सुरेशकुमार भट्टटुपी प्रकरण
टुप्पी काट्नेको अर्थात योगी हुनेको काज क्रिया श्राद्ध गरिँदैन । घरगृहस्थीको मात्र यसरी गरिन्छ- मृत्यु भएको दिन छ ठाउँमा छ पिण्ड र प्रतिदिन दस नरकको प्रेतनामबाट दश पिण्ड समेत सोह्र पिण्ड दिइन्छ ।

सुरेशकुमार भट्ट :
जटिल प्रश्नका सरल उत्तर ।
१. धेरैले धेरै तिर धेरै फेर सोधे
ए ! टुप्पी किन पालेको ?
एक दिन फाल्नलाई पालेको ।
२. टुपीको अर्थ के हो ?
टुप्पो, सिरानमाथि ।
३. टुपी के हो ?
एन्टिना, गुगल, जातीय भूगोल ।
४. टुपीको के हैसियत छ ?
विश्वले चिन्छ ।
५. टुपी पाल्ने को हो ?
सत्यको ब्राम्हण
कलिको राक्षस ।
६. फाल्न नि मिल्ने पाल्न नि मिल्ने के हो ?
टुपी ।
७. पाले के फाले के हुन्छ ?
पाले – ब्राम्हण जातीय शिखरको एन्टिना
फाले – जोगी, सन्यासी, बुद्धको निसाना ।
पाले – मरे पोल्ने
फाले – मरे गाड्ने ।
८. जात कहाँ हुन्छ ?
पाल्दा – टुप्पीमा हुन्छ
फाल्दा- कुटीमा हुन्छ ।
९. जन्मिँदैमा टुपीमा जात हुन्छ ?
टुपीमा हुँदैन, किनभने टुपीनै हुँदैन कपाल हुन्छ ।
१०. टुपी कसरी बन्छ ?
सनातन दसगात्रादि सोह्संस्कार कर्म मध्यको एक छेवर’ कर्मगरे पछि मात्र टुपी बन्छ ।
११. जन्मँदा जात भएर जन्मन्छ कि जन्मँदैन ?
जन्मँदा कसैको पनि जात हुँदैन । तर जन्मँदा परिचयात्मक मानवीय लैंगिक दुई जात भनेहुन्छ-
१. स्त्री । २. पुरूष ।
१२. जात कसरी बन्छ त ?
कर्म याने काम गरेर जात बन्छ । कामले मात्र जात बनाउँछ जे काम गयो तेहि जात हुन्छ ।
(जन्मना जायत शुद्र कर्मणा द्विज उच्यते ।)
१४. तेसो भए दसगात्रादि कर्म केके हुन् ?
दसगात्रादिकर्म भन्नाले जन्मदेखि मृत्युसम्मका कर्मलाई भनिन्छ । तर मृत्युसम्म सोह्र (१६) कर्म हुन्छ ।
१५. बाहुन अर्थात ब्राम्हणको हो त ?
(ब्रम्ह जानाति ब्रम्ह)
जस्ले ब्राम्हण कर्म जान्दछ गर्दा त्यो मात्र ब्राम्हण हो । अरू जति छन् ज-जसले जति जे काम गर्दछन् ती त्यही जात हुन् । अरु जात सबै सामाजिक वर्गीकरणको बन्धन हो । सबैलाई सबै कर्मगर्न छुट छ गरेमा ।
१६. जस्तै कि ?
विश्वामित्र कर्मले ब्राम्हण बने, सन्त ज्ञानदिलदास गुरुङ कर्मले बाहुन बने (रुम्जाटारको कोदाको पिठो निर्गुणको दाउन, धर्मकर्म गुरुङले गरे छक्कै परे बाहुन) स्वर्गद्वारी (खत्री) महाप्रभु, काले राई- स्वामी प्रपन्नाचार्य ।
१७. हामीले मानिआएका भगवानले जात मानेकि मानेनन् ?
मानेनन् ।
रामले शाकम्बरीको जुठो खाए ।
अैलेनि यश्मारी र पुण्डरिकको नाम लिएर शुद्ध गरिन्छ ।
१८. अन्तिम संस्कारमा जम्मा कति पिण्ड दिइन्छ ?
टुप्पी काट्नेको अर्थात योगी हुनेको काज क्रिया श्राद्ध गरिँदैन । घरगृहस्थीको मात्र यसरी गरिन्छ- मृत्यु भएको दिन छ ठाउँमा छ पिण्ड र प्रतिदिन दस नरकको प्रेतनामबाट दश पिण्ड समेत सोह्र पिण्ड दिइन्छ ।
(यो प्रश्नोत्तर यस सम्बन्धी विज्ञबाट थप जानकारी पाउनका लागि पनि जिज्ञासा स्वरूप मात्र राखिएको हो ।)
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































