साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिचरा भेडाहरू !

उसको भाग्यमा विधाताको तुषारो झरेपछि उसले काटिनुपर्छ आफ्नो ज्यान दिने समूहबाट फाटिनुपर्छ यसरी नै युगयुगदेखि भेडाहरू भेडा हुनुको भाग्य बोकेर डोहोरिरहेछन् राजनीतिक सीमाना पार गरेर हिमालको उचाईबाट तल झरेर एकोहोरिरहेछन् आफैं काटिने शहरमा ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

बिचरा भेडाहरू
कैयौँ गल्छी काटेर
कैयौँ अप्ठ्यारा
ढुङ्ग्यान पहराहरू चाटेर
हर्हर प्यासलाई आँतभरि साँध्दै
अगाडि बढिीरहेछन्
आफैँ काटिने शहरमा ।

हे भगवान ! किन भेडा बनायौ ?
हिउँले खङ्ग्रङ्ग पारेका पाखाहरूमा किन जन्मायौ ?
हिमालको चिसो छहारीमा
धूपीबारीमा
ढुङ्गा घारीमा
किन संसार देखायौ ?
किन अभावमा सेकायौ ?
तिम्रो न्यायको अन्यायी सडक पार गरेर
अगाडि बढिरहेछन्
आफैं काटिने शहरमा ।

हिमालको उसपारबाट
हिमालको यसपार
बालापनको उससंसारबाट
मृत्युदेशको यस संसारमा
हुलहरूमा डोरिएर
मोलमोलाइको साधन भएर
एकोहोरो डोहोरिरहेछन् भेडाहरू
आफैं काटिने शहरमा ।

उसले भन्यो
भेडाहरू भेडै भएर काटिने हुन्
आफ्नो सर्वस्व अरुकै लागि दिने हुन्
चेतनाको पछिल्लो पङ्क्तिमा परेपछि
उसको भाग्यमा विधाताको तुषारो झरेपछि
उसले काटिनुपर्छ
आफ्नो ज्यान दिने समूहबाट फाटिनुपर्छ
यसरी नै युगयुगदेखि
भेडाहरू भेडा हुनुको भाग्य बोकेर
डोहोरिरहेछन्
राजनीतिक सीमाना पार गरेर
हिमालको उचाईबाट तल झरेर
एकोहोरिरहेछन्
आफैं काटिने शहरमा ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x