साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिश्र मामाको व्यथा

हो मामा । यो संसारमा व्यथैव्यथा छ र कथैकथा छ । कथा र व्यथाबाहेक यहाँ केही छैन । तसर्थ भैगो अहिले जाऊ । मैले त्यसो भने पनि मिश्रमामाले मान्दै मान्नु भएन ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

भनिन्छ, मान्छेहरू सबैलाई केही न केही व्यथा लागेकै हुन्छ । कसलाई रुघाखोकी ज्वरो आएर विरामी पर्ला, कसैलाई टाउको पेट दुख्ने रोगले सताएको होला । कसै कसैलाई गरिबी, बेरोजगारीको व्यथाले मताएको होला त कसैलाई कमाएको सम्पत्ति कसरी जोगाउँ वा सदुपयोग गरूँ भन्ने व्यथा लागेको होला । कसैलाई छोराछोरीको विवाह आदिको चिन्ता र कसैलाई छोराछोरी भएनन् भन्ने पीर । कसैलाई मायापिरतीका सफल असफल व्यथाले गांजेको हुन्छ त कसैलाई प्रशव पीडा र सुत्केरी अम्काउन समस्या । आदि इत्यादि व्यथा यो संसारका सबैजसो मान्छेमा लागेकै पाइन्छ । यसरी हेर्दा व्यथा र ससार पर्यायवाची नै रहेछन् कि पनि भन्नैपर्ने हुन्छ । त्यसो भने त यो संसारै व्यथामय रहेछ भन्नुपयो । यति हुँदाहुँदै पनि बुझक्कडहरू भन्छन्- यो संसारमा व्यथा जथाअन्मारको हुन्छ । यसो हेर्दा यो जेथाअनुसारको वेथालाई पनि मान्नैपर्ला जस्तो छ ।

बिहान बिहान समाचारपत्रहरूमा आँखा गाड्ने बानीले सताएकै छ । यो पनि एउटा व्यथा जस्तै भएको छ । नेपालमा पत्रपत्रिकाहरू धेरै भइसके । कुन पाकाले केके छापे, हेर्ने आफ्ना व्यथा भयो । सबै पत्रिका घराँ लिएर पढौँ, पकेटको व्यथा सुनाइनसक्नु छ । तँ त लेखक होस् लेखकत्व आउँछ पत्रिका किनेर पढे हुन्थ्यो किन सडक छापको व्यथा बोकिस् भनेर मेरा मित्रहरूले हैरान पार्ने गरेको व्यथा पनि मसँग छ । उता लेख छाप्न पत्रिकाका सम्पादक महोदयहरू कति पारिश्रमिक दिन्छन्, कति सजिलो गरिदिन्छन् र दिन्छन् वा दिँदैनन् भन्ने व्यथाको कथा पनि सम्झँदैमा मुर्छा पर्ने खालको हुँदै छ । यसलाई कुन खालको व्यथाअन्तर्गत राख्नुपर्ला ? त्यता सोच्दासोच्दै टोलाउने व्यथा आफैलाई लागिसक्या छ । यस्ता छटपटीमा पनि आज बिहान सडकको फुटपाथमा उभिएर पत्रिका पढ्न गएको हूँ ।

फुटपाथमा बसेर पत्रिकाका टाउका हेर्दै जाँदा एउटा समाचारमा आँखा टाँसिए । अभिनेतृहरूको नाइटोसमेत हेर्न रुचाउने अल्लारेहरूको हेराइजस्तै गरेर भित्र हेरेको त एउटा पार्टीले ‘विर्घाटत प्रतिनिधिसभा पुनर्स्थापना वा सर्वदलीय सरकार जे भए पनि ठीक’ भनेको देखियो । मनमा पुरानो गीत आएर तेर्छियो ‘भए पनि ठीकै छ नभए नि ठीकै, केलाई टाउको दुखाउनु है दुईदिने जिन्दगीमा ।’ यो पनि त्यो पार्टीको व्यथा नै त हो भन्यो मनले ।

फुटपाथमा बिस्कुन सुकाएझैँ राखिएका पत्रपत्रिका सरसरी हेरेर फर्कँदै थिएँ । मनमा आयो- हो, यहाँ व्यथा त पार्टीहरूलाई साँच्चै लागेको छ अहिले । के भने के हुन्छ निधी हुन सकेको छैन । यस्तै बेलामा सही निणर्य लिन नसक्नाले ००७ साल आयो ०७१ साल आयो, २०३६ र २०४६ साल आए । त्यसैगरी जेठ १९ आयो गयो र असोज १८ पनि सजिलै आयो । सजिलै गयो । अनि न पार्टीहरूलाई कुहिराको काग हुने व्यथा लागेको छ । अहिले बुसको व्यथा र हुसेनको व्यथा कथा हुँदै छ । माओवादी र खाओवादीको कथा व्यथा हुँदै उकच पल्टँदै छ । राजाको व्यथा राजासँग, जनताको व्यथा जनतासँग छ । आफ्नै बुढीको व्यथा पनि छ घरघरै भन्दै मनमा कुरा खेलाउँदै आइरहेको थिए बीचबाटोमा ढ्याक्कै फेरि मिश्र मामासँग भेट भयो ।

अचेल मिश्रमामासँगको भेटलाई पनि मैले कुनै व्यथाका रूपमा निन थालेको छु । तसर्थ तर्कन प्रयत्न गर्दै थिए तर सफलता हात लागेन, यो पनि त व्यथा नै हो । असफल भएपछि बोल्नै पर्‍यो । बोल्दै मैले भनेँ, ‘मामा ! के छ ?’ मेरा कुराको ठाडो जवाफ दिँदै मामाले भन्नुभो, ‘एउटा अप्ठेरो व्यथा छ भाञ्जा ! व्यथा मात्रै पनि नभएर कथा छ ।’

मामाले त्यसो भनेपछि मैले भनेँ, ‘हो मामा । यो संसारमा व्यथैव्यथा छ र कथैकथा छ । कथा र व्यथाबाहेक यहाँ केही छैन । तसर्थ भैगो अहिले जाऊ ।

मैले त्यसो भने पनि मिश्रमामाले मान्दै मान्नु भएन । ‘एउटा कथाव्यथाका कुरा गर्न आएको हुँ म । त्यो तपाईंले सुन्नैपर्दछ ।’

मामासँग कसरी उम्कौँ जस्तो भो । अन्त्यमा भन्नैपर्‍यो- ‘त्यो व्यथाकथा जे हो, भोलि सुनौँला । अहिले हतारमा छु ।’ बल्ल बल्ल मामा मान्नुभो । भोलि त्यो व्यथा सुन्नु छ ।

०००
बानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x