सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आजभोलि अङ्कल लिटो खानुहुन्छ !

यहाँ बुहारी तर्साउन छोरी कुटिन्छ ! सचिव जोगाउन अरू कर्मचारीले भटिनुपर्छ भन्ने ! आजभोलि काकाको वास्तविकता केही पर्दाफास भएपछि काका लिटो मन्त्रालयमा सरुवा हुनुभएको छ ।

Nepal Telecom ad

देवीप्रसाद घिमिरे :

आजभोलि जताततै कम्प्युटरको जमाना, जेसुकै पनि सजिलैसँग प्रमाणसहित पत्ता लाग्ने, हरेक कुरा छिटो छरितोसँग हुने कुरामा कसैको दुई मत हुनै सक्दैन । जेसुकै काम पनि छिटो र छरितोसँग गर्ने जमाना भएकाले प्रायः जसो विद्याका सर्टिफिकेट लिन बारपन्ध्र वर्ष लाग्ने कारणले होला तुरुन्त खोलापारि गयो दस हजार तिरेपछि भने जस्तो डिभिजन पनि ! यता समय पनि बच्ने र पैसा पनि त सस्तै हो नि ! भनेर कतिपय युवायुवतीले हतारमा ल्याएको सर्टिफिकेटले आजभोलि ‘हिस्स बुढी हरिया दाँत, ङिच्च बुढी खालिस् भात’ भने झैँ भएको छ । हरेक ठाउँमा यो छिटोछरितो जमानामा जेसुकै पनि जोसुकै छिट्टै चाहन्छ। चुनाव आयो जित्नलाई हतार, जितेपछि मन्त्री बन्ने हतार, मन्त्री बनेपछि धन कमाउने हतार, धन हात परेपछि अरूको खुट्टा तान्न हतार, खुट्टा तानेर तल पछारेपछि आफू माथि चढ्न हतार । यसरी हरेक कुरा हतारै हतारमा गर्दा कहिले काहीँ मान्छे आफैले आफैलाई भुल्न पुग्छ तर उसलाई त्यसको पत्तै हुँदैन ।

एक पटकको कुरा हो, मोरङ जिल्लाको हरैँचा गाउँमा एक जना बाहुन बस्थे । उनी जजमानी गरेर गुजारा चलाउँथे । ६ बहिनी छोरी र ६ भाइ छोरा र नातिनातिनाले गर्दा घरभरि सन्तान भएका बाजेकी बाहुनी बज्यै टिभी रोगले सताएर पहिले नै बितेकी रहिछन् । करिब ७५ वर्ष पुगेका बाजेलाई विवाह गर्ने झ््वाँक चलेछ । जमानै घुसखोरीको भएकाले बाजेले दुहबीतिरका दुई जना युवालाई ३ हजार घुस ख्वाएर केटी खोज्न लगाएछन् । केटाहरूले विवाह खर्च दस हजार खोज्नु विवाह पक्का भनेर बुढालाई मख्ख पारेछन् । बुढालाई ‘के खोज्छस् कानो आँखो’ भने झैँ भएछ । बुढा एक हप्तापछि आवश्यक रकम जुटाएर एक जोर कपडा समेत फेरिवरी विवाहका निम्ति गएछन् । सर्तबमोजिम मन्दिरमा विवाह भएछ। भरे बाटामा जाँदा बुढालाई दुलहीले बेस्सरी कुटेर भएको पैसा र गरगहना लिएर टाप कसिछ । त्यो केटी नभएर एउटा केटो नक्कली केटी बनेर नाटक गरिरहेको रहेछ । त्यसपछि बाजे लोभले लाभ, लाभले हरिविलाप भन्दै मरेको बिरालो काखी च्यापेर उकालो चढे झैँ लुरुलुरु घरतर्फ लागेछन् ।

आजभोलि हरेक अफिसमा जागिर पाउनुअगाडि नै भ्रष्टाचार गर्ने तालिम लिएर एउटा ठुलै योजना लिएर मानिस जागिरमा प्रवेश गर्छन् अनि कसरी नियन्त्रण हुन्छ भ्रष्टाचार । तपाईंलाई लामो बकम्फुसे गफ सुने जस्तो लाग्यो भने अझै विचार गर्नुस्, प्रत्येक व्यक्तिले जागिर खानुअगाडि घुस खुवाउनुर्‍यो अनि पहिले आफ्नो पहिलेको रकम उठाउन हाजिर भएकै दिनदेखि घुस खानुपर्‍यो भ्रष्टाचार गर्नुपर्‍यो । हैन र ? भरसक आफूले खाए पनि पचाउने बेलामा कसैले एेंठन गर्ला कि भनेर शङ्का लाग्छ भने आफूभन्दा मुनिका कर्मचारीलाई दिनोस्, साह्रै परे जागिरै चट्काइदिनोस्, नसके पूर्वको पश्चिम र पश्चिमको पूर्व पुऱ्याइदिनोस्, ऊ लुरुलुरु कुम्लो बोकेर हिँड्छ। तपाईं त्यस रिक्त स्थानमा आफ्नै सालीलाई नियुक्ति दिनोस् र बैसको लालीसँगै गर्नुस् न हालिमुहाली एक बारको जिन्दगीमा ! तर, कहिलेकाहीँ भने घिचेकाले निक्कै सारो थिचेपछि भने जोगिन गाह्रो परे जानोस् खाएको बिस प्रतिशत सम्बन्धित मन्त्रीज्यूलाई टक्र्याउनोस् र अर्को अफिसमा गएर ब्रहृमलुट मच्चाइदिनोस् । विरोध गर्नेले कराउँदैमा तपाईंको के जान्छ र ऊ कराइरहन्छ तपाईं खाइरहनोस् न ! तपाईंको भुँडी बढे कि छालाको पेटी नभए सोढषी ठिटीको सहारा लिनुहोस् !

