साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्ला

कस्ता असत्ती रैछन्, कसो लगेछ, नत्र त खत्तम पार्नेरैछन् नि, कहाँ कहाँ डुलेहोलान्, ककसलाई छोए होलान्’- केही बोले, धेरैले सहमति जनाए ।

Nepal Telecom ad

विनोद नेपाल :

दिनदिनै ‘पोजेटिभ’हरू फेला परेको र अस्पताल लगिएको खबर आइरहेको थियो । मानिसहरू के होला र कसो होलाको त्रासमा थिए ।
यसैबीच एकाविहानैै हल्ला फैलियो ‘टोलबाट पनि केहीलाई लगियो ।’
‘कहाँ ? कुन घरमा रैछन् ?’ – यसै त सधैँ कुराको खोजिमा रहनेहरू, अझ यत्ति थाहा पाएपछि के चाहियो ? स्वाभाविक थियो मानिसहरूले चासो राख्न थाले ।

थाहा पाउनेहरू भने औँलाले देखाउँदा औँलै झर्ला भन्ने डरले हो वा किन हो मुख बटारेर वा आँखाले त्यस घरतर्फ ईशारा गरिरहेका थिए ।
‘कतिजना लगेछ ?’ – एउटाले सोध्यो ?
‘५ जना रे ५ जना, थोरै हो र ?’- अर्कोले भन्यो ।
‘कस्ता असत्ती रैछन्, कसो लगेछ, नत्र त खत्तम पार्नेरैछन् नि, कहाँ कहाँ डुलेहोलान्, ककसलाई छोए होलान्’- केही बोले, धेरैले सहमति जनाए ।

धेरैले भयङ्कर त्रासबाट मुक्तिको लामो सास फेरे ।
केहीबेरमा टेलिभिजनमा खबर आयो – ‘… टोलबाट ५ जना जुवाडे नगद सहित खालबाटै पक्राउ’ ।

०००
पाल्पा । हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साझा शत्रु

साझा शत्रु

विनाेद नेपाल
कमाइ

कमाइ

विनाेद नेपाल
फुट

फुट

विनाेद नेपाल
योजना

योजना

विनाेद नेपाल
पाँच छेस्का

पाँच छेस्का

विनाेद नेपाल
आधुनिक बुख्याँचा

आधुनिक बुख्याँचा

विनाेद नेपाल
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x