साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धर्म निरपेक्षता

राम भनेका क्रान्तिकारी र सत् पुरुष हुन् जसले रावण जस्तो आसुरी शक्तिका विरुद्ध आगो ओकले अनि रामराज्यको स्थापना गरे । क्रान्तिकारी कृष्णले कंश जस्तो दानवीय प्रवृत्तिलाई परास्त गरे र जनतालाई न्यायको प्रत्याभूति गराए ।

Nepal Telecom ad

रमेशचन्द्र घिमिरे :

‘यी राम भनेका धोवीको कुरा सुनेर आफ्नी पत्नी सीतालाई गृहत्याग गर्न बाध्य गराउने अविवेकी पुरुषको नाम हो । धर्म निरपेक्षता जिन्दावाद !’
‘गोपिनीको रासलीलामा लिप्त हुने कृष्णलाई हामी देउता मान्छौँ । यो सब बकबास हो । धर्म निरपेक्षता जिन्दावाद !’
एकातिर धर्म निरपेक्षताको भाषण सुनेर मक्ख परेका र अर्कातिर के के न गर्छौँ भनेर भाषण ठोकेकालाई एकचोटि हेरौँ न भन्ने सोच भएकाहरूले दूधपोखरीमा खुसुखुसु पानी खन्याए र पानीपोखरी बनाएर सानदार मतले जिताए ।

हिजोका कुरा सबैले बिर्सिए । मतदाताले बिर्सिए । नेता स्वयम्ले समेत बिर्सिए ।
धार्मिक महायज्ञको उद्घाटनमा उनै नेता बोलाइए ।

‘राम भनेका क्रान्तिकारी र सत् पुरुष हुन् जसले रावण जस्तो आसुरी शक्तिका विरुद्ध आगो ओकले अनि रामराज्यको स्थापना गरे । क्रान्तिकारी कृष्णले कंश जस्तो दानवीय प्रवृत्तिलाई परास्त गरे र जनतालाई न्यायको प्रत्याभूति गराए ।

नेताले भाषण ठोके, जनताहरूले ताली ठोके ।

०००
भोर्लेटार, लमजुङ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
0
Would love your thoughts, please comment.x
()
x