साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ मान्छे होइन

अज्ञानताका सहस्र दृष्टान्त प्रकट हुँदा पनि सर्वज्ञाता हुन निष्ठा पतन भएर नाङ्गेझार हुँदा पनि इज्जतदार हुन पद बेचेर थुपारेको दौलतलाई पौरख देखाउने तिम्रो स्वभाव साँच्चै नै मानिसको भन्दा बिलकुल भिन्न छ ॥

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

हो !
ऊ हेर्दा मान्छे जस्तै भए पनि
अनुहार मान्छेकैसँग मिले पनि
उसको संवेदनशीलता भिन्न छ
उसको सोच्ने शैली नै भिन्न छ ॥

उसलाई सधैँभरि अरु मानिस जस्तै भइएला कि भन्ने डर छ
त्यसैले ऊ सधैँ सतर्क छ मानिस जस्तो नदेखिन
सतर्कतापूर्वक मानिस भन्दा कहाँ कहाँ माथिको देखिन
आफू समक्ष देखापर्नेबाट श्रद्धापूणर् अभिवादन ग्रहण गर्न ॥

कमिसन र घुसका मुठा समाए पनि इज्जतिलो देखिन
दुष्कर्मका आहालमा डुबे पनि मञ्चमा आसित हुन
नामका अगाडि आदरार्थी शब्द गाँसेर सम्बोधित हुन
आफूलाई प्राणीहरूको सर्वश्रेष्ठ सृष्टी ठानेर गम्किन ॥

अज्ञानताका सहस्र दृष्टान्त प्रकट हुँदा पनि सर्वज्ञाता हुन
निष्ठा पतन भएर नाङ्गेझार हुँदा पनि इज्जतदार हुन
पद बेचेर थुपारेको दौलतलाई पौरख देखाउने तिम्रो स्वभाव
साँच्चै नै मानिसको भन्दा बिलकुल भिन्न छ ॥

पक्कै पनि तिमी भिन्नै प्राणी हौ
तिम्रो अन्तर्य कुहिएको भए पनि
आवरणमा तिमी सुगन्धित छौ
त्यसैले तिमी मान्छे होइनौ
अबुझहरू बीच तिमी धन्य छौ ॥

०००
२०८१ असोज २० गते
सिनामङ्गल, काठमाडौं ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
सुनिलराज उप्रेती
सुनिलराज उप्रेती
1 year ago

यो सटिक आवेगलाई अन्तर्यमा जोगाई राख्नुस् वन्धु, नेपाल आमाले माग्ने वेला निकटछ । प्रयोगमा आउँछ जसले आमाको सतित्वको लिलामीबाट जोगाउन अग्रणि भूमिका दिन सक्छ ।

Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
1
0
Would love your thoughts, please comment.x
()
x