साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाराकण्ठे

पशुपतिनाथ मन्दिर नजिकै, जान्ने बाबाको दर्शन गर्ने श्रद्धालुहरूको भीड थपियो । गाउँबाट आएका कुले पनि बाबाको दर्शन गर्न पुगे । खादामाला चढाउने समयमा एक्कासी उनी चिच्च्याए, “अरे ! यो मुर्दा त हाम्रै गाउँको जाली नाराकण्ठे पो रहेछ ।”

Nepal Telecom ad

मुनाल पोखरेल :

असल चरित्रको मान्छेमा गणना हुने गुण पटक्कै थिएन नाराकण्ठेमा । उनैको आभारापनकै कारण उनकी पत्नी मानसिक रोगले ग्रस्त भई हराइन्, तर खोजी गरेनन् । कसैले सोधेमा झगडाका लाग तम्सिन्थे भन्थे, “कतै बताहीको पछि लागेर साध्य हुन्छ ?”

शोषक, लम्पट स्वभाव भएकै कारण उनी आम्दानी हुने बाटोमा चुक्दैन थिए । आफूलाई भूमिगत घोषणा गरी दुई छोराहरूलाई खैराँती अनाथ आश्रममा राख्न आफन्तहरूलाई अराएका थिए । नाराकण्ठे सडकमा नश्लवादको विरोधी हुँ भनी हुच्ची मच्चाउँथे तर वास्तविकता भने अर्कै थियो । चयिा पसलमा उनकै छिमेकी वृद्ध कुलेले चिया खाइरहेको बेला छस्स छोइदिएछन् । ”छोइपासो नै लाग्यो । भन्दै खाँदै गरेको चिया मिल्काए ।”

बाबुआमालाई वृद्धाश्रममा थन्काएर जिउनीमा झण्डा गाडे । तर पनि आफूलाई निस्वार्थी भावनाका समाजसेवी नै मान्दथे । गाउँलेले उनलाई अगुवा पनि नबनाएका होइनन्, तर उनले समाज बिथोल्ने काम मात्र गरे । सुरक्षाकर्मीले शान्ति कायम गर्ने उद्देश्यले लाठी, छर्रा चलाउँदा उनको शरीरमा एउटा छर्रा लागेछ । पछि नाराबाजी अनि अनशन गरी क्षतिपूर्तिमा रकम कुम्ल्याए ।

उनले नसुनेको नाम र नपुगेको ठाउँ नै थएिनझैं गर्थे । उनकै स्वाभावबाट दिक्क गाउँबासीहरूले उनलाई समाजबाट हटक गरे । उनलाई झन् खुदो पल्टियो राजधानीतरि लागे । नेता व्यापारी त परै जावस उनले विद्यार्थीहरूसँग रकम असुल्न थाले ।

मानिसहरूलाई छिट्टै माेहित पार्ने खुबी भएकै कारण केही वर्ष अरुकैमा चहारेर छाक समेत टारे नाराकण्ठेले ।

पशुपतिनाथ मन्दिर नजिकै, जान्ने बाबाको दर्शन गर्ने श्रद्धालुहरूको भीड थपियो । गाउँबाट आएका कुले पनि बाबाको दर्शन गर्न पुगे । खादामाला चढाउने समयमा एक्कासी उनी चिच्च्याए, “अरे ! यो मुर्दा त हाम्रै गाउँको जाली नाराकण्ठे पो रहेछ ।”

०००
विराटनगर, १०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आश्वासन

आश्वासन

मुनाल पाेखरेल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x