सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुशासन कायम राखौँ

कानमा ठेडी हालौँ हातमा हतकडी लगाऔँ खुट्टामा नेल ठोकौँ औँलामा पिन घोचौँ जिउमा करेन्ट लगाऔँ पत्र पत्रिका बन्द गराऔँ पत्रकारहरूलाई मुद्दा लगाऔँ सुशासन कायम राखौँ ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

टिकटक बन्द गरौँ
फेसबुक बन्द गरौँ
ट्वीटर बन्द गरौँ
युट्युब बन्द गरौँ
इन्टरनेट बन्द गरौँ
टेलिफोन बन्द गरौँ
मोबाइल बन्द गरौँ
रेडियो बन्द गरौँ
टेलिभिजन बन्द गरौँ
सुशासन कायम राखौँ ।

मुखमा ताल्चा मारौँ
आँखामा पट्टि बाँधौँ
कानमा ठेडी हालौँ
हातमा हतकडी लगाऔँ
खुट्टामा नेल ठोकौँ
औँलामा पिन घोचौँ
जिउमा करेन्ट लगाऔँ
पत्र पत्रिका बन्द गराऔँ
पत्रकारहरूलाई मुद्दा लगाऔँ
सुशासन कायम राखौँ ।

प्रतिपक्षहरूलाई पेलौँ
जुलूसमा रोक लगाऔँ
भाषण गर्नेलाई गोली ठोकौँ
आवतजावत बन्द गराऔँ
सरकार विरोधीहरूलाई फाँसीमा झुन्ड्याऔँ
देशभरि कर्फ्यू लगाऔँ
घामलाई झुल्किनबाट रोकौँ
नदीलाई बग्नबाट छेकौँ
कविहरूलाई जेल हालौँ
सुशासन कायम राखौँ ।

०००
हेटौंडा
२०८० कात्तिक २७

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हतियार

हतियार

आर.आर. चौलागाईं
कोमामा देश

कोमामा देश

आर.आर. चौलागाईं
गणतन्त्रको लाश

गणतन्त्रको लाश

आर.आर. चौलागाईं
किनकि तिमी नेता

किनकि तिमी नेता

आर.आर. चौलागाईं
पार्टी

पार्टी

आर.आर. चौलागाईं
हामी

हामी

आर.आर. चौलागाईं
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी