र आमा रुवायो गलेटा भलायो
जुरुक्कै उठायो चिता मुस्कुरायो ।४

हुरुक्कै बनायो र धर्ती हरायो
फुरुक्कै खरायो उकाली छलायो
घरै पो जलायो खरानी बनायो
धुवाँ उठ्न लाग्यो चिता मुस्कुरायो ।५

भरोषा दिलायो छली भोट पायो
बटुल्दै छ पैसा गलामा लगायो
जहाँ फूलमाला छ आफै लजायो
गरेछन् तमासा चिता मुस्कुरायो ।६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x