साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समग्र विकृतिलाई उतारिएको छ ‘खाइराइड’ कृतिमा

निबन्ध एकदम उद्देश्यमुलक व्यङ्ग्य र टुक्का र शब्दकोशमा नभेटिने शब्दलाई प्रयोग गरेर निबन्ध रचिएका छन् । सरल शब्दमा नलेखे तापनि यो निबन्ध बुझ्न सजिलो छ किनभने यस्तै घटनाहरू देशमा चलिआएको छ ।

Nepal Telecom ad

वर्षा खड्का :

फित्काैली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीकाे खाइराइड कृति काठमाडाैं स्थित डियरवाक सिफल स्कुलले अतिरिक्त पाठ्यक्रममा समावेश गरी कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएकाे थियाे । यस शैक्षिक सत्रमा २ सय जना छात्रछात्राले याे हास्यव्यङ्ग्य कृतिकाे व्यवस्थित अध्ययन गरेका छन् । उनीहरूले याे कृति पढ्दा के कस्ताे अनुभूति गरे ? फित्काैलीलाई प्राप्त भएका ती लिपिबद्ध अनुभूतिहरू समीक्षात्मक टिप्पणीका रूपमा क्रमश: फित्काैलीमा प्रविष्ट गर्ने छाैँ । यसपटक प्रस्तुत छ- वर्षा खड्काकाे अनुभूति – सम्पादक

‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लेखक राजेन्द्र कार्कीले लेखेका हुन् । यसको प्रकाशन फित्कौली अनलाइन मिडियाले गरेको छ । यो २०८० भदौमा प्रकाशन भएको थियो र दाेस्राे संस्करणका रूपमा २०८१ साउनमा छािपएकाे हाे ।  १८७ पृष्ठभित्न जम्मा ३१ वटा विषयक्रम रहेका छन् ।

पुस्तकमा लेखकले हँसाउने तरिकाले नेपाल देशको अवस्था र यहाँका मान्छेहरूलाई व्यङ्ग्य हानेका छन् । यो पुस्तक निकै रमाइलो छ पढ्नलाई । शुरुशुरुमा त अलि बुझ्नलाई कठिनाइ हुन्छ तैपनि पढ्दै गइसकेपछि रमाइलो लाग्दै जान्छ। यसमा उखान टुक्काजस्ता घुमाउरा शब्द मार्फत लेखकले  व्यङ्ग्य हानेका छन् ।

सङ्ग्रहकाे पहिलो विषय ‘कुकुरको भाग्य’ रहेको छ । यस निबन्धमा  कुकुरले अरु देशमा हामी नेपालीलेभन्दा राम्रो जीवन जिएको कुरा प्रष्ट पारिएको छ । हामी मानिसलाई कुकुर भनेर गाली गर्छाैं तर त्यही कुकुरले आरामदायक जिन्दगी बाँचिरहेको  छ । मिठो खान पाएको छ र काम नगरी घुम्न पनि पाएको छ महङ्गा गाडीहरूमा ।

त्यसैगरी ‘भाग्दाभाग्दै’ शीर्षक निबन्धमा हामी सबै भाग्दाभाग्दै यहाँसम्म आइपुगेका हौँ र जन्मिनुभन्दा अगाडि आमाको गर्भमा थियाैं र त्यहाँबाट भागेर नै पनि यहाँ आइपुगेका हाैँ । सबै आफ्नो जिम्मेवारी कर्तव्यसँग भागेर यहाँ पुगेका छौँ । एक न एक दिन त जिम्मेवारी लिनैपर्छ । मानिस आफ्नो सुख खोज्न परदेश नै पुग्छ तर जो जता गए पनि काल आएपछि कोही भाग्न सक्दैन, त्यहाँबाट भाग्ने ठाउँ पनि बाँकी छैन ।

त्यसैगरी ‘जनावरलाई गाली किन ?’ निबन्धमा खराब काम गर्ने मानिस तर गाली चाहिँ जनावरलाई दिइन्छ भनिएको छ । केही काम बिगारे वा केही गल्ती गर्‍यो भने मानिसले अर्को मानिसलाई तँ कुकुर, तँ गधा होस् भनेर गाली गर्छन् र जनावरको नामलाई गलत आरोप लगाउँछन् । मान्छेमा धेरै शक्ति भएको कारणले जनावरले उनीहरूलाई सिध्याउन नसके पनि एक न एक दिन त प्रकृतिले उनीहरुलाई सिध्याउँछ किनभने मानिसले प्रकृतिबाट केही लिने काम मात्र गरिरहेको छ र दिने काम गरिरहेको छैन ।

यसैगरी ‘घाँडो बुढो’ शीर्षक निबन्ध बुढो भएपछि मान्छे घाँडो हुँदोरहेछ, आखिर भनिन त बुढा मान्छे ज्ञानको स्रोत भण्डार भनिन्छ तर आखिर बुढो भएपछि सबैले बेवास्ता गर्दा रहेछन् । सन्सती सबैज परदेश गइसकेपछि पानी समेत दिने मान्छे घरमा नभएको कुरा यहाँ गरिएको छ ।

