साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘सावधान !’ बाँदर भन्न नपाई

त्यसैले अब मान्छे हो सोच गम्भीर भावले बाँच्ने भए तिमी बाँच आफ्नो तिम्रै स्वभावले । हामीलाई निचो भन्छौ भन्छौ कस्तो छ बाँदर ‘सावधान !’ ल है मान्छे नभन्नू अब बाँदर ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

हामीबाटै सिके हुन्थ्यो मान्छेले अनुशासन
लागी लस्कर हाँगमा बसी फोटो खिचाउन ।१

हामी आपसमा मिल्छौँ मारकाट कहाँ हुनु
मान्छेले मार्दछौ मान्छे के त्यै हो बुद्धिमान् भनूँ ।२

खिचातानी तिमी गर्छौ सत्ता भत्ता र शासन
मुद्दा र मामिला गर्छौ झुट्टा छन् सब भाषण ।३

आफ्नै बन्धु तिमी मार्छौ सत्ताको हानथापमा
मान्छेको अस्मिता आज परेको छ धरापमा ।४

आफ्नै सन्तान बेच्दै छौ हाम्रो होइन यो भनी
खाडीका देशमा खेद्छौ रेमिट्यान्स तँ ल्या भनी ।५

सत्तामा टिक्नका लागि यो माटो किन बेच्दछौ
माटो नै सकिए भोलि खै कहाँ तिमी टेक्दछौ ।६

हामीमा भिन्नता छैन तिमीले अपनाउँछौ
हाम्रो बास उखेल्दै छौ आफ्नोमात्र बनाउँछौ ।७

वन जङ्गल मैदान मान्छेको मात्र होइन
मरुभूमि बनाएर गर्दैछौ किन दोहन ।८

समता न्याय कानून मान्छेमा कत्ति देखिन
भान्से नोकर हामीले राखेनौँ अघिदेखिन ।९

आफ्नो काम छ जे जत्ति हामीले खुद गर्दछौँ
आआफ्नो पेट आफैंले हामीले खुद भर्दछौँ ।१०

भाषामा समता हाम्रो मान्छेमा म त देख्दिन
खानामा समता हाम्रो मान्छेमा सम देख्दिन ।११

हाम्रा बासा सबैका छन् उस्तै सामान्य खालका
हाम्रा पोसाक उस्तै छन् न भिन्न भिन्न खालका ।१२

हाम्रो त्यो पिउने पानी जापानी हुन्न बोतल
हुस्की ब्रान्डी कुनै छैन न ठर्रा न त लोकल ।१३

धूवाँ धूलो र अत्यास निम्तो गर्छौ तिमी सधैँ
लाली अत्तर बास्नाले थलिएका तिमी सधैँ ।१४

नौला टावर छन् तिम्रा सिमेन्टीका चिहान ती
राति अबेर सुत्नाले उठ्न भुल्छौ बिहान कि ?१५

वन फाँडेर पार्दैछौ नाङ्गो निर्वस्त्र त्यो जिमी
नानाभाँती कुरा हेर्छौ घोप्टो पर्दै सधैँ तिमी ।१६

त्यसैले अब मान्छे हो सोच गम्भीर भावले
बाँच्ने भए तिमी बाँच आफ्नो तिम्रै स्वभावले ।१७

हामीलाई निचो भन्छौ भन्छौ कस्तो छ बाँदर
‘सावधान !’ ल है मान्छे नभन्नू अब बाँदर ।१८

०००
बैजनाथ -१ चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x