साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठै बरै !

देश साझा भनेकै हो विदेशी आउँदा भयो जसको काम नै छैन बसेर मात्र के भयो केही नयाँ गरेमात्र सार जन्मिएको हुने बेच बेच सबै बेच बेचेरै हो धनी हुने ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

बिग्रेको हाल चालाले यो देश अझ बिग्रिँदै
सम्पत्ति देशको सारा बेचिँदै अनि रित्तिँदै
हाम्रो स्वाधीन यो देश खाल्डोमा अझ पर्छ कि
व्यङ्ग्य वाण चलाएर केही त रोक्नुपर्छ कि ?

जता हेर्‍यो उतै भ्रष्ट कस्तो शासन पद्धति
जसले जे जति जान्यो ठोकेको छ यथामति
सबै जागौँ जुटौँ साथी तातिनु अब पर्छ कि
हास्य व्यङ्ग्य निकालेर केही सन्तोष गर्नु कि ?

राजनीति छ बिग्रेको अर्थ नीति छ चौपट
सत्ताको केन्द्रमा बस्ने पार्टी सिद्धान्त लम्पट
ससाना भुसुनालाई लडाऊ एक आपस
नेताले सुनको बाक्सा समातेर उता बस ।

हल्लाऊ कुम ती हात मुठ्ठी कस्न सके भयो
छारो हाल्दै रहे केही लाजमर्दो जहाँ भयो
टुक्का उखान खोजेर नयाँ नयाँ बनाउनू
भेला मेला समाएर मौका हेरी सुनाउनू ।

देश साझा भनेकै हो विदेशी आउँदा भयो
जसको काम नै छैन बसेर मात्र के भयो
केही नयाँ गरेमात्र सार जन्मिएको हुने
बेच बेच सबै बेच बेचेरै हो धनी हुने ।

कतै खाली छ जग्गा कि खोजी गर्न लगाउनू
नयाँ उद्योग दर्ताको मेसो मेलो मिलाउनु
नौलो मानिस भेट्टाए महत्त्व उसमा दिनु
मागी नागरिकी पूर्जा बक्सा ओसार्न लाउनु ।

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x