सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

त्याग शून्य

- "नमरी संसार देखिन्न र !" यमनलाई प्राणकाे आशा थिएन । तर अमलाकाे पूरापूर आशा थियाे । उनले अन्तिम वाक्य भन्न भ्याए । - "मृत्युपछिकाे संसार कस्ताे हुन्छ ?" - "त्याग शून्य !"

Nepal Telecom ad

डा. विदुर चालिसे :

– “मासु खाए बाँचिन्छ !”
– “नखाए ?”
– “मरिन्छ !”
रूग्ण शरीरकाे ताैल बाेकेका यमनले चिकित्सककाे सल्लाह लिए । उनी क्षयराेगबाट पीडितकाे अर्काे उपाय थिएन । निकाे हुने आशा थिएन । घरमा आएपछि अमलाले भनिन् ।
– “न बाँची संसार देखिन्न !”

यमनलाई रिसकाे रन्का उठ्याे । उनले धर्मकाे रूढताले अमला माथि झम्टन भ्याए ।
– “बरू मर्छु, तर मासु खाँदै खान्न !”
अमलालाई उमेरमै विधवा हुने चापले तनाव दियाे । उनले यमनलाई कर गरेरै भए पनि मासु खुवाइ छाड्ने र उनलाई बचाईरै छाड्ने निर्णयमा पुगिन । अमला भट्याउन लागिन् ।
– “ज्यानभन्दा पनि प्याराे धर्म हुन्छ ?”
– “ढाेंगी बुढा !”

यमनकाे सुकेकाे मुखबाट गिन्गिनाउँदाे स्वर निस्क्याे । उनले अमलामाथि हमला गर्दै दाेहाेर्यार भने ।
– “प्राण जाओस तर मासु एक खान्न, दुई खान्न, तीन खान्न !”
यमनकाे धर्मभीरूता डग्मगाएन । अमलाले वरिपरि विधवाकाे सन्ताप धुन भुक्न लागिन् । उनलाई यमनकाे साससँग आफ्नै जीवनकाे साैन्दर्य साट्नु थियाे । उनले परिस्थितिकाे पीडाकाे बीचमा यमनकाे अगाडि बक्न थालिन् ।

– “नमरी संसार देखिन्न र !”
यमनलाई प्राणकाे आशा थिएन । तर अमलाकाे पूरापूर आशा थियाे । उनले अन्तिम वाक्य भन्न भ्याए ।
– “मृत्युपछिकाे संसार कस्ताे हुन्छ ?”
– “त्याग शून्य !”

०००
काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाती

छाती

डा. विदुर चालिसे
भूमिगत

भूमिगत

डा. विदुर चालिसे
बिजुली

बिजुली

डा. विदुर चालिसे
थाप्लो

थाप्लो

डा. विदुर चालिसे
अप्रथा

अप्रथा

डा. विदुर चालिसे
थुक दिवस

थुक दिवस

डा. विदुर चालिसे
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे