साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुशासन कायम राखौँ

कानमा ठेडी हालौँ हातमा हतकडी लगाऔँ खुट्टामा नेल ठोकौँ औँलामा पिन घोचौँ जिउमा करेन्ट लगाऔँ पत्र पत्रिका बन्द गराऔँ पत्रकारहरूलाई मुद्दा लगाऔँ सुशासन कायम राखौँ ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

टिकटक बन्द गरौँ
फेसबुक बन्द गरौँ
ट्वीटर बन्द गरौँ
युट्युब बन्द गरौँ
इन्टरनेट बन्द गरौँ
टेलिफोन बन्द गरौँ
मोबाइल बन्द गरौँ
रेडियो बन्द गरौँ
टेलिभिजन बन्द गरौँ
सुशासन कायम राखौँ ।

मुखमा ताल्चा मारौँ
आँखामा पट्टि बाँधौँ
कानमा ठेडी हालौँ
हातमा हतकडी लगाऔँ
खुट्टामा नेल ठोकौँ
औँलामा पिन घोचौँ
जिउमा करेन्ट लगाऔँ
पत्र पत्रिका बन्द गराऔँ
पत्रकारहरूलाई मुद्दा लगाऔँ
सुशासन कायम राखौँ ।

प्रतिपक्षहरूलाई पेलौँ
जुलूसमा रोक लगाऔँ
भाषण गर्नेलाई गोली ठोकौँ
आवतजावत बन्द गराऔँ
सरकार विरोधीहरूलाई फाँसीमा झुन्ड्याऔँ
देशभरि कर्फ्यू लगाऔँ
घामलाई झुल्किनबाट रोकौँ
नदीलाई बग्नबाट छेकौँ
कविहरूलाई जेल हालौँ
सुशासन कायम राखौँ ।

०००
हेटौंडा
२०८० कात्तिक २७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x