‘बिहे किन ?’ निबन्धमा जब बिहेभन्दा अगाडि नै सबै कुरा गर्न पाइन्छ त किन बिहे गर्ने भन्ने प्रश्न उठाइएको छ । भागी बिहे गर्नेलाई निडर भनिँदो रहेछ भने मागी बिहे गर्नेलाई लुतालुती भनिँदो रहेछ । यसरी निबन्धमा बिहेअघि नै मान्छेहरू सँगै बसिरहेकाे सन्दर्भमाथि व्यङ्ग्य गरिएको छ ।

‘कामी’ शीर्षककाे अर्काे निबन्धमा काम गर्नेहरू सबै कामी हुन् र नगर्ने बेकामी हुन् भनिएको छ । पहिलाको प्रचलन अनुसार जसले फलामको काम गर्थ्यो कामी हुन्थ्यो । कपडाको काम गर्ने दमै हुन्थ्यो तर अहिले त्यस्तो छैन बेकामीहरूले अरुलाई काम लगाएर  बसिरहेका छन् भने कामीहरूले चाहिँ कमाएर खाएका छन् भनिएकाे छ।

यसैगरी  सङ्ग्रहम अरू  थुप्रै शीर्षकमा निबन्ध हरू रहेका छन् ।  ‘कहाँ छ स्वतन्त्रता’ शीर्षकमा हामी जन्मेदेखि स्वतन्त्र छैनौँ भनिएको छ । हामी सबै स्वतन्त्र नभएर अरुको हिसाबमा चलिरहेका छौँ । देशलाई पनि स्वतन्त्रता छैन । जो मान्छे बलियो छ उसका लागि स्वतन्त्रता छ । जाे  धनी छ उसैले मात्र स्वतन्त्रताकाे उपभाेग गरिरहेकाे छ । बाँकी अरु कसैको स्वतन्त्रता छैन भन्ने  व्रयङ्ग्य भाव प्रस्तुत गरिएकाे छ ।

‘धारा तथा शौचालय महात्मय’ र ‘सोल्टिनी’ दुवै थप रमाइला निबन्ध हुन् । अमेरिका, अस्ट्रेलिया जस्ता विकसित अरु देशहरूको तुलनामा हाम्रा धारा तथा शौचालयकाे राम्राे प्रवन्ध भएको छैन । लेखकले शौचालय नहुँदाको पीडालाइ समेत हाँसाेपूर्ण ढङ्गले बयान गरेका छन् । सार्वजनिक शौचालयको महत्त्व धेरै रहेकाे बताउँदै लेखकले आशा गरेका छन् कि हाम्रो देशमा पनि यसको उचित व्यवस्था होस् ।

त्यसैगरी ‘सोल्टिनी’ मा सबैभन्दा राम्रो नातामा साेल्टिनी हो  भनिएको छ । एउटै दौँतरीका भएकाले सजिलैसँग केही भन्न सकिने स्थिति हुन्छ भनिएको छ ।  ‘चिनिनँ’ शीर्षकमा चाहिँ मान्छे ठुलाबडा भइसकेपछि सानालाई नचिन्ने रहेछन् । गरिबलाई नचिन्ने हामी ठूलो मान्छे जस्तो राष्ट्रपति प्रधानमन्त्रीलाई चिन्छौँ तर उनीहरूले हामीलाई चिन्दैनन् । एउटा मानिसले धेरै मानिसलाई भेट्छ त्योमध्ये कतिलाई उसले याद राख्न सक्छ र कतिलाई चिन्न सक्छ कतिपय मानिसहरूले त हाम्रो देशलाई चिनेकै छैनन् भनेर पनि व्यङ्ग्य गरिएकाे छ।

‘नेपाली होइन’ शीर्षककाे निबन्धमा जसले अरुको कुरा काट्दैन, उसले अरुको राम्रो होस् भन्ने ठान्छ । जसले अरुको भलो गरौं जसले अरुको राम्रो होस् भन्ने सोच्छ भने त्यो नेपाली होइन भनेर उल्टाे अर्थ दिने प्रयास गरिएकाे छ। त्यो नेपाली होइन जसले नेतालाई गाली गर्दैन र भेट्दाखेरि तिनीहरूकै बारेमा गफ गर्दैन । त्यो नेपाली होइन जसले अर्कासँग तुलना गर्दैन । काम नपरेको बेला बोल्यो वा फोन उठायो भने पनि त्यो नेपाली होइन । यस्ता प्रसङ्ग प्रस्तुत गर्दै हामी नेपालीहरूकाे गलत मनाेवृतिमाथि व्यङ्ग्य हानिएको छ ।

