साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के यही लोकतन्त्र हो ?

युवक टाढिए देश नाङ्गियो । सुदिन गैगए दुःख झाँङ्गियो ॥ धुरुरु गाउँमा रुँन्छ न्याउली । वन छ एकलो छैन कोइली ॥

Nepal Telecom ad

देव भट्टराई :

गरिब राष्ट्रका बाँच्नु के गरी ?
हरिप मात्रको देश हैन नि ॥
सुजन निम्छरो देख्छु शोकमा ।
कुजन सर्वदा मस्त मोजमा ॥०१

दलित दल्नमै ठालु व्यस्त छ ।
नियम देशको अस्तव्यस्त छ ॥
प्रगति के त खै ? लोकतन्त्रको ।
नभन मित्र यो लोकतन्त्र हो ॥०२

भन त के दियो संविधानले ?
श्रमिक दैनिकै मर्छ भोकले ॥
कुटिल चालमा पोख्त छन् सबै ।
कलह जालमा अल्झियौँ सधैँ ॥०३

नगर बात भो शान्ति न्यायको ।
न छ समानता वित्त आयको ॥
मुख छुरा भयो सुस्त पाखुरी ।
किन दिँदैन खै ? राग बाँसुरी ॥०४

युवक टाढिए देश नाङ्गियो ।
सुदिन गैगए दुःख झाँङ्गियो ॥
धुरुरु गाउँमा रुँन्छ न्याउली ।
वन छ एकलो छैन कोइली ॥०५

समय या त हो दुष्ट मानिस ।
नियत देखियो भ्रष्ट पालिस ॥
अति गरे खती भन्छ शास्त्रले ।
अलिक सुध्रनै पर्छ मित्र हे !!०६

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म के गरूँ ?

म के गरूँ ?

देव भट्टराई (२)
अतिको महिमा

अतिको महिमा

देव भट्टराई (२)
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
हाम्रै हातमा छ

हाम्रै हातमा छ

देव भट्टराई (२)
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x