साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अत्याधुनिक अधिवेशन र दैनिकी

कृषकका घरमा भनेको अन्न अघाउन्जेल खान पार मुसो मोटायो अनि यत्रो जन्तु हुन पुग्यो । हाम्रो कार्यकालभरिमा यसलाई अझै हेमानको बनाउन सक्यौ भने आगामी आमनिर्वाचनमा बहुमत होइन, त्यसको हजुरबुवा नाघेर हाम्रो विजय हुनेछ ।

Nepal Telecom ad

कोमलप्रसाद पोखरेल :

धेरै दिन बाँच्न सके धेरै कुरा देखिँदोरहेछ । हामीले उहिलेका कुराहरू देखेका छैनौँ र हाम्रा जिजुबराजेले अहिलेका कुरा कल्पना पनि गर्न सकेका थिएनन् । उनीहरू पनि कसैले रामराज्यको संसद, कसैले धर्मराज युधिष्ठिरको संसद र कसैले राणा शासनको संसद देखेका थिए । अहिलेका हामी जस्ता भाग्यवान् मानिसहरुले अत्याधुनिक संसद् सभा र संसदीय मूल्य र मान्यता बोकेका सांसदहरूले संसदीय गतिविधि पनि देखेका छौँ । तपाईंहरूले देखे भोगेका अत्याधुनिक संसदीय गतिविधि कस्तो छ म भन्न सक्दिनँ, तर मैले कुनै दिन देखे सुनेको संसदीय क्रियाकलाप भने “न भूतो न भविष्यति“ भन्ने उक्तिलाई चरितार्थ गर्ने खालको छ । यस किसिमको संसदीय क्रियाकलाप त्यस देशको सम्मानित संसद सभामा भएको हो जुन देशलाई भौगोलिक भाषामा गोलोभित्रको चेप्टो, बाटुलोभित्रको लाम्चो, हेर्दा सबभन्दा होचो तर नाप्दा सबभन्दा अग्लो मानिन्छ । यसबाहेक त्यहाँ कोही पानीमा पौडन्छन् भने कोही तिर्खाले दौडन्छन् । माथि पुरै ढाक्नु र तलतिर नाङ्गै राख्नु पनि त्यस देशको अर्को विशेषता हो ।

उपयुक्त वर्णनबाट सवैलाई त्यो देश कुन हो भन्ने कुरा थाहा हुन्छ । त्यही देशको संसद भवनभित्रको एकदिनको छोटो दैनिकी यहाँ उतारिएको छ –
त्यो दिन अचानक संसद भवनभित्र अउटा बँदेल सुँगुर वगुरको प्रवेश हुन्छ । त्यस जन्तुको प्रवेशवाट देब्रे दाहिने दुवैतिर बस्ने केही व्यक्तिबाहेक कसैले पनि त्यस जन्तुका वारेका बताउन सक्दैनन् । त्यस दिनको अधिवेशनमा त्यसै नौलो जन्तुका बारेमा छलफल हुनुपर्ने सर्वसम्मत निणर्य हुन्छ । सभामुखको सोहीअनुसारको घोषणापछि रेडियो नेपालबाट आफ्नो नाम आफ्ना काम सुन्ने बहिरा मतदाताहरूलाई सुनाउन चाहने माननीय सांसदहरूले आलोपालो गरेर आ-आफ्नो नाम दर्ता गराओपछि तुरुन्त बोल्ने क्रम सुरु हुन्छ । शासन-व्यवस्था चलाउन पाप-धर्म जे-जस्तो भएपनि नरम-करम मिलाउने चलन छ । सो चलनअनुसार अर्कातिर बस्ने सांसदहरूले पहिला बोल्ने गर्छन् । तब नवागन्तुक नौलो जन्तुका बारेमा पालैपालो आ-आफ्नो मन्तव्य दिनुपर्नेमा सबैले अकैचोटि न्वारानदेखिको बल प्रयोग गरेको कारणवाट अधिवेशन स्थलका माइक्रोफोन र कुर्सी, टेवल कच्याक्…..!!

