साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्याग शून्य

- "नमरी संसार देखिन्न र !" यमनलाई प्राणकाे आशा थिएन । तर अमलाकाे पूरापूर आशा थियाे । उनले अन्तिम वाक्य भन्न भ्याए । - "मृत्युपछिकाे संसार कस्ताे हुन्छ ?" - "त्याग शून्य !"

Nepal Telecom ad

डा. विदुर चालिसे :

– “मासु खाए बाँचिन्छ !”
– “नखाए ?”
– “मरिन्छ !”
रूग्ण शरीरकाे ताैल बाेकेका यमनले चिकित्सककाे सल्लाह लिए । उनी क्षयराेगबाट पीडितकाे अर्काे उपाय थिएन । निकाे हुने आशा थिएन । घरमा आएपछि अमलाले भनिन् ।
– “न बाँची संसार देखिन्न !”

यमनलाई रिसकाे रन्का उठ्याे । उनले धर्मकाे रूढताले अमला माथि झम्टन भ्याए ।
– “बरू मर्छु, तर मासु खाँदै खान्न !”
अमलालाई उमेरमै विधवा हुने चापले तनाव दियाे । उनले यमनलाई कर गरेरै भए पनि मासु खुवाइ छाड्ने र उनलाई बचाईरै छाड्ने निर्णयमा पुगिन । अमला भट्याउन लागिन् ।
– “ज्यानभन्दा पनि प्याराे धर्म हुन्छ ?”
– “ढाेंगी बुढा !”

यमनकाे सुकेकाे मुखबाट गिन्गिनाउँदाे स्वर निस्क्याे । उनले अमलामाथि हमला गर्दै दाेहाेर्यार भने ।
– “प्राण जाओस तर मासु एक खान्न, दुई खान्न, तीन खान्न !”
यमनकाे धर्मभीरूता डग्मगाएन । अमलाले वरिपरि विधवाकाे सन्ताप धुन भुक्न लागिन् । उनलाई यमनकाे साससँग आफ्नै जीवनकाे साैन्दर्य साट्नु थियाे । उनले परिस्थितिकाे पीडाकाे बीचमा यमनकाे अगाडि बक्न थालिन् ।

– “नमरी संसार देखिन्न र !”
यमनलाई प्राणकाे आशा थिएन । तर अमलाकाे पूरापूर आशा थियाे । उनले अन्तिम वाक्य भन्न भ्याए ।
– “मृत्युपछिकाे संसार कस्ताे हुन्छ ?”
– “त्याग शून्य !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x