साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अध्यापकहरूकाे आन्दोलन

अध्यापकहरूको शीर्ष नेतृत्वमा त राष्ट्रिय स्वयंसेवक संघका मान्छे पनि त छन् नि ! यिनीहरू दोहोरो निष्ठा भएका मान्छे हुन् । यिनीहरूको पवित्र आस्था त संघका माध्यमबाट सकलेचाजीप्रति नै छ । अनि दोस्रो निष्ठा आफ्ना साथीहरूप्रति छ ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

      व्यङ्ग्यानुवाद :: रमेश समर्थन

साधुहो ! हिजोआज दिल्लीमा अध्यापकहरूको हडताल चलिरहेको छ । मध्यप्रदेशमा सरकारी क्याम्पसमा अध्यापकहरूले गरेको परीक्षा बहिष्कार समाप्त भयो । वास्तवमा अध्यापकहरूको हडतालले सरकारलाई केही नोक्सानी हुँदैन । यसमा न कुनै कारखाना बन्द हुन्छ जसबाट सिमेन्ट, कपडा र हतियारको उत्पादन बन्द होस् । अध्यापकहरू न त तोडफोड गर्न सक्छन् , न आगजनी गर्न सक्छन्, न मारपिट गर्न सक्छन् र न घेराबन्दी गर्न सक्छन् । यी त सोझासाधा गाई प्राणी हुन् । केटाकेटीले नपढ्दैमा सरकारलाई केही घाटा हुँदैन । जति धेरै मानिसहरू अनपढ रहन्छन् त्यति धेरै स्थायी सरकारहरू बन्छन् । अब अध्यापकहरू उत्पादन नै ठप्प पार्न त सक्तैनन् । कानुन व्यवस्था खल्बल्याउन सक्तैनन् । तर्साउन सक्तैनन् । अनि यस्ता निरीह प्राणीका माग किन मानोस् त सरकारले ! तलब पो किन बढाउनुपर्‍यो ? महङ्गी भत्ता पनि किन बढाउनुपर्‍यो ? यी मास्टरसास्टरले सरकारको के पो बिगार्न सक्छन् र ?

साधु हो ! कांग्रेसको सरकार हुँदा त उनीहरूमा लोकतान्त्रिक संस्कार थियो । अनि ती सरकारहरू वार्ता गर्थे । सम्झौता गर्थे । मनाउँथे । गुरुवर्गसित सम्मानपूर्वक प्रस्तुत हुन्थे । तर दिल्लीमा त राजा केदारनाथ साहनी छन् जो कट्टु मात्र लगाएर सङ्घको र्‍यालीमा जान्छन् । अनि मध्यप्रदेशमा भगवान पशुपतिनाथका भक्त कट्टुवाल मुख्यमन्त्री सकलेचा छन् । उनीसित त फोटोग्राफर पनि भन्छन्, ‘साहेब, अलिकति मुस्कुराउने अभ्यास पनि गर्नुहोस् न !’ तर सकेलाले जब अलिकति मुस्कुराउने अभ्यास गर्न थाल्छन् उनका पसिना छुट्छन् र छट्पटी हुन थाल्छ । डाक्टरहरूको त के भनाइ छ रे भने उनका निम्ति मुस्कुराउनु पनि घातक हुन सक्छ ।

साधु हो ! यिनीहरू त शक्तिका उपासक हुन् । यिनीहरू गुरु नै ब्रह्मा र विष्णु हुन् भन्ने त खुब रट्छन् र गुरुदक्षिणा (गुरुपूणर्िमा ?) पनि मनाउँछन् तर तिनै गुरुलाई बँधुवा नोकर ठान्छन् । त्यसैले त यिनले दाह्रा किट्तै भन्छन्, ‘कुल्चिदेओ ! ठिक पार ! दमन गर ! टाउको उठाउनै नदेओ !’ साधु हो ! फासिस्टले कहिल्यै टाउको उठाउन दिँदैनन् । फैज अहमद फैजले त पाकिस्तानी फौजी तानासाहीका सन्दर्भमा लेखेका पनि छन् — ‘उत्सर्जित छु तेरा यी गल्लीहरूमा म ए मेरो वतन ! जहाँ; यस्तो चलन चलेको छ कि कसैले टाउको उठाउन नपाओस् !’ यस्तो त देशको अवस्था छ । त, साधु हो ! दिल्लीको संघीय शासनले अध्यापकहरू माथिको दमन सुरु गरिसकेको छ । निलम्बन, बर्खास्ती र गिरफ्तारी ! हजारौं शिक्षिकाहरू निलम्बित छन्, हजारौं जेलमा छन् । तर यो २६औं दिन हो तर पनि हडताल रोकिएको छैन । परीक्षा सञ्चालनका निम्ति स्वयंसेवकहरूलाई बोलाइएको छ । कहाँसम्म भने जुन मजनुहरू केटी जिस्क्याउने अपराधमा गिरफ्तारीमा परेका थिए तिनैलाई परीक्षामा निरीक्षक बनाइएको छ । प्रधानाध्यापिकाहरूको सिकायत त के छ भने ती निरीक्षकहरू परीक्षा भवनमै उनीहरूका छात्राहरूलाई जिस्क्याउँछन् । उनीहरूलाई के थाहा त्यस्तै केटी जिस्क्याउने अपराधमा थुनामा रहेका अपराधीहरूलाई नै खोजी खोजी निरीक्षक बनाइएको छ । उनीहरूले सामूहिक रूपमै जिस्क्याउन केटीहरू भेटेका छन् त किन पो नजिस्क्याउन् ? उता जनसंघको संगठन ‘अध्यापक परिषद्’ भने हडताल भाँड्ने कोसिस गर्दै छ । तर शिक्षकहरू भने डटेकै छन् । तर अहिले भने शिक्षामन्त्रीको आश्वासन पाएर आन्दोलन रोकिएको छ ।

