साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुन जोगी आए पनि कानै चिरेको

जनतालाई झुक्याउन कति जानेका जालीझेली धुन्धुकारी सबले मानेका नेता भन्ने अगुवालाई फूलमालाले थिचेको जुनै जोगी आए पनि कानै चिरेको ।

Nepal Telecom ad

राजाराम बर्तौला :

एउटा आउँछ टपरटुँइयाँ फाँईफूई लगाउँछ
मै हुँ मुलुकको तारणहार भन्दै माला जपाउँछ
झोली तुम्बा उसकै ठुलो चिम्टा डन्डा भिरेको
जुन जोगी आए पनि कानै चिरेको ।

अनुहार हेर्दा माया लाग्दो बोली झनै मिठो
गरिखान देन भन्दै विरोधीको गर्छ उछित्तो
होला भनी विश्वास गरी मत दिएको
जुनै जोगी आए पनि कानै चिरेको ।

एउटा हो झालेमाले अर्को निकै बाठो
यी सबैको नजरमा हामी जनता लाटो
कसको भर गर्नु बरै यी खुराफातीहरूको
जुनै जोगी आए पनि कानै चिरेको ।

जनतालाई झुक्याउन कति जानेका
जालीझेली धुन्धुकारी सबले मानेका
नेता भन्ने अगुवालाई फूलमालाले थिचेको
जुनै जोगी आए पनि कानै चिरेको ।

जनताको पेटमा सारङ्गीको तार रेटेर
घ्याम्पो जस्तो उसकै भुँडी ढुकुटिले सेकेर
भोकै मरून् जनता केलाई चासो गरेको
जुनै जोगी आए पनि कानै चिरेको ।

०००
काठमाडौं
भ्रमित सत्य (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुन जोगी आए पनि कानै चिरेको

जुन जोगी आए पनि...

राजाराम बर्ताैला
युद्ध जारी छ

युद्ध जारी छ

राजाराम बर्ताैला
कुराको कुराउनी

कुराको कुराउनी

राजाराम बर्ताैला
आत्माभिमान

आत्माभिमान

राजाराम बर्ताैला
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x