साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा तिम्रो स्मृति दिवसमा वन्दना बारबार

देख्यौ तीर्थाटन मनुजका बोकिएका बिहान ढोगीलाई कवि कलमले हान्दियौ व्यङ्ग्यवाण यात्री भन्ने कृति रचिदियौ चोटिलो बेमिसाल नौरङ्गी छन् रस गुणहरू काव्य उर्जा विशाल ।

Nepal Telecom ad

कल्पना अधिकारी :

जन्म्यौ श्रष्टा शरद ऋतुमा हे महाकाव्यकार
ओैँशीको त्यो शुभपल थियोे इन्दिराको तिहार
यो नेपाली कवि कलमका हे कला शिल्पकार
अर्पेँ श्रद्धा स्मृति दिवसमा वन्दना पुष्पहार ।१।

लक्ष्मी भन्थे तर सरस्वती पुत्र रै छौ नि भोले
लेख्यौँ मीठा कृति गहकिला पढ्न पायौं मजाले
कल्ले बुझ्ने प्रमिथस महाकाव्य चानेचुनेले
मीठो शाकुन्तल गहकिलो बुझ्छ विद्या हुनेले ।२।

कण्ठै पार्छन् मदन र मुना स्वादिलो काव्य मोती
मीठो मानी सरल कृति यो पढ्दछन् सातचोटी
कोही गाह्रा, सरल दुइटै काव्यका सूत्रधार
हाम्रो ठाडो शिर गरिदियौ धन्य हो त्यो निधार ।३।

देख्यौ तीर्थाटन मनुजका बोकिएका बिहान
ढोगीलाई कवि कलमले हान्दियौ व्यङ्ग्यवाण
यात्री भन्ने कृति रचिदियौ चोटिलो बेमिसाल
नौरङ्गी छन् रस गुणहरू काव्य उर्जा विशाल ।४।

बस्छौ वैकुण्ठ हरि घरमा कृष्णका खास मित्र
बाँचेका छौ कवि शरदकी कुञ्जिनी काव्य भित्र
बाँचोस् तिम्रो कवि यश दिगो जो गयौ स्वर्ग पार
स्रष्टा तिम्रो स्मृति दिवसमा वन्दना बारबार ।५।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
हुन् कर्मदाता पनि

हुन् कर्मदाता पनि

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
अब राज्य हाँक्न

अब राज्य हाँक्न

कल्पना अधिकारी
नसम्झ सासू , किन बन्दिनन् मुमा

नसम्झ सासू , किन...

कल्पना अधिकारी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x