अर्को छ ‘चुनाव पुराण’ । यस निबन्धमा भनिएको छ- चुनाव आउने बेला सबै चुनावमा भिड्नेहरुले आएर यो गर्दिन्छु त्यो गर्दिन्छु भन्ने र चुनाव जितिसकेपछि केही पनि नगर्ने, सबै कुरा थाहा पाएर पनि केही नगर्ने र अर्को चोटी फेरि चुनावमा त्यसरी नै भोट माग्न मतदातासँग जाने नेताहरूलाई रमाइलाे तरिकाले व्यङ्ग्य हानेका छन् । लेखकले नाममा जितिसकेपछि सबैजना मुसाबाट बाघ हुन्छन् भनेका छन् ।

त्यसैगरी ‘लेखकको कन्दनी’ निबन्धमा लेखकहरू पहाडमा बसेर तराईको कुरा लेख्नु कति यथार्थ फरक हुन सक्छ भन्दै लेखकहरूमाथि नै प्रश्नचिन्ह रहेको कुरा उठाइएको छ ।

यसरी अन्य अन्य शीर्षकका निबन्धमा लेखकले हाम्रै देशको बारेमा चर्चा गरेका छन् । अर्को शीर्षक छ ‘खाइराइड’ । यसमा भनिएको छ- पहिला थाइराइड नामक रोग हुन्थ्यो भने अहिले देशैभरि खाइराइड रोग फैलेको छ । देशको पैसा खाइन्छ, भ्रष्टाचार गरिन्छ याे खाइराइड राेग हाे भनिएकाे । ‘पद पैसा’ शीर्षक निबन्धमा चाहिँ पैसाको लागि मान्छेले हरेक क्षण आफूलाई बेच्नुपर्छ, पैसा नभए कसैले चारो दिँदैन, त्यही भएर सबै मानिस पैसा र पदकै पछि कुदिरहेका हुन्छन् । पैसा र पद हुनेको लागि यो संसार स्वर्ग छ र नहुनेको लागि केही पनि छैन भनिएकाे छ।

यसरी हरेक निबन्धमा कतै न कतै व्यङ्ग्य हानिएको छ र हाम्रो समाज नेता र यहाँका मानिसहरु लाई उत्कृष्ट लागेको थियो । निबन्धमा कुरामा च्युरा हुनेले नै खान जानेका छन् उनीहरू नै पछि गएर नेता र हाकिम बन्ने, जो बोल्न सक्छ उसको पिठो पनि बिक्छ र नबोल्नेको चामल पनि बिक्दैन भने जस्ता कुरा गरेरै मान्छेले देश चलाएका छन् । ठुला पदमा पुगेक छन् र उनीहरु नै हाकिम हुन्छन् । जो हाकिम हुन्छन् उसलाई कामदार हुन किन पर्छ र ? त्यसैगरी अरु अन्य अन्य  शीर्षकका निबन्धहरूमा सामाजिक विकृति र विसङ्गतिलाई हास्यव्यङ्ग्यात्मक ढङ्गमा प्रस्तुत गरेका छन् लेखकले ।

निष्कर्षमा भन्नु पर्दा जति पनि हाम्राे समाज, घरमा चलिआएका नराम्रा कुप्रवृत्ति र विकृतिहरू छन् तिनीमाथि व्यङ्ग्य हान्दै लेखिएका राजेन्द्र कार्कीका  एकदमै रमाइला निबन्ध यस कृतिमा रहेका छन् । निबन्ध पढ्दा कहीँकहीँ अप्ठ्यारो अनुभव भए पनि  निकै रमाइलो र बुझिसकेपछि एकदमै मन छुने खालका निबन्ध यस कृतिमा रहेका छन् ।

यहाँका निबन्धहरू पढिसकेपछि मेरो पनि मनमा कहिले सकिन्छ त यस्तो प्रवृत्ति र कहिले विकसित हुन्छ त नेपाल भन्ने प्रश्न उठेको छ । निबन्ध एकदम उद्देश्यमुलक व्यङ्ग्य र टुक्का र शब्दकोशमा नभेटिने कतिपय शब्दलाई समेत प्रयोग गरेर निबन्ध रचिएका देखिन्छन् । सरल साेझाे अर्थ दिने गरी नलेखे तापनि निबन्धहरू  बुझ्न असजिलाे छैन । किनभने यस्तै घटनाहरू देशमा चलिआएको छ । मलाइ मात्र हाेइन, जाे कसैले पढे पनि पढ्न रुचि जगाउने खालका रचना छन् ।

निबन्धमा भने जस्तै वातावरण हाम्रो देशमा छ, जसलाइ हामीले परिवर्तन गर्नुपर्छ । परिवर्तन हाेस् भन्ने चाहना राख्ने देशप्रेमी र देश विकसित हाेस् भन्ने चाहने व्यक्तिले पढ्नुपर्छ भन्ने ठान्छु । पढ्नेहरुले रुचाउँछन् पनि यो विशेषगरी सबै नेपालीको लागि हो । सङ्ग्रहका निबन्धमा कुनै न कुनै रूपले सबै नेपालीको चरित्रमाथि  व्यङ्ग्य गरिएको छ । खाइराइड कृति पढेपछि मलाइ यस्तै यस्तै लाग्याे ।

०००
कक्षा ११ ‘ खुम्बुतसे’
डियरवाक सिफल स्कुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x