तीन ठोक्तक
आफ्नैले चिन्दैनन् भाग्यले मिचेपछि; गास बासकालागि श्रृणले थिचेपछि । हुँदा र खाँदा मात्र रहेछन् आफन्त पनि, दबिनै पर्दोरहेछ समयले किचेपछि ॥
उपेन्द्र पौडेल :
१.
धनीको फेशनले गरिबको इज्जत धानिदियो;
समाजले फाटेकोलाई पनि फेशन मानिदियो ।
कसैको मजबुरी, कसैको रहर पनि हुँदोरहेछ;
धनीको सनक, फाटेकोले दिमाग तानिदियो ॥
२.
आफ्नैले चिन्दैनन् भाग्यले मिचेपछि;
गास बासकालागि श्रृणले थिचेपछि ।
हुँदा र खाँदा मात्र रहेछन् आफन्त पनि,
दबिनै पर्दोरहेछ समयले किचेपछि ॥
३.
गरिबीलाई ढुक्कसँग उपयोग गरे;
मर्ने मार्ने मनोवृत्तिलाई सहयोग गरे ।
भर्याङ चढ्न उधारोमा सपना बाँडेर;
अमूल्य त्यो जीवनको दुरुपयोग गरे।
०००
पोखरा
Realistic imagery!