साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाख र चाहना

अब दाउरा छ भन्दैमा आगो बाल्दै अगुल्टो हान्दै आतङ्कित बनाउन पाइँदैन । यसको निवारण र नियोजन यो वा त्यो जसले गरे पनि गर । तर चाख र चाहना भयो भन्दैमा बुद्धलाई भुसुक्कै भुलेर बुद्धु नबनौँ ।

Nepal Telecom ad

शेषराज भट्टराई :

चाख र चाहना एक अर्काका परिपूरक हुन् जुन यिनको संगत गरेपछि छर्लङ्ग हुन्छ । चाहना नभइकन चाख्न मन लाग्दैन । अरूले दुइटी स्वास्नी वा दुई थान लोग्ने चाखेको देखेर आफूले पनि चाख्न खोजिन्छ भने आफ्नो खाल्डो आफैले खनेको मान्नुपर्छ । फलतः कानुनी खाल्डो त छँदै छ त्यहाँ जाकिनै पर्छ । मन हो ढाटी छली कति चाख्ने । धिक मर्दैन । इच्छा चाहनालाई कति दवाएर घोक्र्याएर राख्ने ? एक दिन त मौका मिल्नासाथ चाहनाले टाउको अठ्याइहाल्छ । त्यसैले चाख र चाहना एक अर्काका परिपूरक मानिन्छन् । चाहना हुनासाथ चाख्न मन लागिहाल्छ ।

युद्ध जारी छ रुस र युक्रेन अनि इजरायल र हमामको । भित्रभित्रै एक देशले अर्को देशको पुच्छर समातेर लखेट्न खोज्ने त यहाँ धेरै छन् । ताइवानलाई उचालेर चाइनाको तेजोबध गर्न खोजिरहेको छ अमेरिका भने अमेरिकासँग काँधमाकाँध जोडेर उत्तरकोरियामा सिठो सल्काउन खोजिरहेको छ दक्षिण कोरिया । मौका मिल्नासाथ नाकाबन्दी गरेर भए पनि भारतले नेपालको धमनी समाएर निःस्वास बनाउन खोज्छ । जतिसुकै प्रजातन्त्रको वकालत गरे पनि विश्व जगत् नै मत्स्यन्यायमा रमाइरहेको छर्लङ्ग हुन्छ । के मानव जगत्मा मत्स्यन्याय ग्राह्य छ ?

करिब एक वर्ष भयो हमासले अचानक आक्रमण गरेर १२ सय जनाको ज्यान लिँदै (त्यसमा नेपाली पनि मरेका छन् ८ जना) इजरायलको क्षमता चाख्न के खोजेको थियो इजरायलले एक चालिस हजार भन्दा धेरैको प्राण पाखेरु उडाएर हमासलाई सर्लक्कै निल्ने चाहना राखेको बुझिन्छ । त्यस्तै रुसले युक्रेनमाथि आक्रमण गरेर युक्रेनको क्षमता चाख्न खोजेको थियो । गर्दागर्दै अनाहकमा लाखौँले जिब्रो टोकिसके । विगत तीन वर्षदेखि यी दुई देश सारा काम बिर्सिएर पुच्छर उचालेर सिँगौरी खेलिरहेका छन् । इरानले रुसलाई सहयोग गर्‍यो भनेर इरानभित्रिने दानापानी पनि बन्द गरेका छन् ठूला राष्ट्रहरूले । उत्तर कोरियाले नाकाबन्दीको सामना पहिल्यै देखि झेलिरहेकै छ । मिले र पाएसम्म एकले अर्कालाई सिध्याउने चाहना गरेका छन् । बिचरा जनाहरु साँढेको जुधाई बाच्छाको मिचाइको फल भोगिरहेका छन् ।

शक्तिले उन्मत्त भएका देशहरु झरिलो झरिलो अगुल्टाले हानाहान गरिरहेका छन् । दाउरा, झिँजामिजा, अगुल्टा, मुढा पनि कति थुपारेका रहेछन् । भट्टी पनि कत्रो रहेछ । जति अगुल्टो वर्षाए पनि सकिँदैन । आगो फुक्नेले फुकेको फुकेकै । धुवाँ पुत्याउनेले धुवाँ पुत्याएको पुत्याएकै । अगुल्टाले हान्नेले हानेको हानेकै । विचरा चालिस जना नेपालीहरु त्यही अगुल्टाले लागेर ठहरै भएछन् । कति रिस उठेको तिनलाई ।

