साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैँको टीका

`सबैलाई किन दुःख दिनु र ! हामी बुढाबुढी नै शहर गएपछि टन्टै खलाँस !´ छोराहरूलाई दशैँको टीका लगाइदिन अचेल वृद्ध बा-आमा नै शहर जान थालेका छन् ।

Nepal Telecom ad

रमेशचन्द्र घिमिरे :

बा-आमाले दुःखजिलो गरेर छोराहरूलाई पढाए । छोराहरूले प्रगति गर्दै गए, शहरमा घर बनाए । बा-आमालाई शहरमै बोलाए तर मानेनन् । `गाउँको घर छोड्न बा-आमाको मन किन मान्थ्यो त नि !´ छोराहरूले कर गर्न सकेनन् ।

बा-आमाप्रति सबै छोराहरूको उत्तिकै श्रद्धा थियो । बेला-बेलामा गाउँ आइरहन्थे । मिठामिठा खानेकुरा र राम्राराम्रा कपडा लिएर पालैपालो आउँथे । बुहारीहरू त झन् सासू-ससुराप्रति हुरुक्क हुन्थे, नातिनातिनाहरू पनि हजुरबा-हजुरआमा भनेपछि अझै भुतुक्क हुन्थे ।

दशैँको बेला ढिलोमा फूलपातीको अघिल्लो रातमा सबै भेला भइसक्थे । भोलिपल्ट आँगनका दुई छेउमा दाजुभाइ पिङ हाल्न कस्सिन्थे । गाउँकै घरमा लिङ्गे पिङ र घुर्रे पिङ खेल्न पाउँदा नाति-नातिनीहरू खुब रमाउँथे । हजुरबाले पिङ नहल्लाइदिएसम्म नाति-नातिनीहरूको मन मान्दैनथ्यो ।बुढाले सबै केटाकेटीको मन राख्थे ।

शहरमा हुने चोरी, घर कुर्नुपर्ने बाध्यता जस्ता कारण देखाएर बिस्तार-बिस्तार छोराहरू दसैँको टीकाको दिनमा मात्रै आउन थाले । त्यसो हुँदा बुहारी, नाति वा नातिनी कोही न कोही छुट्थे ।

छोराहरू व्यस्त हुँदै गए, बा-आमा बुढा हुँदै गए । अब दशैँमा गाउँमा खसी खोज्नुपरेन, मार हान्नु परेन, आँगनीमा पिङ हाल्ने झन्झट बेसाउनु परेन, जमरा राख्नुपरेन, फुलेका तितेपाती काटेर ल्याउनु परेन । नैबेतका लागि केराको घरी काटेर भकारीमा पकाउन हाल्नुपरेन । गाउँमा टिकै नलगाउने भएपछि रातो माटो र कमेराले घर सिँगार्न पनि परेन ।

`सबैलाई किन दुःख दिनु र ! हामी बुढाबुढी नै शहर गएपछि टन्टै खलाँस !´ छोराहरूलाई दशैँको टीका लगाइदिन अचेल वृद्ध बा-आमा नै शहर जान थालेका छन् ।

०००
२०८०/०५/२८
भोर्लेटार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x