साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाइभ बोडकास्ट : क्याम्पसबाट

क्यान्टिनमा छिर्ने कि क्लासमा पस्ने ? क्लासमा पस्ने तर लास्टमा बस्ने । एउटा मिस्डकल केटालाई अर्को ‘इस्क’कल केटीलाई ‘इस्’कलले अर्को साथीलाई डस्ने ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

‘हेल्लो !’ ‘हाइ !’
‘के छ भाइ ?’
घाँटीमा मयल,
छातिमा टाई ।

खस्ने खस्ने
तर नखस्ने
झरेर विशिष्ट
इलाकामा बस्ने
गज्जब स्टाइल
बेजोड पैन्ट
वाह, टेलरमास्टर दाइ !

पाकेटमा कापी
कानमाथि पेन
कन्चटमा टाटु
बाहुलामा चेन

मोबाइल होस् दामी
क्लासभरिमै नामी
क्यामरा नि राम्रो होस्
खाजासाजा होस्; नहोस्
मोबाइलमा डाटा होस्

क्लास मेट
बाटामै भेट
क्याम्पस पुग्दा
सधैँ लेट

क्यान्टिनमा छिर्ने
कि क्लासमा पस्ने ?
क्लासमा पस्ने तर
लास्टमा बस्ने ।

एउटा मिस्डकल
केटालाई
अर्को ‘इस्क’कल
केटीलाई
‘इस्’कलले अर्को
साथीलाई डस्ने ।

‘सिस्टर’ माने— बहिनी
‘ब्रदर’ माने— भाइ
‘फादर-मदर’ माने—
लैनो गाई

बाई ! बाई !!

०००
बोझेपोखरी, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
हबिगत

हबिगत

ईश्वर पाेखरेल
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x