साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध बाबा र आमा

गर्ने सङ्घर्ष खासै सुझबुझ जनले हुन्छ आफ्नै धरामा मोती फल्छन् झपक्कै हरपल पसिना पोख्नथाले गरामा जन्मेको ठाउँको नै अनुपम ममता हुन्छ हाम्रो नशामा कोही बोझा नमानुन् घरबिच रहदा वृद्ध बाबा र आमा॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

छोरा छोरी हुँदैमा धन बल वयको भव्य सन्पन्नतामा
धेरै छन् वृद्ध वृद्धाश्रम बिच अहिले गुज्रिएका दशामा
ज्यादा आशक्त बन्दै जकडिन नपुगुन् पुत्र अर्को धरामा
कोही बोझा नमानुन् घरबिच रहदा वृद्ध बाबा र आमा॥१

जेथा केही न केही सबसित छ यहाँ हेर त्यो धेर थोर
जोडे पुर्खा पिताले कति चिज पहिले हाड घोटी अजोर
गुम्दैजाँदा सहारा कतिपय जनको देह धान्नै छ धामा
कोही बोझा नमानुन् घरबिच रहदा वृद्ध बाबा र आमा॥२

चारै पुस्ता सँगै नै सुखसित रहने हिन्दु संस्कार हाम्रो
नाता जोड्ने सबैले सबसित तहले उच्च आदर्श राम्रो
चल्ने प्यारो गृहस्थी सहजसित यहाँ हुन्छ हो एकतामा
कोही बोझा नमानुन् घरबिच रहहा वृद्ध बाबा र आमा॥३

गर्ने सङ्घर्ष खासै सुझबुझ जनले हुन्छ आफ्नै धरामा
मोती फल्छन् झपक्कै हरपल पसिना पोख्नथाले गरामा
जन्मेको ठाउँको नै अनुपम ममता हुन्छ हाम्रो नशामा
कोही बोझा नमानुन् घरबिच रहदा वृद्ध बाबा र आमा॥४

धेरै जस्तो यहाँका युवक र युवती जान थाले विदेश
नेपालीको गृहस्थी तल तल धसियो छैन आदर्श बेस
पीडामा छन् परेका अतिशय अहिले वृद्ध वृद्धा धरामा
कोही बोझा नमानुन् घरबिच रहदा वृद्ध बाबा र आमा॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x