मात्र एक वर्ष अगाडिको कुरा हो । मेरा काका एउटा ठुलै ओहदाको अफिसर हुनुहुन्थ्यो । काकाले सानेपादेखि बनेपासम्म तराईदेखि पहाडसम्म जताततै आफ्ना अरौटे भरौटे राखेर बडो सानसँग बस्ने हाम्रा काकाले आफू सचिव भएको समयमा विभिन्न वन्यजन्तु आरक्षणको कर्मचारीमार्फत प्रशस्त जडिबुटी कुम्ल्याएर ब्याङ्क ब्यालेन्स पक्का गर्नुभयो । त्यति बेला त काकाको घरमा मासु पनि थरीथरीका पाइने हुनाले म पनि कहिलेकाहीँ जिब्रो फड्कार्दै जान्थें। काकाका घरमा लुइचेदेखि लाचेसम्म, खरायोदेखि जरायोसम्म सबै स्वाद निरन्तर पाइने । कहिले पूर्वबाद, कहिले मध्यबाट, कहिले पहाडबाट, कहिले हिमालबाट विभिन्न परिकार आइनै रहन्थे । सित्तैमा पाए अलकत्र समेत निल्ने हाम्रो समाजमा त्यसरी नयाँ नयाँ परिकार पाएपछि त अब काकाको घरमा ठुलै भिड लाग्ने गर्थ्यो ।

स्वयं मन्त्री मन्त्राणी समेत बेला बेला मुख फेर्न काकाकोमा धाउने गर्थे । यस्तो सबैतिरबाट कोसेली आए पनि पश्चिमको एउटा जङ्गलबाट भने केही आएनछ । त्यसपछि उहाँले त्यस अटेरी मनुवालाई आफ्ना भरौटेहरू खटाई ठूलै सञ्जालमा पार्नु भएछ । त्यस सोझा कर्मचारीमाथि ३०० सालका रुख पचाएको र एउटा हात्ती सिङ्गै चपाएको झुटा आरोप तयार गरी त्यसको सातो बुकाउन वरिपरिका भरौटेलाई सहीछाप समेत गराई दिएपछि विचरो स्वाभिमानी कर्मचारी हाम्रा अभिमानी काकाको जालमा फँसेछ । उसलाई ६-६ महिनामा पूर्व र पश्चिम सरुवा गर्ने कार्य सुरु भएछ । विचरो के गरोस् ! मन्त्रीको जन्तीलाई गोप्य भत्ता र जागिर नदिएको कारणले उसैमाथि बक्रदृष्टि परेछ। यस्तो सबैतिरबाट तिरस्कृत भएपछि त्यस कर्मचारीले आफैँसँग सोधेछ, “मेरो वास्तविक दोष के ? म कसरी दोषी ठहरिएँ ?” यस्ता प्रश्नको उत्तर खोज्दा उसले एउटै उत्तर पायो- इमानदारी । यदि उसले पनि बिल मिलाएर समय समयमा काकाको सेवा गरेको भए ! शिलमा उनेर बेला बेलामा बँदेलको फिला पठाएको भए ! त्यो पनि नभए राजनीतिक दबाब स्वीकार गरी सबैको सिफारिस शिरोधार्य गरेर सबैलाई भत्ताको व्यवस्था गरेको भए ! तराईको न्यानो र पारिलो घाम तापेको त्यस बिचरोले तुरुन्तै लेकको कठाङ्ग्रिने चिसोको सामना गर्नुपर्ने थिएन ।

विचरा ! त्यसलाई के थाहा, यहाँ बुहारी तर्साउन छोरी कुटिन्छ ! सचिव जोगाउन अरू कर्मचारीले भटिनुपर्छ भन्ने ! आजभोलि काकाको वास्तविकता केही पर्दाफास भएपछि काका लिटो मन्त्रालयमा सरुवा हुनुभएको छ । आजभोलि मलाई साह्रै खल्लो लागेको छ । काकाको घरबाट न त लाँचे कराउँछ न त लँइचे नै आउँछ । काकाको दमाहा जत्रो भुँडी पनि घटेर सारङ्गी जस्तै हुन लागेको छ । पहिले जस्तो मान्छे पनि आउँदैनन् । मलाई निक्कै खसखस लागेर अस्ति गएको काका त राम नाम जप्तै लुपुलुपु लिटो पो खाँदै हुनुहुँदो रहेछ । हिजोसम्म जङ्गली जनावरको सिकारले जङ्गली शेर जस्तो देखिने काकाको संरक्षण त लिटोले गर्ला तर नानीदेखि लागेको बानी, चोक्टा तानी तानी बिजुली पानीमा मस्ती मार्ने बानी पनि सुध्रियो भने त अब यो देशमा केही सुधार अवश्यै होला कि जस्तो पो छ त !

०००
थप्पड (२०७३)
२०५८/११/१६

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खोपडी

खोपडी

देवीप्रसाद घिमिरे
औँलो

औँलो

देवीप्रसाद घिमिरे
पुच्छरमा झुन्डिएको ‘टर’

पुच्छरमा झुन्डिएको ‘टर’

देवीप्रसाद घिमिरे
सुन खानेहरूको कन्तबिजोग

सुन खानेहरूको कन्तबिजोग

देवीप्रसाद घिमिरे
थुतुनु

थुतुनु

देवीप्रसाद घिमिरे
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी