साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अङ्ग्रेजी भाषाप्रतिको मोह

पहिला पहिला पनि घर खाली छोडेर उनले हिँड्ने गरेकै हुन् । यस्तो कहिल्यै भएन । छिमेकीलाई सोधौँ कि जस्तो लाग्या पनि हो उनलाई एकपटक तर लाजले त्यसो गर्न पनि सकेनन् ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

साधुरामका छोरा बुहारी उता काठमाण्डौमा बस्छन् । घर नभए पनि दुवैको जागिर राम्रै ठाउँमा भएकाले फ्लाटै लिएर सुविस्ताले बसेका छन् । साधुरामका बुढा बुढी भने यता हेटौंडामै बस्छन् । बुढी अक्सर गरेर छोरीकाँ गइरहन्छिन्, नेपालगञ्ज । बुढी घरमा नभए पछि बुढा पनि छोराकाँ तिर लाग्छन् । यसरी अधिकांश समय घरमा ताला झुण्डिरहन्छ । ५ कोठाको घर सधैँ यसरी खाली राख्नु भन्दा १,२ कोठा आफुलाइ राखेर बाँकी कोठा भाडामा लगाउने निधो गरे बुढाबुढीले ।

नातिनीको भात ख्वाइका लागि छोरा बुहारीबाट बोलावट भयो । घरभाडाको लागि ढोकामा सुचना टाँस गरेर दुवै लागे काठमाडौं । बुढा बुढी १ हप्ता काठमाडौंमा बसेर हेटौंडा घर फर्किए । तर यो के ! साधुरामलाइ आफ्नै घर चिन्ह मुस्किल पर्‍यो । घर कम्पाउण्डको चारैतिर फोहोर दिसा पिसाव थुप्रिएको छ । गन्हाएर नजिक गइसक्नु छैन । किन यस्तो भयो ? कसले यस्तो गर्‍यो ? उनलाइ अचम्म लाग्यो । पहिला पहिला पनि घर खाली छोडेर उनले हिँड्ने गरेकै हुन । यस्तो कहिल्यै भएन । छिमेकीलाइ सोधौँ कि जस्तो लाग्या पनि हो उनलाई एकपटक तर लाजले त्यसो गर्न पनि सकेनन् ।

बुढा बुढीले एकछिन मुखामुख गरे । चारैतिर हेरे । साँझ पर्न लागिसकेको थियो ।
साधुरामको आँखा ढोकामा उनले टाँसेर गएको सुचनामा पर्‍यो । घर भाडामा दिने सुचना उनले अङ्ग्रेजीमा लेखेर टाँसेका थिए T0-let (टु- लेट) भनेर । कुन चैँ बदमासले त्यो T0-letको बिचमा i थपिदिएछ । र, मान्छेहरूले खाली घरलाइ Toilet भनेर बुझेछन् र फोहोर गरिदिएछन् सायद, उनले यस्तै अनुमान लगाए । उनले शहरमा थुप्रै यस्ता To-let हरू भोलीका दिनमा Toilet मा परिणत हुन सक्ने खतरा पनि महसुस गरे । र, आफुले पनि अब देखि अङ्ग्रेजी भाषा प्रति यस्तो अनावश्यक मोह कहिल्यै नपाल्ने निश्चय गरे ।

०००
हेटौँडा— ४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x