“सावधान ! सबैको कुरा एकैजनाले भन्नुहोस् !” सभामुखको यस्तो भनाइपछि एकातिर बस्ने सांसद प्रतिनिधिवाट यस्तो मन्तव्य आउँछ – “सभामुख महोदय, यो जन्तु हाम्रा विपक्षी सांसदहरूका निमित्त सर्वथा नौलो होला तर हाम्रा लागि यो केही पनि होइन । मेरा विचारमा यहाँहरूले चिडियाखाना नै नदेखेको हो कि मैले चिडियाखानाको दाना अधिकृत भएर धेरै वर्षको अनुभव बटुलिसकेको छु । हामी सबै एक मत हौँ कि यो जन्तुसँग हामी परिचित छौँ । यो जन्तु हात्ती हो हात्ती । अर्कातिर वस्ने सांसदहरूले ठाडो कान लगाओको देखेर प्रवक्ता सांसद पनः कड्किन्छन- “दाना अधिकृतमा काम गर्दा मैले चिडियाखानामा जन्तुहरूको रासनमा चौरासी आसन सोधेको थिएँ । त अहिले कसरी साह्रै कम्ती पाउन थालेछ यस हात्तीले ! पक्कै पनि रासनको सङ्ख्यामा वृद्धि भएको हुनुपर्छ । विचरा ! यो हात्ती खानै नपाओर सारै घटेछ । हुन त एक किसिम महंगीको मारले पनि यसो भएको हुन सक्छ । जनता पनि यसरी नै खिइँदै गए र हामी सांसदमात्र मोटाउँदै गयौँ भने ….! जे होस् अब यसलाई ठूलो पार्ने एकमात्र उपाय छ । हामीमध्ये कसैले यसलाई छ महिना मात्र पाल्याैँ भने यो जत्रो थियो त्यत्रै हुन्छ । यसमा हामी जनतालाई यसै सम्मानित सदनमार्फत विश्वास दिलाउन चाहन्छाैँ ।”

अर्कातिर बस्ने सांसदहरूको नग्न ठोकाइबाट भग्न टेबलको आवाज र अर्कातिर बस्ने सांसदको हाँसोको प्रतिध्वनिबाट प्रदूषित सांसदको दर्शन- दीर्घामा बस्ने मानिसहरूले हामी चलचित्र मन्दिरमा छौँ भन्ने अनुभव गरे ।

सांसदहरूको खैला र बैला सकिपछि अर्कापटिका एकजना प्रतिनिधि सांसदको वाक्वाण प्रहार सुरु हुन्छ- “सभामुख महोदय, यो प्रजातन्त्रिक व्यवस्था हो । यसमा प्रत्येक सांसदको महत्वपूर्ण एवं अहं भूमिका हुन्छ । आफ्नै कुरा मात्र ठिक, अरूका बेठिक भन्ने परिपाटी सबै किसिमका पाटीले नत्यागेसम्म सांसदले व्यक्त गर्नुभएको विचार सोह्रै आना झुटो हो । सांसद जस्तो गरिमामय पदमा रहने व्यक्तिले मूर्खलाई पनि चित्त नबुझ्ने कुरा गर्नुहुन्छ ? खोइ सूँड, खोइ दाह्रा ? भन्न पाइँदैन । सभामुख महोदय, भनाइ अझ अगाडि बढ्छ अरूका कुरा पनि सुन्न सक्नुपर्छ सांसद भएर । यता सन्नुहोस् हाम्रो कुरा । हामीले अहिले नयाँ कृषि व्यवस्था लागु गरी सन् २००१ सम्ममा सबैका लागि खाद्यान्न भन्ने अभियान सञ्चालन गरेका छौँ । खानलाई धौ-धौ पर्नु बेग्लै कुरा हो तर अहिले प्रत्येक कृषकका घरमा प्रशस्त ! अन्नवाली भित्रिएको छ । कृषकका घरमा भनेको अन्न अघाउन्जेल खान पार मुसो मोटायो अनि यत्रो जन्तु हुन पुग्यो । हाम्रो कार्यकालभरिमा यसलाई अझै हेमानको बनाउन सक्यौ भने आगामी आमनिर्वाचनमा बहुमत होइन, त्यसको हजुरबुवा नाघेर हाम्रो विजय हुनेछ । अनि त …!

उपर्युक्त भनाइबाट प्रेसर बढेका अन्य सांसदहरू सभामुखको अगाडि सभा अवरुद्ध गर्छन्, धारेहात पार्छन् अनि एक-अर्कामा आँखा तर्छन् । यत्तिकैमा सभामुखवाट सूचना जारी हुन्छ माननीय सांसदहरू, यस नव आगन्तुक जन्तुका बारेमा सदनका दुवैतिर बस्ने सांसदज्यूहरूबाट बेग्ला बेग्लै राय व्यक्त भई प्रस्ताव पारित हुन नसकेको हुनाले आमसहमतिमा पुग्नु नितान्त आवश्यक ठानी निकट भविष्यमा यसका लागि एक उच्चस्तरीय आयोग गठन गर्ने वचनवद्धताका साथ आगामी निर्वाचनभन्दा ३५ दिनपछिसम्मका लागि यो सदन स्थगित भएको घोषणा गर्छु ।

०००
जुही (पूर्णाङ्क ४६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x