साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आश्वासन

दावाले दिएको आश्वासन र छोडेको निशाना कैयौँ माइल पछाडि फूलमायालाई छोडिसकेको थियो । दावाबाट पटकौँ पटक विक्री हुँदै बम्बई पुग्दा समेत उनी अनभिज्ञ थिइन् ।

Nepal Telecom ad

मुनाल पोखरेल :

“फूलमाया तिमीले अन्यथा नसम्झनु, मबाट आफ्नोपन पाउने छौ । कसैले लछारपाटो लगाउने छैनन् । मैले छोडेको निशानलाई तिमीले समाजमा परिचित गराउनु पर्नेछ । भविष्यमा यसले प्रतिक्रान्तिको शङ्खघोष गर्नेछ । दावाको आँट सहितको कुराबाट फूलमाया फुरूङ्ङ देखिन्थिन् । साथीहरू, दावाले दुधे बालकदेखि भालुको पित्त खाएको हुनुपर्छ ।” फूलमाया भन्ने गर्थिन् ।

थुप्रै सपनामा लोभिँदै आएकी फूलमायालाई दावाले देखाएको सपनामा भने पूण विश्वास भयो। अब फूलमाया प्यारोको आँखामा आँखा जुधाउँदै अनुहार हेर्दै मस्किन थालिन् । फूलमायाभित्र लुकेको सोझोपन र अतृप्तको उथलपुथललाई दावाले तृप्त पारिदियो । ताकतवर दावाका लागि दन्किएको ज्वालालाई शान्त पार्न घाटको पानी पिउनु मात्र थियो ।

दावा ! अझ अनेकन् क्रान्ति लड्नु छ भन्दै फूलमालालाई आश्वस्त दिँदै बाटो लागे । फूलमायाले नाकडाँडी भिर नकटुञ्जेल दावा हिँडेको बाटो हेरिरहिन् । उनलाई हेर्दै दुईचार पँधेर्नीहरू हाँस्दै धारातिर लम्के । फूलमायालाई खै किन किन लाजमर्दो भयो, केही क्षणको लागि मझेत्रोले अनुहार छोपिन् ।

फूलमालाले दावालाई घाइतेको सूचि र शहिदको नामावलीमा कतै फेला पारिनन् । उनको गर्भमा दावाको आश्वासन चटपटाउन थालिसकेको थियो । कसरी ठम्याउँछौ भन्दा उनी भन्थिन्, “म उसको फोटो चिन्छु, लगाउने लुगा, उसको हरेक अङ्गसँग परिचित छु । उसको पसिनाको गन्ध सुँघेर पत्ता लगाउँछु ।” मेरो प्यारालाई कतै देख्यौ कि ? भन्दै उनी गाउँ- गाउँ घुम्न थालिन् । समय बित्यो । उनले जीवन रूपी महाभारतमा पौडी खेलेर तर्नु पर्दा आउने विशाल कठिनाइलाई बुझेकी थिइन् ।

“कम्तिको रहेछ दावा, शरीरमा ताकत हुँदासम्म अलग ठेकीबाट नौनी मथेर स्वाद फेर्दै खायो ।” सामाजिक अभियन्ताले पुलिससमक्ष उजुरी टिपाउँदै थिए ।

दावाले दिएको आश्वासन र छोडेको निशाना कैयौँ माइल पछाडि फूलमायालाई छोडिसकेको थियो । दावाबाट पटकौँ पटक विक्री हुँदै बम्बई पुग्दा समेत उनी अनभिज्ञ थिइन् । उनी अझै प्यारो दावालाई खोज्दै थिइन् । उनलाई छुटाएर पुलिसहरू बयान लिँदै थिए । “खै, दावा फेला परेन नि ?” उनी सोध्दै थिइन् ।

०००
बिराटनगर – १०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाराकण्ठे

नाराकण्ठे

मुनाल पाेखरेल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x