साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो छोरा त नौ वर्षको छ नि त

भनेकै समयमा पुगे। सुट तयार रहेछ । यसो कोल्टोमा गएर लगाएँ । भने जस्तै भएछ । मनमनै खुसी लाग्यो । कति दिऊँ मास्टर ? पैसा झिक्दै थिएँ टेलर मास्टरको सानो छोरो कराउँदै आयो ‘मेरो जस्तै सुट ।’

Nepal Telecom ad

तीर्थराज अधिकारी :

नेपाल फर्किन भन्दा केही दिन अगाडि एकजोर सुट किन्नु पर्‍यो भन्ठानेर अमेरिकाका विभिन्न डिपार्टमेन्टल स्टोर चहारेँ । आफूलाई राम्रो लागेको चाहीँ छानेर ड्रेसिङ् रूममा गएर लगायो मिल्दै मिल्दैन । कोटको बाहुला मिले टाँक लाउन मिल्दैन, टाँक लाउन मिले बाहुला लामो हुन्छ । पाइण्टको त कुरै नगरौँ । कम्मर मिले भुइँमा एक फिट लत्रिन्छ । वाक्क लाग्यो, नेपालमै नापी नापी किन नसिलाउने ? जतासुकै चिनेका टेलर मास्टर छँदैछन् ।

दसैँ अगाडि सिलाउनै पर्‍यो न । चिनेकै कपडा पसलमा गएँ । स्तर वृद्धि गरेका रहेछन् पसलको । अमेरिकाबाट आउनु भएको लवस्तरो कपडा त हुनु भएन भनेर फटाफट सुटको कपडा नापेर पास्टिकको झोलामा राखि दिएँ ।
पुग्ला नि कपडा त ?

किन नपुग्नु चाहिने भन्दा बढि दिएको छु ।
(मनमनै, किन दिँदैनथ्यौ ? तिमीलाई चाहिएको पैसा न हो ?

सरासर टेलर मास्टरको लाइनमा पुगेँ ।
नमस्कार ! कहिले फर्किनु भो अमेरिकाबाट ? के सेवा गरौँ ?

दुई तीन दिन भयो आएको । एकजोर सुट सिलाउँ कि भनेर ।

खै हेरूँ त (कपडा नाप्तै) ल बा ! कपडा पुग्दैन त सुट सिउन ।
के गर्ने होला त खै ? अन्त हेर्नुस्न ।

(अर्को टेलर मास्टर कहाँ)
कहिलेसम्ममा चाहिने होला ?

सकेसम्म छिटो, दसैँको बेला छ ।

फूलपातीको अघिल्लो दिन आउनु होला ।

भनेकै समयमा पुगेँ। सुट तयार रहेछ । यसो कोल्टोमा गएर लगाएँ । भने जस्तै भएछ । मनमनै खुसी लाग्यो । कति दिऊँ मास्टर ?

पैसा झिक्दै थिएँ टेलर मास्टरको सानो छोरो कराउँदै आयो ‘मेरो जस्तै सुट ।’
नभन्दै उसले लगाएको सुटको र मेरो सुटको कपडा एउटै थियो । केही नबोली म बाटो लागेँ ।

पहिलो टेलर मास्टरलाई भेटेर रिसाउँदै भनेँ ।
‘तिमीले त पुग्दैन भनेका थियौ, पल्लो टेलर मास्टरले मेरो सुटको बढी कपडाले आफ्नो पाँच वर्षे छोरालाई पनि सुट सिलाई दिएछन् ।’

उनले झोक्किएर भने ‘मेरो छोरा त नौ वर्षको छ नि त ।’

०००

पोखरा- १०, हाल संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
0
Would love your thoughts, please comment.x
()
x