साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिसमास

एन्सेल नामको सेल, जाडाम खूब तताएर, खाए सुन, ललिता र शरणार्थी पचाएर । घोप्टे जुग आएको छ, उत्तानु पनि आउँछ, नेपाली उत्तानु पर्दा, विदेशी खूब रमाउँछ ॥

Nepal Telecom ad

विनोद खनाल :

नेपाल लाग्यो ओरालो, जनशक्ति विदेश गो,
नाङ्गै हिँडे भयो नेता, लाचारी अति नै भयो ।
झण्डा बोक्न डरै मर्दो, टोपी लाउन मनाही छ,
दौरा सुर्वाल लाएमा, जेल कोचिनु पर्नेछ ॥

स्यालले सिंह डोर्‍यायो, हुइँया चलायो बेस्सरी ,
सिनो कतै मिली जाला भन्ने सोच्छ कठैबरी ।
साँडेको राजखानी त्यो, झर्ला र खाउँला भनी,
नेपालको भयो विकास, नेता मात्र भए धनी ॥

लाली, किरिम, पाउडर, गाजल लाउने उँभैतिर,
सिगार्नेमाथि मात्रै हो, कसले सिंगार्छ तल्तिर ।
उँदोबाट सिराएर किच्च गर्दै मिलाउँछन्,
लिएर घुसको थैलो, दैलो सबै सिलाउँछन्॥

पसिनै पसिना हुँदै, हाल्यो निस्क्यो रमाउँदै,
भुँडी उनेरु ढल्काउँछन्, मोज गर्छन् कमाउँदै ।
सत्र हजार मार्नेलाई, प्रधानमन्त्री बनाउँछ,
ज्यानमाराको माफिले, राष्ट्रपति गनाउँछ ॥

नेताको खोल ओडेर, गुण्डाको काम गर्दछन्,
भ्रष्ट आचारको बीउ, देशमा खूब छर्दछन् ।
पोकाको दूध खाएर, बोकाको बुद्धि भर्दछ्न्,
छोडेर आफनो वारि, अर्काको बाली चर्दछन् ॥

खोलाको गिटी बालुले,धानको खेत भर्दछ,
खाडीको मरुभूमिमा, नेपाली युवा चर्दछ ।
घरमा लोग्ने स्वास्नीको, झगडा जब पर्दछ,
बाटो, उद्योग, स्कुल, कलेज बन्द गर्दछ ॥

एन्सेल नामको सेल, जाडामा खूब तताएर,
खाए सुन, ललिता र शरणार्थी पचाएर ।
घोप्टे जुग आएको छ, उत्तानु पनि आउँछ,
नेपाली उत्तानु पर्दा, विदेशी खूब रमाउँछ ॥

जान्छन् पुराणमा सबै, धर्म कमाउँछौं भनी,
नाङ्गा डँडाल्नु देखाए, माघको ठण्डीमा पनि ।
तीजमा महिना दिनदेखि बुर्कुसी मारेर,
मदिरा, मांसको दर, खान्छन् होटेल चारेर।
मसूरले नसकेको, लुरेले के पछार्ला र !
सिधै हान्दा त दुःख्दैन, बाङ्गाले के दुखाउला र !!

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विनाेद खनाल
बिर्सने बानी

बिर्सने बानी

विनाेद खनाल
हाउडी पुराण : एक संक्षिप्त चर्चा

हाउडी पुराण : एक...

विनाेद खनाल
जय बुढी

जय बुढी

विनाेद खनाल
गाईजात्रे सरकार !

गाईजात्रे सरकार !

विनाेद खनाल
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x