सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

के यही लोकतन्त्र हो ?

युवक टाढिए देश नाङ्गियो । सुदिन गैगए दुःख झाँङ्गियो ॥ धुरुरु गाउँमा रुँन्छ न्याउली । वन छ एकलो छैन कोइली ॥

Nepal Telecom ad

देव भट्टराई :

गरिब राष्ट्रका बाँच्नु के गरी ?
हरिप मात्रको देश हैन नि ॥
सुजन निम्छरो देख्छु शोकमा ।
कुजन सर्वदा मस्त मोजमा ॥०१

दलित दल्नमै ठालु व्यस्त छ ।
नियम देशको अस्तव्यस्त छ ॥
प्रगति के त खै ? लोकतन्त्रको ।
नभन मित्र यो लोकतन्त्र हो ॥०२

भन त के दियो संविधानले ?
श्रमिक दैनिकै मर्छ भोकले ॥
कुटिल चालमा पोख्त छन् सबै ।
कलह जालमा अल्झियौँ सधैँ ॥०३

नगर बात भो शान्ति न्यायको ।
न छ समानता वित्त आयको ॥
मुख छुरा भयो सुस्त पाखुरी ।
किन दिँदैन खै ? राग बाँसुरी ॥०४

युवक टाढिए देश नाङ्गियो ।
सुदिन गैगए दुःख झाँङ्गियो ॥
धुरुरु गाउँमा रुँन्छ न्याउली ।
वन छ एकलो छैन कोइली ॥०५

समय या त हो दुष्ट मानिस ।
नियत देखियो भ्रष्ट पालिस ॥
अति गरे खती भन्छ शास्त्रले ।
अलिक सुध्रनै पर्छ मित्र हे !!०६

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
हाम्रै हातमा छ

हाम्रै हातमा छ

देव भट्टराई (२)
खै के होला ?

खै के होला ?

देव भट्टराई (२)
के जान्छ मेरो ?

के जान्छ मेरो ?

देव भट्टराई (२)
जन्मे फेरि मुसा

जन्मे फेरि मुसा

बिन्दु दहाल ‘मूकदर्शक’
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

टङ्कराज ढकाल ‘तितेपाती’
बेथा नउल्टिए हुन्थ्याे

बेथा नउल्टिए हुन्थ्याे

मुक्तिनाथ शर्मा
जिन्दगी : अनेक अनुभूति

जिन्दगी : अनेक अनुभूति

गाेपेन्द्रप्रसाद रिजाल