तीन ठोक्तक
पवित्र चौतारीलाई बकवासको थलो बनाए; कुस्ति, डण्डिबियो र छेलो हान्ने खलो बनाए । हेरन ! दलाल र माफियाले अब्बल छु भन्दछ; आस्थाको केन्द्रलाई फुक्लिएको हलो बनाए ॥
उपेन्द्र पौडेल :
१.
काटिन्छ सोझो, ठोकिन्छ सोझो, सोझोलाई मार छ;
जानेको छैन दुष्ट्याईं र ढाँट-छल नैतिकता बार छ ।
सोचाई नि बाङ्गो, हेराई नि बाङ्गो, बोलाई नि छ बाङ्गो;
जो गर्छ जालझेल छलकपट उस्को जीवन अपार छ ॥
२.
पवित्र चौतारीलाई बकवासको थलो बनाए;
कुस्ति, डण्डिबियो र छेलो हान्ने खलो बनाए ।
हेरन ! दलाल र माफियाले अब्बल छु भन्दछ;
आस्थाको केन्द्रलाई फुक्लिएको हलो बनाए ॥
३.
चोरी पनि गरेका छन्;
धेरै तल झरेका छन् ।
पेशा त राजनीति हो रे !
यता र उता सरेका छन् ॥
०००
पोखरा-११, कास्की
Subscribe
Login
0 Comments
Oldest