सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हल्ला

कस्ता असत्ती रैछन्, कसो लगेछ, नत्र त खत्तम पार्नेरैछन् नि, कहाँ कहाँ डुलेहोलान्, ककसलाई छोए होलान्’- केही बोले, धेरैले सहमति जनाए ।

Nepal Telecom ad

विनोद नेपाल :

दिनदिनै ‘पोजेटिभ’हरू फेला परेको र अस्पताल लगिएको खबर आइरहेको थियो । मानिसहरू के होला र कसो होलाको त्रासमा थिए ।
यसैबीच एकाविहानैै हल्ला फैलियो ‘टोलबाट पनि केहीलाई लगियो ।’
‘कहाँ ? कुन घरमा रैछन् ?’ – यसै त सधैँ कुराको खोजिमा रहनेहरू, अझ यत्ति थाहा पाएपछि के चाहियो ? स्वाभाविक थियो मानिसहरूले चासो राख्न थाले ।

थाहा पाउनेहरू भने औँलाले देखाउँदा औँलै झर्ला भन्ने डरले हो वा किन हो मुख बटारेर वा आँखाले त्यस घरतर्फ ईशारा गरिरहेका थिए ।
‘कतिजना लगेछ ?’ – एउटाले सोध्यो ?
‘५ जना रे ५ जना, थोरै हो र ?’- अर्कोले भन्यो ।
‘कस्ता असत्ती रैछन्, कसो लगेछ, नत्र त खत्तम पार्नेरैछन् नि, कहाँ कहाँ डुलेहोलान्, ककसलाई छोए होलान्’- केही बोले, धेरैले सहमति जनाए ।

धेरैले भयङ्कर त्रासबाट मुक्तिको लामो सास फेरे ।
केहीबेरमा टेलिभिजनमा खबर आयो – ‘… टोलबाट ५ जना जुवाडे नगद सहित खालबाटै पक्राउ’ ।

०००
पाल्पा । हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधुनिक बुख्याँचा

आधुनिक बुख्याँचा

विनाेद नेपाल
सत्ताको महाभारत

सत्ताको महाभारत

विनाेद नेपाल
भाग्यको खेल

भाग्यको खेल

विनाेद नेपाल
राजनीति

राजनीति

विनाेद नेपाल
जस्तालाई तस्तै

जस्तालाई तस्तै

विनाेद नेपाल
अटेरी हात

अटेरी हात

विनाेद नेपाल
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा