साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्चाको सालिक

जुलुसमा हिँड्ने तिनै चम्चेहरूको हात हातमा चम्चा थियो । उनीहरूको माग थियो - ‘अब हामी चम्चेहरूको पनि सम्मान हुनुपर्छ र यो शहरको चोक चोक अनि चौबाटोमा चम्चाको सालिक बनाएर राख्नुपर्छ ।’

Nepal Telecom ad

दिव्य गिरी :

लामबद्ध थिए केही मान्छेहरू । तिनीहरूलाई अरू मान्छेहरू चम्चे भन्थे ।
ती चम्चे भनिएकाहरूको चुरिफुरी हेर्दै अचम्म लाग्थ्यो ।
चम्चेहरूको आदेश वा हुकुम भने अनौठो थियो ।
हुकुम नमान्नेहरूको तिनीहरू सातो लिन्थे ।
सातो गएपछि जस्तो मै हुँ भन्नेको पनि अनुहारभरि पसिना निस्किन्थ्यो ।
अचम्म ! अनुहारको पसिना पुछ्न पनि तिनै चम्चेहरूको अनुमति चाहिन्थ्यो ।
चम्चेहरूकै आदेश, निर्देश र हुकुमबाट चलिरहेकोथ्यो राजनीति र राजनीतिक व्यापार ।
यता राजनीतिक व्यापारीलाई फुर्सद नै थिएन भ्रष्टाचार गर्न र कमिसन पोको पार्न ।

भ्रष्टाचारको पहाड यति अग्लो भइसकेको थियो कि भ्रष्टाचार आफै लजाइसकेको थियो । तर चम्चेहरू भने निकै खुशी थिए, दङ्ग र प्रफुल्ल मुद्रामा बसेर इमान्दारीको बिगुल फुकिरहेका थिए ।

बिगुल फुकेको आवाज शहरभरि मात्र होइन मालिकको कानसम्म पनि पुग्नै पर्दथ्यो ।

शहरमा एकदिन ठूलो जुलुस निस्कियो । जुलुसमा हिँड्ने तिनै चम्चेहरूको हात हातमा चम्चा थियो । उनीहरूको माग थियो – ‘अब हामी चम्चेहरूको पनि सम्मान हुनुपर्छ र यो शहरको चोक चोक अनि चौबाटोमा चम्चाको सालिक बनाएर राख्नुपर्छ ।’
उता मालिक चाहिँ सोचमग्न भयो – चम्चेहरूलाई अब कसरी सम्झाउने ?

०००
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
सधैं लुकेर खायौ

सधैं लुकेर खायौ

दिव्य गिरी
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x