काेमलप्रसाद पोखरेलदुःख छ अर्थात् खाँचो छ
आज भन्सारमा दुःख नै दुःख छ, घूस खान्नन् कुनै द्रव्यको दुःख छ । नेत्र छन् चम्किला दृष्टिको दुःख छ, दर्र दर्क्यो झरी वृष्टिको दुःख छ ।

कोमलप्रसाद पोखरेल :
धान धेरै फल्यो खानको दुःख छ, 
देश सिङ्गै उँधो लानको दुःख छ ।
माथि मन्त्री गए चोरको दुःख छ,
प्राज्ञ थुन्ने ठुलो खोरको दुःख छ ।
देश पर्देश भो भाँडको दुःख छ ।
भाँडलाई सधैं जाँडको दुःख छ ।
स्वस्थ छन् सुन्दरी गाँडको दुःख छ,
देश थारो भयो साँडको दुःख छ ।
बालुवाटारमा ढाँटको दुःख छ,
लाखका बिस्तरा खाटको दुःख छ ।
शूर छन् वीर छन् आँटको दुःख छ,
देश टुक्र्याउने भाटको दुःख छ ।
आज भन्सारमा दुःख नै दुःख छ,
घूस खान्नन् कुनै द्रव्यको दुःख छ ।
नेत्र छन् चम्किला दृष्टिको दुःख छ,
दर्र दर्क्यो झरी वृष्टिको दुःख छ ।
बृद्धलाई अझै बैंसकै दुःख छ,
केश पाक्यो सबै ऐसकै दुःख छ ।
सत्य छाड्ने यहाँ ओठको दुःख छ,
वस्तु धेरै भए गोठको दुःख छ ।
स्वाँठ मन्त्री बने ट्वाँटको दुःख,
गाउँ नै रित्तियो ल्वाँठको दुःख छ ।
जाति धेरै भए जातको दुःख छ,
देश सम्पन्न भो भातको दुःख छ ।
राजधानी छिर्यो गन्धको दुःख छ,
फिर्न खोज्यो भने बन्दको दुः छ ।
वैद्यलाई यहाँ रोगको दुःख छ
भ्रष्ट आचारको दुःख नै दुःख छ ।
०००
सुरूङ्गा, झापा
Subscribe
Login
0 Comments
Oldest








