साधुहो ! त्यस्तो सरकार निकम्मा, निर्लज्ज र पतित हुन्छ जसले शिक्षकलाई तोड्ने र कुल्चिने प्रयत्न गर्छ । मध्यप्रदेशमा भने जब सरकारी क्याम्पसका प्राध्यापकहरूको संगठनले परीक्षाको बहिष्कार गर्‍यो तब सकलेचाजीको यस्तो फर्मुला निस्क्यो, ‘सबै समस्याको एउटै समाधान भनेको प्रहरी हो । परीक्षा पनि प्रहरीले लिइहाल्छन् नि ! हवल्दार र खरिदार निरीक्षक हुन्छन् । अनि कपी जाँच्ने काम पनि तिनै हवलदार र थानेदारहरूले नै गर्नेछन् । यी प्रोफेसरहरूलाई कुल्चिदेओ ।’ अनि निलम्बन गरिदिए । सरुवा गरिदिए । यो अर्को स्वतन्त्रता हो ।

तर साधुहो ! यी अध्यापकका नेतृत्वहरू पनि त गज्जबका छन् नि ! कुनै तयारीविना र कुनै योजनाविना नै भावुकतामा संघर्ष सुरु गरिदिए । एउटा कुरामा भने सतर्कता देखाए र त्यो के भने वामपन्थी विचार बोकेका अध्यापकहरूलाई भने सुइँको पनि चल्न दिएनन् । यदि त्यसो नगरेका भए त यो अनुष्ठान नै अपवित्र हुन्थ्यो । वास्तविकता त के हो भने यस्ता आन्दोलन चलाउन त वामपन्थी नै सक्षम हुन्छन् । तर अध्यापकहरूको शीर्ष नेतृत्वमा त राष्ट्रिय स्वयंसेवक संघका मान्छे पनि त छन् नि ! यिनीहरू दोहोरो निष्ठा भएका मान्छे हुन् । यिनीहरूको पवित्र आस्था त संघका माध्यमबाट सकलेचाजीप्रति नै छ । अनि दोस्रो निष्ठा आफ्ना साथीहरूप्रति छ । अर्थात् यिनीहरूको पुनीत कर्तव्य त अध्यापकहरूलाई घेरामा पारेर ‘संघं शरणं गच्छामि’ गराउनु हुन्छ । अनि त्यही गराइछाडे । सबै कुलपतिहरूलाई छाडेर संघका मान्छे कहलिएका इन्दौरका कुलपतिका शरणमा गए र उनीमार्फत सकलेचाजीसमक्ष आत्मसमर्पपण गरेर हडताल समाप्त गरिदिए । अर्थात् अध्यापकहरूको संगठनलाई संघी तथा प्रतिक्रियावादीहरूले यसरी तोडिदिए कि अब यी अध्यापकहरू लामो समयसम्म उठ्नै सक्दैनन् । सामान्य रूपमा राजनीतिसित असम्बद्ध यी सोझा शिक्षकहरू जसको चेतना कक्षाकोठा र घरबाहिर निस्कनै सकेको छैन संघी राजनीतिक छलका कारण पिटिए । भगवानले यिनलाई सद्बुद्धि दिउन् ।

०००
रुपन्देही ।

‘परसाई. रचनावली’, भाग- ५ बाट  ‘अध्यापकाें के आन्दाेलन’ को नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x