कस्तो लामो रिस हो तिनको । हामी श्रीमान् श्रीमती त आज रिसाए भोलि गले लाग्छौ । रिस राग बदर गरेर अधर पान गर्छौ । यस्तो शिक्षा ज्ञान तिनको गिदीमा कहिले घुस्ला ? मानव विनास खातिर यति विधि उपध्रेमा किन रमाएका हुन् ती शासक । विनासकाले विपरीत बुद्धि भन्थे सायद यस्तै भएर होला ।

एउटा अर्काकोहुर्मत लिने चाहना भएको हुनाले नै बढो चाखका साथ लाख लाख खर्च गरिगरि मरिमरि नरसंहारमा रमाइ रहेका छन् शक्ति राष्ट्रहरू । शक्ति राष्ट्रको भक्ति नगर्नेका कन्चटमा तातो गोली छिराएर रातो रगतमा दाइँ खेल्दै रजाइ गर्नमा मस्त छन् साँढेहरू । हुन त भनेकै नमान्ने कुनै कुनै साँढे त आँढे पनि हुन्छन् । यसो नगर भन्यो झन गर्छन् । आइज लडौँ भन्दै तिघ्रा ठटाउँछन् । बल कता बिसर्जन गर्ने भनेर बुकुर्सी मारिरहेका छन् । प्रथम विश्वयुद्धमा जापानको नागासाकी र हिरोसिमामा अमेरिकाले आफ्नो बल बिसर्जन गरेर लाखौँको हुर्मत लिएको थियो । एउटा शासक कतिसम्म पापी बन्न सक्छ भन्ने ज्वलन्त उदाहरण यो भन्दा राम्रो कतै पाइँदैन । शक्ति देखाउने चाहना चाख भएर नै विचरा जापानलाई खरानीमा बदली दियो हरामीले । जुन मानव अधिकार र जनहित विरुद्धमा छ । अनि उही नै आज प्रजातन्त्रको क वर्गको ठेकेदार कहलि रहेको छ । प्रजातन्त्रको कमानी तराजुले सही सङ्केत दिएको छैन तैपनि सज्जनहरु बलेको आगोकै पछि दगुरी रहेका छन् । विश्व एक तमासले तमासे बनिरहेको छ ।
समग्रमा सारा जगत्को जीवन चक्र यही फन्को मारिरहेको छ । चाहे अगाडि होस् वा पछाडि । लाटो देशमा गाडो तन्नेरी बन्ने क्रम दोहोरी रहेकै छ । रक्सी उही मात उही छ । माात्रै बोतल फेरिँदैमा हामी कसरी सन्तुष्ट बन्न सक्छौँ ? खै जनताको चाहना र चाखमा लाख खर्च गरेको ? खै जनताको आवश्यकता र खाँचो टरेको ? हैन यो के गरेको ?

आफूलाई मन परेको देशका लागि आम नागरिकको लिटो पिठो कतौती गरेर संहारेलाई भरमार सहयोग गरेर आगोमा घिउ किन थप्ने ? कि तेस्रो विश्वयुद्धको पुर्वाभ्यास हो यो ? के यही हो मानव कल्याणको काम ? किन अपहरण गरिन्छ निरन्तर मानव अधिकारलाई ? शक्ति राष्ट्रले जे गरे पनि मानव अधिकार नै ठहर्छ ?

अब उत्तरआधुनिककालमा नरसंहारकारी खेल झेल अधिकांशलाई मान्य छैन भने शासकले मान्छे सिध्याएर संहार गरेर बहादुरी देखाउन पाइन्छ ? यो सरासर अपाच्य छ । यो नितान्त अधर्मी काम हो । अब दाउरा छ भन्दैमा आगो बाल्दै अगुल्टो हान्दै आतङ्कित बनाउन पाइँदैन । यसको निवारण र नियोजन यो वा त्यो जसले गरे पनि गर । तर चाख र चाहना भयो भन्दैमा बुद्धलाई भुसुक्कै भुलेर बुद्धु नबनौँ । जय चाख ! जय चाहना ! !

०००
शिवशक्ति मार्ग, फूलबारी- ११, पोखरा, कास्की
फोन: ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x